Al-Insan

سورة الإنسان

सूरह 76 · मक्की · 31 आयतहरू

76:1जुज 29 · पृ. 578

هَلْ أَتَىٰ عَلَى الْإِنْسَانِ حِينٌ مِنَ الدَّهْرِ لَمْ يَكُنْ شَيْئًا مَذْكُورًا1

१) निःसन्देह मानवमाथि कालखण्डको एउटा यस्तो समय पनि बितेको छ जब कि ऊ कुनै उल्लेख्य कुरा थिएन ।
76:2जुज 29 · पृ. 578

إِنَّا خَلَقْنَا الْإِنْسَانَ مِنْ نُطْفَةٍ أَمْشَاجٍ نَبْتَلِيهِ فَجَعَلْنَاهُ سَمِيعًا بَصِيرًا2

२) हामीले मनुष्यलाई एउटा मिश्रित वीर्यबाट परीक्षाको लागि सृष्टि गर्यौं, अनि हामीले उसलाई सुन्ने र देख्नेवाला बनाइदियौं ।
76:3जुज 29 · पृ. 578

إِنَّا هَدَيْنَاهُ السَّبِيلَ إِمَّا شَاكِرًا وَإِمَّا كَفُورًا3

३) हामीले उसलाई मार्ग देखायौं, अब चाहे ऊ कृतज्ञ बनोस् वा कृतध्न ।
76:4जुज 29 · पृ. 578

إِنَّا أَعْتَدْنَا لِلْكَافِرِينَ سَلَاسِلَ وَأَغْلَالًا وَسَعِيرًا4

४) निश्चितरूपले हामीले इन्कार गर्नेहरूको निम्ति हतकडी र तौक र प्रज्वलित आगो तयार गरेका छौं ।
76:5जुज 29 · पृ. 578

إِنَّ الْأَبْرَارَ يَشْرَبُونَ مِنْ كَأْسٍ كَانَ مِزَاجُهَا كَافُورًا5

५) निश्चय नै सदाचारी मानसिहरूले यस्तो पेय पदार्थ पिउनेछन् जसमा काफूरको मिश्रण हुनेछ ।
76:6जुज 29 · पृ. 579

عَيْنًا يَشْرَبُ بِهَا عِبَادُ اللَّهِ يُفَجِّرُونَهَا تَفْجِيرًا6

६) यो एउटा मूल हो जसबाट अल्लाहका सेवकहरूले पिउनेछन् र त्यसबाट नहरहरू निकाल्नेछन् ।
76:7जुज 29 · पृ. 579

يُوفُونَ بِالنَّذْرِ وَيَخَافُونَ يَوْمًا كَانَ شَرُّهُ مُسْتَطِيرًا7

७) यिनीहरूले नजर (मन्नत) पूर्ण गर्दछन् र त्यस दिनबाट तर्सन्छन् जसको आपदा चारैतिर व्यापक हुनेछ ।
76:8जुज 29 · पृ. 579

وَيُطْعِمُونَ الطَّعَامَ عَلَىٰ حُبِّهِ مِسْكِينًا وَيَتِيمًا وَأَسِيرًا8

८) र अल्लाहसँगको प्रेममा (स्वयं खानको इच्छा भएपनि) निमुखा, अनाथहरू र कैदीरुलाई खाना खुवाउँछन् ।
76:9जुज 29 · पृ. 579

إِنَّمَا نُطْعِمُكُمْ لِوَجْهِ اللَّهِ لَا نُرِيدُ مِنْكُمْ جَزَاءً وَلَا شُكُورًا9

९) हामी त केवल अल्लाहको प्रसन्नताको निम्ति तिमीलाई खुवाउँछौ, तिमीसित न कुनै पुरस्कार चाहन्छौं र न कृतज्ञता ज्ञापन ।
76:10जुज 29 · पृ. 579

إِنَّا نَخَافُ مِنْ رَبِّنَا يَوْمًا عَبُوسًا قَمْطَرِيرًا10

१०) हामीलाई आफ्नो पालनकर्तासित त्यस दिनको डर लाग्छ, जो उदासी र अत्यन्त कठोरतावाला हुनेछ ।
76:11जुज 29 · पृ. 579

