Al-Qalam

سورة القلم

सूरह 68 · मक्की · 52 आयतहरू

68:1जुज 29 · पृ. 564

ن ۚ وَالْقَلَمِ وَمَا يَسْطُرُونَ1

१) नून, कसम छ कलमको र त्यसको जुन कुरो तिनीहरू (फरिश्ताहरू) लेख्दछन् ।
68:2जुज 29 · पृ. 564

مَا أَنْتَ بِنِعْمَةِ رَبِّكَ بِمَجْنُونٍ2

२) कि (हे मुहम्मद सल्लल्लाहो अलैहे वसल्लम) तपाई आफ्नो पालनकर्ताको अनुकम्पाबाट बउलाहा होइन ।
68:3जुज 29 · पृ. 564

وَإِنَّ لَكَ لَأَجْرًا غَيْرَ مَمْنُونٍ3

३) र निःसन्देह तपाईको लागि अन्त न हुनेवाला बडो अनुकम्पा छ ।
68:4जुज 29 · पृ. 564

وَإِنَّكَ لَعَلَىٰ خُلُقٍ عَظِيمٍ4

४) निःसन्देह तपाई उच्च आचरणवाला हुनुहुन्छ ।
68:5जुज 29 · पृ. 564

فَسَتُبْصِرُ وَيُبْصِرُونَ5

५) अब तिमीले देख्नेछौ र यिनीहरूले पनि देखिहाल्नेछन्,
68:6जुज 29 · पृ. 564

بِأَيْيِكُمُ الْمَفْتُونُ6

६) कि तिमीमध्येबाट को भ्रमित भएको छ ।
68:7जुज 29 · पृ. 564

إِنَّ رَبَّكَ هُوَ أَعْلَمُ بِمَنْ ضَلَّ عَنْ سَبِيلِهِ وَهُوَ أَعْلَمُ بِالْمُهْتَدِينَ7

७) निःसंदेह तिम्रो पालनकर्ताले उसलाई राम्ररी जान्दछ, जो आफ्नो बाटोबाट विचलित भएका छन् र उनीहरूलाई पनि राम्ररी जान्दछ, जो सोझो मार्गमा हिडीराखेका छन् ।
68:8जुज 29 · पृ. 564

فَلَا تُطِعِ الْمُكَذِّبِينَ8

८) तसर्थ तिमीले असत्य ठहराउनेहरूको भनाई नमान्नु ।
68:9जुज 29 · पृ. 564

وَدُّوا لَوْ تُدْهِنُ فَيُدْهِنُونَ9

९) तिनीहरूले चाहन्छन् कि तिमी अली नरम भइहाल । अनि यिनीहरू नरम भइहाल्नेछन् ।
68:10जुज 29 · पृ. 564

وَلَا تُطِعْ كُلَّ حَلَّافٍ مَهِينٍ10

१०) र तिमीले कुनै यस्तो व्यक्तिको भनाई नमान्नु जसले धेरै कसम खाइरहन्छ ।
68:11जुज 29 · पृ. 564

هَمَّازٍ مَشَّاءٍ بِنَمِيمٍ11

११) बदनाम अर्काको दुर्गण वर्णन गर्नेवाला र चुक्ली गर्दै हिड्दछ ।
68:12जुज 29 · पृ. 564

مَنَّاعٍ لِلْخَيْرِ مُعْتَدٍ أَثِيمٍ12

१२) (र जो)राम्रो कुराबाट रोक्नेवाला, सीमाको उल्लंघन गर्नेवाला, ठूलो अपराधी, (हो) ।
68:13जुज 29 · पृ. 564

عُتُلٍّ بَعْدَ ذَٰلِكَ زَنِيمٍ13

१३) घमण्डी र त्यो पनि जारज ।
68:14जुज 29 · पृ. 564

أَنْ كَانَ ذَا مَالٍ وَبَنِينَ14

१४) उसको अटेरीपना मात्र यसकारण छ कि त्यो धनवान र छोराहरूवाला छ,
68:15जुज 29 · पृ. 564

إِذَا تُتْلَىٰ عَلَيْهِ آيَاتُنَا قَالَ أَسَاطِيرُ الْأَوَّلِينَ15

१५) जब उसका सामु हाम्रा आयतहरू पढेर सुनाइन्छन्, तब भन्छ कि यी त पहिलाका मानिसहरूका कथा हुन् ।
68:16जुज 29 · पृ. 564

