إِنَّا أَرْسَلْنَا نُوحًا إِلَىٰ قَوْمِهِ أَنْ أَنْذِرْ قَوْمَكَ مِنْ قَبْلِ أَنْ يَأْتِيَهُمْ عَذَابٌ أَلِيمٌ1
१) हामीले ‘‘नूह (अलैहिस्सलाम) लाई’’ निश्चितरूपले उनको कौमतिर पठायौं कि आफ्नो कौमका मानिसहरूलाई डराऊ र सावधान गरिदेऊ, यसभन्दा पहिला कि उनीहरूमाथि कुनै दुःखद यातना आओस् ।
قَالَ يَا قَوْمِ إِنِّي لَكُمْ نَذِيرٌ مُبِينٌ2
२) उनले भने ‘‘हे मेरो कौमका मानिसहरू ! म तिम्रो निम्ति एउटा स्पष्ट सचेतकर्ता हूँ,
أَنِ اعْبُدُوا اللَّهَ وَاتَّقُوهُ وَأَطِيعُونِ3
३) कि ! अल्लाहको उपासना गर र उसित डर र मेरो भनाई मान ।
يَغْفِرْ لَكُمْ مِنْ ذُنُوبِكُمْ وَيُؤَخِّرْكُمْ إِلَىٰ أَجَلٍ مُسَمًّى ۚ إِنَّ أَجَلَ اللَّهِ إِذَا جَاءَ لَا يُؤَخَّرُ ۖ لَوْ كُنْتُمْ تَعْلَمُونَ4
४) तब उसले तिम्रो पाप क्षमा गरिदिनेछ र निश्चित समयसम्म तिमीलाई मोहलत प्रदान गर्नेछ । निःसंदेह जब अल्लाहले निर्धारण गरेको समय आइपुग्छ तब विलम्ब हुँदैन, काश तिमीले जान्नेभएको भए ।
قَالَ رَبِّ إِنِّي دَعَوْتُ قَوْمِي لَيْلًا وَنَهَارًا5
५) नूहले भने कि, हे मेरो पालनकर्ता ! मैले आफ्नो जातिबन्धुलाई रातदिन तिम्रोतर्फ बोलाउने गरे,
فَلَمْ يَزِدْهُمْ دُعَائِي إِلَّا فِرَارًا6
६) तर मेरो पुकारबाट उनीहरू झन् टाढिदै गए ।
وَإِنِّي كُلَّمَا دَعَوْتُهُمْ لِتَغْفِرَ لَهُمْ جَعَلُوا أَصَابِعَهُمْ فِي آذَانِهِمْ وَاسْتَغْشَوْا ثِيَابَهُمْ وَأَصَرُّوا وَاسْتَكْبَرُوا اسْتِكْبَارًا7
७) जहिलेपनि मैले उनीहरूलाई तिम्रो क्षमातर्फ बोलाएँ, उनीहरूले आफ्ना कानलाई औलाले थुने र कपडाले आफूलाई छोपिहाले र अटेरी भएर घमण्ड गरे ।
ثُمَّ إِنِّي دَعَوْتُهُمْ جِهَارًا8
८) अनि मैले उनलाई ठूलो स्वरले बोलाएँ ।
ثُمَّ إِنِّي أَعْلَنْتُ لَهُمْ وَأَسْرَرْتُ لَهُمْ إِسْرَارًا9
९) अनि निःसंदेह मैले उनीहरूसित खुल्ला तौरले पनि कुरो गरें र उनीहरूसित गोप्यरूपले पनि कुरा गरें ।
فَقُلْتُ اسْتَغْفِرُوا رَبَّكُمْ إِنَّهُ كَانَ غَفَّارًا10
१०) र मैले भने किः आफ्नो पालनकर्तासित आफ्ना पापबाट मुक्ति गराऊ र क्षमा माँग । निश्चय नै ऊ ठूलो क्षमादाता हो ।
يُرْسِلِ السَّمَاءَ عَلَيْكُمْ مِدْرَارًا11
११) उसले तिमीमाथि निकै वर्षाउनेवाला बादल पठाउने छ ।
وَيُمْدِدْكُمْ بِأَمْوَالٍ وَبَنِينَ وَيَجْعَلْ لَكُمْ جَنَّاتٍ وَيَجْعَلْ لَكُمْ أَنْهَارًا12
१२) र उसले सम्पत्ति र सन्तानमा तिमीलाई बढोत्तरी प्रदान गर्नेछ, र तिम्रो निम्ति बगैंचाहरू पैदा गर्नेछ र तिम्रो निम्ति नहरहरू प्रवाहित गर्नेछ ।
مَا لَكُمْ لَا تَرْجُونَ لِلَّهِ وَقَارًا13
१३) तिमीलाई के भएको छ कि तिमीले अल्लाहको सर्वश्रेष्ठतामाथि ईमान राख्दैनौ ?
وَقَدْ خَلَقَكُمْ أَطْوَارًا14
१४) जबकि उसले तिमीलाई विभिन्न अवस्थाहरूबाट गुजार्दै सृष्टि गरेको छ ।
أَلَمْ تَرَوْا كَيْفَ خَلَقَ اللَّهُ سَبْعَ سَمَاوَاتٍ طِبَاقًا15
१५) के तिमीले देखेनौ कि अल्लाहले कसरी एउटामाथि अर्को गरी सातवटा आकाशहरू बनाएको छ ?
