حم1
१) हा.मीम,
عسق2
२) ऐन. सीन्. काफ.
كَذَٰلِكَ يُوحِي إِلَيْكَ وَإِلَى الَّذِينَ مِنْ قَبْلِكَ اللَّهُ الْعَزِيزُ الْحَكِيمُ3
३) अधिपत्यशाली र तत्वदर्शी अल्लाह तिमीतिर र तिमीभन्दा पहिलाका मानिसहरूतिर यसै प्रकार वह्य अवतरण गर्दै गरेको छ ।
لَهُ مَا فِي السَّمَاوَاتِ وَمَا فِي الْأَرْضِ ۖ وَهُوَ الْعَلِيُّ الْعَظِيمُ4
४) आकाशहरू र धरतीमा जे–जति छ उसैको हो र ऊ सर्वोच्च, महिमावान छ ।
تَكَادُ السَّمَاوَاتُ يَتَفَطَّرْنَ مِنْ فَوْقِهِنَّ ۚ وَالْمَلَائِكَةُ يُسَبِّحُونَ بِحَمْدِ رَبِّهِمْ وَيَسْتَغْفِرُونَ لِمَنْ فِي الْأَرْضِ ۗ أَلَا إِنَّ اللَّهَ هُوَ الْغَفُورُ الرَّحِيمُ5
५) लाग्छ कि आकाश स्वयं माथिबाट च्यातिहाल्छ । सबै फरिश्ताहरू आफ्नो पालनकर्ताको पवित्रताको प्रंशसामा उसको गुणगान गरिरहन्छन्, र जुन मानिसहरू धरतीमा छन्, उनीहरूका निम्ति क्षमायाचना गरिरहन्छन् । बुझिराख ! कि अल्लाह नै ठूलो क्षमाशील र अत्यन्त दयावान छ ।
وَالَّذِينَ اتَّخَذُوا مِنْ دُونِهِ أَوْلِيَاءَ اللَّهُ حَفِيظٌ عَلَيْهِمْ وَمَا أَنْتَ عَلَيْهِمْ بِوَكِيلٍ6
६) र जुन मानिसहरूले उसको अतिरिक्त अरुलाई आफ्नो अर्को संरक्षक बनाएका छन्, अल्लाहलाई थाहा छ । तपाई माथि तिनीहरूको कुनै जिम्मेवारी छैन ।
وَكَذَٰلِكَ أَوْحَيْنَا إِلَيْكَ قُرْآنًا عَرَبِيًّا لِتُنْذِرَ أُمَّ الْقُرَىٰ وَمَنْ حَوْلَهَا وَتُنْذِرَ يَوْمَ الْجَمْعِ لَا رَيْبَ فِيهِ ۚ فَرِيقٌ فِي الْجَنَّةِ وَفَرِيقٌ فِي السَّعِيرِ7
७) त्यस्तै प्रकारले हामीले तपाईतिर अरबी कुरआन पठाएका छौं, ताकी तपाईले मक्काका बासिन्दाहरूलाई र यसको वरिपरि बस्नेहरूलाई खबरदार गर्नुस् र उनीहरूलाई कियामतको दिनको बारेमा पनि भय देखाउनुस्, जसमा कुनै शंका छैन । त्यसदिन एउटा समूह स्वर्गमा हुनेछ र एक समूह नर्कमा हुनेछ ।
وَلَوْ شَاءَ اللَّهُ لَجَعَلَهُمْ أُمَّةً وَاحِدَةً وَلَٰكِنْ يُدْخِلُ مَنْ يَشَاءُ فِي رَحْمَتِهِ ۚ وَالظَّالِمُونَ مَا لَهُمْ مِنْ وَلِيٍّ وَلَا نَصِيرٍ8
८) यदि अल्लाहले चाहेको भए त उनीहरू सबैलाई एउटै समुदायको बनाउँथ्यो, तर उसले जसलाई चाहन्छ आफ्नो दयालुताभित्र प्रवेश गराउँछ । अत्याचारीहरूको, नत कोही मित्र छ न सहायक ।
أَمِ اتَّخَذُوا مِنْ دُونِهِ أَوْلِيَاءَ ۖ فَاللَّهُ هُوَ الْوَلِيُّ وَهُوَ يُحْيِي الْمَوْتَىٰ وَهُوَ عَلَىٰ كُلِّ شَيْءٍ قَدِيرٌ9
९) के उनीहरूले अल्लाह बाहेक अरुलाई आफ्नो संरक्षक बनाएका छन् । संरक्षक त अल्लाह नै हो । र उसैले मृतहरूलाई जीवित गर्नेछ र उसलाई प्रत्येक कुराको सामथ्र्य छ ।
وَمَا اخْتَلَفْتُمْ فِيهِ مِنْ شَيْءٍ فَحُكْمُهُ إِلَى اللَّهِ ۚ ذَٰلِكُمُ اللَّهُ رَبِّي عَلَيْهِ تَوَكَّلْتُ وَإِلَيْهِ أُنِيبُ10