سَنَسِمُهُ عَلَى الْخُرْطُومِ16

१६) हामीले पनि (शीघ्र नै) उसको नाकमा दाग लगाउनेछौं ।
68:17जुज 29 · पृ. 565

إِنَّا بَلَوْنَاهُمْ كَمَا بَلَوْنَا أَصْحَابَ الْجَنَّةِ إِذْ أَقْسَمُوا لَيَصْرِمُنَّهَا مُصْبِحِينَ17

१७) निःसंदेह हामीले उनीहरूको यस्तै प्रकारले परीक्षा लिएकाछौं जुन प्रकारले बागवालाहरूको परीक्षा लिएका थियौं, जबकि उनीहरूले कसम खाए कि प्रातःकाल हुनासाथ अवश्य त्यस बगैचाका फल टिप्नेछौं ।
68:18जुज 29 · पृ. 565

وَلَا يَسْتَثْنُونَ18

१८) र ‘‘इन्शाअल्लाह’’(यदि अल्लहले चाह्यो) भनेनन्,
68:19जुज 29 · पृ. 565

فَطَافَ عَلَيْهَا طَائِفٌ مِنْ رَبِّكَ وَهُمْ نَائِمُونَ19

१९) तसर्थ उनीहरूमाथि उनीहरू सुतिराखेकै बेलामा तिम्रो पालनकर्ताको तर्फबाट एउटा विपदाले चक्कर लगाइहाल्यो ।
68:20जुज 29 · पृ. 565

فَأَصْبَحَتْ كَالصَّرِيمِ20

२०) तब त्यो बगैचा यस्तो भइहाल्यो जस्तो कि काटिएको खेती,
68:21जुज 29 · पृ. 565

فَتَنَادَوْا مُصْبِحِينَ21

२१) जब बिहान भयो तब उनीहरूले एक अर्कालाई पुकार्न थाले,
68:22जुज 29 · पृ. 565

أَنِ اغْدُوا عَلَىٰ حَرْثِكُمْ إِنْ كُنْتُمْ صَارِمِينَ22

२२) कि यदि तिमीले फल टिप्नु छ भने आफ्नो खेतीमा बिहानै आइपुग ।
68:23जुज 29 · पृ. 565

فَانْطَلَقُوا وَهُمْ يَتَخَافَتُونَ23

२३) फेरि तिनीहरू विस्तारै–विस्तारै यो कुरा गर्दै हिंडे ।
68:24जुज 29 · पृ. 565

أَنْ لَا يَدْخُلَنَّهَا الْيَوْمَ عَلَيْكُمْ مِسْكِينٌ24

२४) कि आज यहाँ तिम्रो पासमा कोही गरिब आउन नपाओस्,
68:25जुज 29 · पृ. 565

وَغَدَوْا عَلَىٰ حَرْدٍ قَادِرِينَ25

२५) र उनीहरू लम्कदै बिहानै पुगे, कि हामी सामथ्र्यवान हुनेछौं ।
68:26जुज 29 · पृ. 565

فَلَمَّا رَأَوْهَا قَالُوا إِنَّا لَضَالُّونَ26

२६) जब उनीहरूले बागलाई देखे त भन्नथाले कि हामी निश्चयनै बाटो बिर्सिसकेका छौं,
68:27जुज 29 · पृ. 565

بَلْ نَحْنُ مَحْرُومُونَ27

२७) होइन, होइन बरु हाम्रो भाग्य नै फेरीसक्यो ।
68:28जुज 29 · पृ. 565

قَالَ أَوْسَطُهُمْ أَلَمْ أَقُلْ لَكُمْ لَوْلَا تُسَبِّحُونَ28

२८) एउटा जुन उनीहरूमध्ये बुद्धिमान थियो उसले भन्यो, के मैले तिमीसित भनेको थिएन कि तिमीले अल्लाहको पवित्रताको वर्णन किन गर्दैनौ ?
68:29जुज 29 · पृ. 565

قَالُوا سُبْحَانَ رَبِّنَا إِنَّا كُنَّا ظَالِمِينَ29

२९) तब उनीहरू सबैले भन्नथाले कि हाम्रो पालनकर्ता पवित्र छ, निश्चय नै हामी नै अत्याचारी थियौं,
68:30जुज 29 · पृ. 565

فَأَقْبَلَ بَعْضُهُمْ عَلَىٰ بَعْضٍ يَتَلَاوَمُونَ30

३०) अनि उनीहरू एक अर्कातिर मुख फर्काइ परस्पर धिक्कार्न थाले,
68:31जुज 29 · पृ. 565