وَجَعَلَ الْقَمَرَ فِيهِنَّ نُورًا وَجَعَلَ الشَّمْسَ سِرَاجًا16
१६) र उनीहरूमा चन्द्रलाई जगमगाउँदो बनाएको छ, र सूर्यलाई प्रकाशयुक्त दीप बनाएको छ ?
وَاللَّهُ أَنْبَتَكُمْ مِنَ الْأَرْضِ نَبَاتًا17
१७) र अल्लाहले नै तिमीलाई धरतीबाट सृष्टि गरेको छ,
ثُمَّ يُعِيدُكُمْ فِيهَا وَيُخْرِجُكُمْ إِخْرَاجًا18
१८) अनि त्यसैमा तिमीलाई फर्काउनेछ र तिमीलाई निकालि उभ्याउनेछ ।
وَاللَّهُ جَعَلَ لَكُمُ الْأَرْضَ بِسَاطًا19
१९) र अल्लाहले नै धरतीलाई तिम्रो निम्ती फर्श (ओछ्यान) बनायो ।
لِتَسْلُكُوا مِنْهَا سُبُلًا فِجَاجًا20
२०) ताकि उसका ठूला–ठूला विस्तृत मार्गमा हिंड ।
قَالَ نُوحٌ رَبِّ إِنَّهُمْ عَصَوْنِي وَاتَّبَعُوا مَنْ لَمْ يَزِدْهُ مَالُهُ وَوَلَدُهُ إِلَّا خَسَارًا21
२१) नूहले भनेः कि ‘मेरो पालनकर्ता उनीहरूले मेरो अवज्ञा गरे, र उसको अनुशरण गरे जसको धन र जसको सन्तानले उनको घाटामै नै वृद्धि गर्यो ।
وَمَكَرُوا مَكْرًا كُبَّارًا22
२२) र उनीहरूले धेरै ठूलो षड्यन्त्र गरे,
وَقَالُوا لَا تَذَرُنَّ آلِهَتَكُمْ وَلَا تَذَرُنَّ وَدًّا وَلَا سُوَاعًا وَلَا يَغُوثَ وَيَعُوقَ وَنَسْرًا23
२३) र उनीहरूले भन्नथाले कि आफ्ना पूज्यहरूलाई कदापि नछाड्नु र खासगरी ‘‘वद्द’’ र ‘‘सुवाअ्’’ र ‘‘यगूस’’ र यअूक र नस्रलाई कदापि परित्याग नगर्नु ।
وَقَدْ أَضَلُّوا كَثِيرًا ۖ وَلَا تَزِدِ الظَّالِمِينَ إِلَّا ضَلَالًا24
२४) र उनीहरूले धेरै मानिसहरूलाई पथविचलित गरिदिएका छन्, (हे पालनकर्ता) तिमीले उनीहरूलाई अझै बढी पथभ्रष्ट गरिदेऊ ।
مِمَّا خَطِيئَاتِهِمْ أُغْرِقُوا فَأُدْخِلُوا نَارًا فَلَمْ يَجِدُوا لَهُمْ مِنْ دُونِ اللَّهِ أَنْصَارًا25
२५) अन्ततः उनीहरू आफ्ना पापहरूको कारणले (जलप्रलयमा) डुबाइए, अनि नर्कमा हालिए, र उनीहरूले अल्लाह बाहेक कसैलाई आफ्नो मद्दतगर्ने पाएनन् ।
وَقَالَ نُوحٌ رَبِّ لَا تَذَرْ عَلَى الْأَرْضِ مِنَ الْكَافِرِينَ دَيَّارًا26
२६) र नूहले प्रार्थना गरे कि हे मेरो पालनकर्ता धरतीमा बसिरहेको कुनै काफिरलाई राम्रो अवस्थामा नछाड ।
إِنَّكَ إِنْ تَذَرْهُمْ يُضِلُّوا عِبَادَكَ وَلَا يَلِدُوا إِلَّا فَاجِرًا كَفَّارًا27
२७) यदि तिमीले उनीहरूलाई छाडदिनेछौ भने निश्चय नै तिम्रा अरु दासहरूलाई पनि पथभ्रष्ट गरिदिनेछन्, र उनीहरूले दुराचारी र ठूलो काफिरहरूलाई नै जन्म दिनेछन् ।
رَبِّ اغْفِرْ لِي وَلِوَالِدَيَّ وَلِمَنْ دَخَلَ بَيْتِيَ مُؤْمِنًا وَلِلْمُؤْمِنِينَ وَالْمُؤْمِنَاتِ وَلَا تَزِدِ الظَّالِمِينَ إِلَّا تَبَارًا28
२८) हे मेरो पालनकर्ताः मलाई र मेरो आमा बाबुलाई र जो पनि ईमानवाला भएर मेरो घरमा आए र तमाम ईमानवाला पुरुषहरू र ईमान भएकी स्त्रीहरूलाई क्षमा गरिदेऊ र अत्याचारीहरूको निम्ति अझै विनाशमा वृद्धि गर ।