१०) र जुन कुरामा तिमीले विवाद गरेका छौ त्यसको फैसला अल्लाहको जिम्मामा छ । उही अल्लाह मेरो पालनाकर्ता हो, उसैमाथि मैले भरोसा गरेको छु र उसैतिर म झुक्दछु ।
فَاطِرُ السَّمَاوَاتِ وَالْأَرْضِ ۚ جَعَلَ لَكُمْ مِنْ أَنْفُسِكُمْ أَزْوَاجًا وَمِنَ الْأَنْعَامِ أَزْوَاجًا ۖ يَذْرَؤُكُمْ فِيهِ ۚ لَيْسَ كَمِثْلِهِ شَيْءٌ ۖ وَهُوَ السَّمِيعُ الْبَصِيرُ11
११) ऊ आकाशहरू र धरतीको स्रष्टा हो । उसले तिम्रो निम्ति तिम्रै सहजातिबाट जोडी बनायो र चौपायाहरूको जोडी पनि । यस्तै तरिकाले तिमीलाई यहाँ फैलाइरहेको छ । ऊ जस्तो कुनै कुरा छैन, र ऊ सुन्दछ र जान्दछ ।
لَهُ مَقَالِيدُ السَّمَاوَاتِ وَالْأَرْضِ ۖ يَبْسُطُ الرِّزْقَ لِمَنْ يَشَاءُ وَيَقْدِرُ ۚ إِنَّهُ بِكُلِّ شَيْءٍ عَلِيمٌ12
१२) आकाशहरू र धरतीका साँचोहरू उसैको हातमा छन् । उसले जसको निम्ति चाहन्छ, जीविका फराकिलो पार्दछ र संकुचित गरिदिन्छ । निःसन्देह उसले हरेक कुरो जान्दछ ।
۞ شَرَعَ لَكُمْ مِنَ الدِّينِ مَا وَصَّىٰ بِهِ نُوحًا وَالَّذِي أَوْحَيْنَا إِلَيْكَ وَمَا وَصَّيْنَا بِهِ إِبْرَاهِيمَ وَمُوسَىٰ وَعِيسَىٰ ۖ أَنْ أَقِيمُوا الدِّينَ وَلَا تَتَفَرَّقُوا فِيهِ ۚ كَبُرَ عَلَى الْمُشْرِكِينَ مَا تَدْعُوهُمْ إِلَيْهِ ۚ اللَّهُ يَجْتَبِي إِلَيْهِ مَنْ يَشَاءُ وَيَهْدِي إِلَيْهِ مَنْ يُنِيبُ13
१३) अल्लाहले तिम्रो निम्ति त्यही दीन (धर्म) निश्चित गर्यो, जसलाई अपनाउन नूह (अलैहिस्सलाम) लाई आदेश गरेको थियो ।’’ र जसलाई (हे मुहम्मद !) हामीले तपाईतिर वह्यको माध्यमले पठाएका छौं र जसको बारेमा ‘‘इब्राहीम(अलैहिस्सलाम)’’ र ‘‘मूसा(अलैहिस्सलाम) र’’, ‘‘ईसा (अलैहिस्सलाम) लाई’’ पनि आदेश दिएका थियौं, ‘‘कि यस दीनलाई कायम राख्नु र उसको विषयमा विभाजित नहुनु ।’’ जुन कुरोतिर तपाईले बहुदेववादीहरूलाई बोलाउँनु हुन्छ, त्यो त उनीहरूलाई अप्रिय छ । अल्लाहले जसलाई चाहन्छ आफूतिर रोजेर लिन्छ र आफूतिरको मार्ग उसैलाई देखाउँछ जो ऊतिर प्रवृत्त हुन्छ ।
وَمَا تَفَرَّقُوا إِلَّا مِنْ بَعْدِ مَا جَاءَهُمُ الْعِلْمُ بَغْيًا بَيْنَهُمْ ۚ وَلَوْلَا كَلِمَةٌ سَبَقَتْ مِنْ رَبِّكَ إِلَىٰ أَجَلٍ مُسَمًّى لَقُضِيَ بَيْنَهُمْ ۚ وَإِنَّ الَّذِينَ أُورِثُوا الْكِتَابَ مِنْ بَعْدِهِمْ لَفِي شَكٍّ مِنْهُ مُرِيبٍ14
१४) उनीहरूले त परस्पर एक–एर्कामाथि बढ्ता हुने उद्देश्यले विवाद गरे जबकि उनको पासमा ज्ञान आइसकेको थियो । र यदि तपाईको पालनकर्ताको तर्फबाट एउटा निश्चित अवधिसम्मको निम्ति समय पहिला निर्धारित नभइसकेको भए, उनीहरूको बीचमा निर्णय गरिदिइनेथियो । तर जुन मानिसहरू उनीहरू पश्चात किताबको उत्तराधिकारी भए, उनीहरू उसको बारेमा शंकमा अल्झिएका छन् ।