قَالُوا يَا وَيْلَنَا إِنَّا كُنَّا طَاغِينَ31

३१) भन्न थाले, हाय अफशोच हामी नै हदभन्दा अगाडि गइसकेका थियौं ।
68:32जुज 29 · पृ. 565

عَسَىٰ رَبُّنَا أَنْ يُبْدِلَنَا خَيْرًا مِنْهَا إِنَّا إِلَىٰ رَبِّنَا رَاغِبُونَ32

३२) आशा छ कि हाम्रो पालनकर्ताले यसको सट्टा हामीहरूलाई यसभन्दा राम्रो बदला प्रदान गरोस्, हामी त अब आफ्नो पालनकर्ताबाटै आशन्वित हुन्छौं ।
68:33जुज 29 · पृ. 565

كَذَٰلِكَ الْعَذَابُ ۖ وَلَعَذَابُ الْآخِرَةِ أَكْبَرُ ۚ لَوْ كَانُوا يَعْلَمُونَ33

३३) (हेर) विपदा यस्तै आउँछ र परलोकको विपदा धेरै ठूलो छ, यदि यो कुरा उनीहरूले बुझ्नसक्ने भए ।
68:34जुज 29 · पृ. 565

إِنَّ لِلْمُتَّقِينَ عِنْدَ رَبِّهِمْ جَنَّاتِ النَّعِيمِ34

३४) निश्चय नै संयमीहरूको निम्ति उनीहरूको पालनकर्ताकहाँ उपहारवाला स्वर्गहरू छन् ।
68:35जुज 29 · पृ. 565

أَفَنَجْعَلُ الْمُسْلِمِينَ كَالْمُجْرِمِينَ35

३५) के हामी आज्ञाकारीहरूलाई अपराधीहरू जस्तो गरिदिनेछौं ?
68:36जुज 29 · पृ. 565

مَا لَكُمْ كَيْفَ تَحْكُمُونَ36

३६) तिमीलाई के भएको छ, कस्तो निर्णय गर्दैछौ ?
68:37जुज 29 · पृ. 565

أَمْ لَكُمْ كِتَابٌ فِيهِ تَدْرُسُونَ37

३७) के तिम्रो पासमा कुनै किताब छ जसबाट तिमी (यो) पढ्छौ ?
68:38जुज 29 · पृ. 565

إِنَّ لَكُمْ فِيهِ لَمَا تَخَيَّرُونَ38

३८) कि तिमीले रुचाउने कुराहरू त्यसमा होउन् ?
68:39जुज 29 · पृ. 565

أَمْ لَكُمْ أَيْمَانٌ عَلَيْنَا بَالِغَةٌ إِلَىٰ يَوْمِ الْقِيَامَةِ ۙ إِنَّ لَكُمْ لَمَا تَحْكُمُونَ39

३९) वा तिमीहरूले हामीसित कुनै शपथ लिएकाछौ ? जुन कयामतको दिनसम्म बाँकी रहनेछ, कि तिम्रो निम्ति त्यो सबै छ जुन तिमीले आफ्नो तर्फबाट फैसला गर्दछौ ।
68:40जुज 29 · पृ. 565

سَلْهُمْ أَيُّهُمْ بِذَٰلِكَ زَعِيمٌ40

४०) उनीहरूसित सोध कि उनीहरूमध्ये यसको जिम्मावाला को हो ?
68:41जुज 29 · पृ. 565

أَمْ لَهُمْ شُرَكَاءُ فَلْيَأْتُوا بِشُرَكَائِهِمْ إِنْ كَانُوا صَادِقِينَ41

४१) के (यस भनाईमा) उनका अरु पनि साझेदार छन् ? यदि उनी साँचो छन् भने आफ्नो साझेदारहरूलाई ल्याई अगाडि उभ्याउन् ।
68:42जुज 29 · पृ. 565

يَوْمَ يُكْشَفُ عَنْ سَاقٍ وَيُدْعَوْنَ إِلَى السُّجُودِ فَلَا يَسْتَطِيعُونَ42

४२) जुन दिन घुँडा खोलिदिइनेछ र उनीहरू सजदाको निम्ति बोलाइने छन्, तब तिनीहरूले सिज्दा गर्नसक्ने छैनन् ।
68:43जुज 29 · पृ. 566