فَوَقَاهُمُ اللَّهُ شَرَّ ذَٰلِكَ الْيَوْمِ وَلَقَّاهُمْ نَضْرَةً وَسُرُورًا11

११) अतः अल्लाहले उनीहरूलाई त्यस दिनको नराम्रो कुराबाट बचाइहाल्यौं र उनीहरूलाई उज्जवलता र खुशी प्रदान गर्यो ।
76:12जुज 29 · पृ. 579

وَجَزَاهُمْ بِمَا صَبَرُوا جَنَّةً وَحَرِيرًا12

१२) र उनीहरूको संतोषको बदलामा उनीहरूलाई जन्नत र रेश्मी वस्त्र प्रदान गर्यो ।
76:13जुज 29 · पृ. 579

مُتَّكِئِينَ فِيهَا عَلَى الْأَرَائِكِ ۖ لَا يَرَوْنَ فِيهَا شَمْسًا وَلَا زَمْهَرِيرًا13

१३) यिनीहरूले त्यहाँ पलङ्गमाथि तकिया लगाएर बसेका हुनेछन् त्यहाँ न सूर्यको गर्मी देख्नेछन् न जाडोको तीव्रता ।
76:14जुज 29 · पृ. 579

وَدَانِيَةً عَلَيْهِمْ ظِلَالُهَا وَذُلِّلَتْ قُطُوفُهَا تَذْلِيلًا14

१४) र ती स्वर्गका छायाँहरू उनीमाथि झूलेका हुनेछन् र त्यसका फलका गुच्छाहरू तल झुण्डिएका हुनेछन् ।
76:15जुज 29 · पृ. 579

وَيُطَافُ عَلَيْهِمْ بِآنِيَةٍ مِنْ فِضَّةٍ وَأَكْوَابٍ كَانَتْ قَوَارِيرَا15

१५) (सेवकहरू) चाँदीका भाडाहरू र शीशाका बर्तन लिएर उनीहरूको चारैतिर घुम्नेछन् ।
76:16जुज 29 · पृ. 579

قَوَارِيرَ مِنْ فِضَّةٍ قَدَّرُوهَا تَقْدِيرًا16

१६) शिशा पनि चाँदीको हुनेछन् । जसलाई ठीक–ठीक मात्रानुसार बनाएको हुनेछ ।
76:17जुज 29 · पृ. 579

وَيُسْقَوْنَ فِيهَا كَأْسًا كَانَ مِزَاجُهَا زَنْجَبِيلًا17

१७) र त्यहाँ उनीहरूलाई यस्तो पेय पिलाइनेछ जसमा सुठोको (जन्जबीलको) मिसावट हुनेछ ।
76:18जुज 29 · पृ. 579

عَيْنًا فِيهَا تُسَمَّىٰ سَلْسَبِيلًا18

१८) यो स्वर्गको एउटा नहरबाट हुन्छ जसको नाम ‘‘सलसबील” छ ।
76:19जुज 29 · पृ. 579

۞ وَيَطُوفُ عَلَيْهِمْ وِلْدَانٌ مُخَلَّدُونَ إِذَا رَأَيْتَهُمْ حَسِبْتَهُمْ لُؤْلُؤًا مَنْثُورًا19

१९) र उनीहरूको आसपासमा स–साना केटाहरूले ओहोरदोहोर गर्नेछन् जो सदैव किशोर अवस्थामा रहनेछन् । जब तिमीहरूले उनीहरूलाई देख्दछौ तब ठान्नेछौ कि तिनीहरू छरिएका सच्चा मोती हुन् ।
76:20जुज 29 · पृ. 579

وَإِذَا رَأَيْتَ ثَمَّ رَأَيْتَ نَعِيمًا وَمُلْكًا كَبِيرًا20

२०) स्वर्गमा तिमी जहाँ देख्नेछौ, ठूलो अनुकम्पा र विशाल साम्राज्य देख्नेछौ ।
76:21जुज 29 · पृ. 579

عَالِيَهُمْ ثِيَابُ سُنْدُسٍ خُضْرٌ وَإِسْتَبْرَقٌ ۖ وَحُلُّوا أَسَاوِرَ مِنْ فِضَّةٍ وَسَقَاهُمْ رَبُّهُمْ شَرَابًا طَهُورًا21

२१) उनीहरूको शरीरमा मसिनो हरियो रेश्मी वस्त्र र बाक्लो बुट्टेदार रेश्मी वस्त्र हुनेछ, र उनीहरूलाई चाँदीको कंगन पहिरइनेछ र उनको पालनकर्ताले उनीलाई पवित्र पेय पिलाउनेछ ।
76:22जुज 29 · पृ. 579

