النيبالية

سورة محمد · 47:12

إِنَّ اللَّهَ يُدْخِلُ الَّذِينَ آمَنُوا وَعَمِلُوا الصَّالِحَاتِ جَنَّاتٍ تَجْرِي مِنْ تَحْتِهَا الْأَنْهَارُ ۖ وَالَّذِينَ كَفَرُوا يَتَمَتَّعُونَ وَيَأْكُلُونَ كَمَا تَأْكُلُ الْأَنْعَامُ وَالنَّارُ مَثْوًى لَهُمْ

१२) जसले ईमान ल्याए, र असल कर्म गरे उनीहरूलाई अल्लाहले निःसन्देह यस्तो बगैंचाहरूमा प्रवेश गराउने छ जसमुनि नहरहरू बगिरहेछन् । र ती मानिसहरू जसले इन्कार गरे उनीहरूले दुनियाको नै फाइदा उठाइरहेछन् । र पशु जस्तै खाइरहन्छन् र उनीहरूको असली बासस्थान नर्क हो ।