خَاشِعَةً أَبْصَارُهُمْ تَرْهَقُهُمْ ذِلَّةٌ ۖ وَقَدْ كَانُوا يُدْعَوْنَ إِلَى السُّجُودِ وَهُمْ سَالِمُونَ43

४३) आँखाहरू तल झुकेका हुनेछन्, र उनीमाथि अपमान छाइराखेको हुनेछ । उनीहरूलाई त्यस बेला पनि ढोगको निम्ति बोलाइन्थ्यो जबकि उनीहरू ठीकठाक थिए ।
68:44जुज 29 · पृ. 566

فَذَرْنِي وَمَنْ يُكَذِّبُ بِهَٰذَا الْحَدِيثِ ۖ سَنَسْتَدْرِجُهُمْ مِنْ حَيْثُ لَا يَعْلَمُونَ44

४४) अतः तिमीले मलाई र मेरा वाणीलाई झूठा भन्नेहरूलाई छाडिदेऊ । हामीले उनीहरूलाई विस्तारै यस्तो तरीकाले समात्ने छौं कि उनलाई थाहा पनि हुनेछैन ।
68:45जुज 29 · पृ. 566

وَأُمْلِي لَهُمْ ۚ إِنَّ كَيْدِي مَتِينٌ45

४५) मैले उनलाई मोहलत दिइराख्नेछु, निःसंदेह मेरो योजना धेरै बलियो छ ।
68:46जुज 29 · पृ. 566

أَمْ تَسْأَلُهُمْ أَجْرًا فَهُمْ مِنْ مَغْرَمٍ مُثْقَلُونَ46

४६) के तिमी उनीहरूसित केही बदला माँगिराखेका छौ कि उनीहरू त्यसको बोझबाट थिचिंदै गइराखेका छन् ।
68:47जुज 29 · पृ. 566

أَمْ عِنْدَهُمُ الْغَيْبُ فَهُمْ يَكْتُبُونَ47

४७) वा के उनीहरूको पासमा परोक्षको ज्ञान छ जसलाई उनी लेख्दै गएका छन्,
68:48जुज 29 · पृ. 566

فَاصْبِرْ لِحُكْمِ رَبِّكَ وَلَا تَكُنْ كَصَاحِبِ الْحُوتِ إِذْ نَادَىٰ وَهُوَ مَكْظُومٌ48

४८) अतः आफ्नो पालनकर्ताको आदेशलाई तपाईले धैर्यसित प्रतीक्षा गर्नुस् र माछावाला जस्तै नहुनु, कि उनले गहिरो दुःखको अवस्थामा प्रार्थना गरेका थिए ।
68:49जुज 29 · पृ. 566

لَوْلَا أَنْ تَدَارَكَهُ نِعْمَةٌ مِنْ رَبِّهِ لَنُبِذَ بِالْعَرَاءِ وَهُوَ مَذْمُومٌ49

४९) यदि उनको साथमा उनको पालनकर्ताको अनुकम्पा नभएको भए उनी खुल्ला मैदानमा फ्याँकिने थिए, र उनको अवस्था नराम्रो हुने थियो ।
68:50जुज 29 · पृ. 566

فَاجْتَبَاهُ رَبُّهُ فَجَعَلَهُ مِنَ الصَّالِحِينَ50

५०) अन्ततः उनको पालनकर्ताले फेरि उनलाई रोजिहाल्यो र उनलाई राम्रा मानिसहरूमा शम्मिलित गरिदियो ।
68:51जुज 29 · पृ. 566

وَإِنْ يَكَادُ الَّذِينَ كَفَرُوا لَيُزْلِقُونَكَ بِأَبْصَارِهِمْ لَمَّا سَمِعُوا الذِّكْرَ وَيَقُولُونَ إِنَّهُ لَمَجْنُونٌ51

५१) र नजिक छ कि काफिरहरूले आफ्नो तीव्र दृष्टिबाट तपाईलाई चिप्ल्याई दिनेछन्, जब उनी ‘‘कुरआन’’ सुन्दछन् र भनिदिन्छन् कि यिनी त अवश्य दिवाना छन् ।
68:52जुज 29 · पृ. 566

وَمَا هُوَ إِلَّا ذِكْرٌ لِلْعَالَمِينَ52

५२) वास्तवमा यो (कुरआन) त सबै संसारवालाहरूको निम्ति पूरै उपदेश हो ।

सूरहको सुरुबाट चलाउनुहोस्