إِنَّ هَٰذَا كَانَ لَكُمْ جَزَاءً وَكَانَ سَعْيُكُمْ مَشْكُورًا22

२२) यो तिम्रै कर्मको पुरस्कार हो र तिम्रो प्रयासको सम्मान गरियो ।
76:23जुज 29 · पृ. 579

إِنَّا نَحْنُ نَزَّلْنَا عَلَيْكَ الْقُرْآنَ تَنْزِيلًا23

२३) निश्चय नै हामीले अत्यन्त व्यवस्थितरूपले तपाईमाथि कुरआन अवतरित गरेका छौं ।
76:24जुज 29 · पृ. 579

فَاصْبِرْ لِحُكْمِ رَبِّكَ وَلَا تُطِعْ مِنْهُمْ آثِمًا أَوْ كَفُورًا24

२४) अतः आफ्नो पालनकर्ताको आदेश र निर्णय अनुसार धैर्यले काम गर्नु र उनीहरूमध्ये कुनै गुनाहगार वा कृतघ्नको आज्ञापालन नगर्नु ।
76:25जुज 29 · पृ. 579

وَاذْكُرِ اسْمَ رَبِّكَ بُكْرَةً وَأَصِيلًا25

२५) र प्रातःकाल र सन्ध्याकालको समयमा आफ्नो पालनकर्ताको नामको स्मरण गर्नु ।
76:26जुज 29 · पृ. 580

وَمِنَ اللَّيْلِ فَاسْجُدْ لَهُ وَسَبِّحْهُ لَيْلًا طَوِيلًا26

२६) र रातीको समयमा उसलाई सज्दा (ढोग्ने) गर, र अबेर रातीसम्म उसको गुणगान गर्नेगर ।
76:27जुज 29 · पृ. 580

إِنَّ هَٰؤُلَاءِ يُحِبُّونَ الْعَاجِلَةَ وَيَذَرُونَ وَرَاءَهُمْ يَوْمًا ثَقِيلًا27

२७) निःसन्देह यिनीहरूले छिटै प्राप्त हुने संसार चाहन्छन् र (कयामतको) ठूलो दिनलाई पछाडि छोडिदिन्छन् ।
76:28जुज 29 · पृ. 580

نَحْنُ خَلَقْنَاهُمْ وَشَدَدْنَا أَسْرَهُمْ ۖ وَإِذَا شِئْنَا بَدَّلْنَا أَمْثَالَهُمْ تَبْدِيلًا28

२८) हामीले उनीहरूलाई सृष्टि गर्यौं र हामीले नै उनका जोर्नी र गाँठोहरूलाई बलियो बनायौं र हामीले जतिखेर चाहन्छौं उनी जस्तालाई पूर्णतः परिवर्तन गरिदिन्छौं ।
76:29जुज 29 · पृ. 580

إِنَّ هَٰذِهِ تَذْكِرَةٌ ۖ فَمَنْ شَاءَ اتَّخَذَ إِلَىٰ رَبِّهِ سَبِيلًا29

२९) निश्चय नै यो एउटा उपदेश हो, अब जसले चाहन्छ आफ्नो पालनकर्ताको मार्ग ग्रहण गर्नसक्छ ।
76:30जुज 29 · पृ. 580

وَمَا تَشَاءُونَ إِلَّا أَنْ يَشَاءَ اللَّهُ ۚ إِنَّ اللَّهَ كَانَ عَلِيمًا حَكِيمًا30

३०) र तिमीले चाहन सक्दैनौ, तर जुन अल्लाहले चाहन्छ निसन्देह अल्लाह सर्वज्ञ र तत्वदर्शी छ,
76:31जुज 29 · पृ. 580

يُدْخِلُ مَنْ يَشَاءُ فِي رَحْمَتِهِ ۚ وَالظَّالِمِينَ أَعَدَّ لَهُمْ عَذَابًا أَلِيمًا31

३१) जसलाई चाहन्छ आफ्नो दयालुतामा प्रवेश गराउँछ र अत्याचारीहरूको निम्ति उसले दुःखद यातना तयार गरेको छ ।

सूरहको सुरुबाट चलाउनुहोस्