فَلِذَٰلِكَ فَادْعُ ۖ وَاسْتَقِمْ كَمَا أُمِرْتَ ۖ وَلَا تَتَّبِعْ أَهْوَاءَهُمْ ۖ وَقُلْ آمَنْتُ بِمَا أَنْزَلَ اللَّهُ مِنْ كِتَابٍ ۖ وَأُمِرْتُ لِأَعْدِلَ بَيْنَكُمُ ۖ اللَّهُ رَبُّنَا وَرَبُّكُمْ ۖ لَنَا أَعْمَالُنَا وَلَكُمْ أَعْمَالُكُمْ ۖ لَا حُجَّةَ بَيْنَنَا وَبَيْنَكُمُ ۖ اللَّهُ يَجْمَعُ بَيْنَنَا ۖ وَإِلَيْهِ الْمَصِيرُ15
१५) तसर्थ (हे मुहम्मद !) उसैतर्फ मानिसहरूलाई बोलाइरहनुस् र जे तपाईलाई आदेश भएको छ, त्यसैमा दृढताको साथ स्थिर रहनुस्, र उनीहरूको इच्छा अनुरूप नहिड्नुस् र भनिदिनुस् कि ‘‘जति किताब अल्लाहले अवतरित गर्यो, मेरो तिनमाथि ईमान छ र मलाई आदेश छ कि तिमीमा इन्साफ गरूँ । अल्लाह नै हाम्रो र तिम्रो, पालनकर्ता हो । हामीलाई हाम्रा, र तिम्रा कर्महरू तिम्रालागि नै हुन्! हामी र तिमीमा कुनै झै–झगडा छैन । अल्लाहले हामी सबैलाई एकत्रित गर्नेछ, र उसैतिर फर्केर जानुपर्नेछ ।’’
وَالَّذِينَ يُحَاجُّونَ فِي اللَّهِ مِنْ بَعْدِ مَا اسْتُجِيبَ لَهُ حُجَّتُهُمْ دَاحِضَةٌ عِنْدَ رَبِّهِمْ وَعَلَيْهِمْ غَضَبٌ وَلَهُمْ عَذَابٌ شَدِيدٌ16
१६) र जुन मानिसहरूले अल्लाहको कुरामा विवाद उठाउँछन् यस पश्चात जबकि उसलाई (मोमिनहरूले) मानिहालेका छन्, उनीहरूको पालनकर्ताछेउ उनीहरूको झगडा तुच्छ छ, र उनीमाथि प्रकोप छ, र उनीहरूको निम्ति भयङ्कर यातना छ ।
اللَّهُ الَّذِي أَنْزَلَ الْكِتَابَ بِالْحَقِّ وَالْمِيزَانَ ۗ وَمَا يُدْرِيكَ لَعَلَّ السَّاعَةَ قَرِيبٌ17
१७) अल्लाहले नै सत्यको साथ किताब अवतरित गर्यो र तराजू पनि, र तपाईलाई के थाहा कदाचित् कयामतको समय नजिक आइपुगेको होस् ।
يَسْتَعْجِلُ بِهَا الَّذِينَ لَا يُؤْمِنُونَ بِهَا ۖ وَالَّذِينَ آمَنُوا مُشْفِقُونَ مِنْهَا وَيَعْلَمُونَ أَنَّهَا الْحَقُّ ۗ أَلَا إِنَّ الَّذِينَ يُمَارُونَ فِي السَّاعَةِ لَفِي ضَلَالٍ بَعِيدٍ18
१८) जुन मानिसहरूले यसमा विश्वास गर्दैनन्, उनीहरूले यसको निम्ति हतार गरिरहेका छन्, र जो मोमिन छन्, उनीहरू यसबाट डर मान्छन् र जान्दछन् कि त्यो सत्य छ । हेर जुन मानिसहरूले कयामतको बारेमा विवाद गर्दैछन्, उनीहरू साह्रै नै मार्गविचलनमा छन् ।
اللَّهُ لَطِيفٌ بِعِبَادِهِ يَرْزُقُ مَنْ يَشَاءُ ۖ وَهُوَ الْقَوِيُّ الْعَزِيزُ19
१९) अल्लाह आफ्नो भक्तहरूमाथि धेरै दयावान छ, त्यसले जसलाई चाहन्छ धेरै जीविका प्रदान गर्दछ । र त्यो धेरै शक्तिमान (र) अधिपत्यशाली छ ।
مَنْ كَانَ يُرِيدُ حَرْثَ الْآخِرَةِ نَزِدْ لَهُ فِي حَرْثِهِ ۖ وَمَنْ كَانَ يُرِيدُ حَرْثَ الدُّنْيَا نُؤْتِهِ مِنْهَا وَمَا لَهُ فِي الْآخِرَةِ مِنْ نَصِيبٍ20
२०) जसको नीयत परलोकको खेतीको छ, हामीले उसको लागि त्यसको खेतीमा वृद्धि प्रदान गर्नेछौं र जसले दुनियाँको खेती चाहन्छ, हामीले त्यसमध्येबाटै उसलाई केही दिइहाल्छौं तर आखिरतमा उसको कुनै भाग हुँदैन ।
أَمْ لَهُمْ شُرَكَاءُ شَرَعُوا لَهُمْ مِنَ الدِّينِ مَا لَمْ يَأْذَنْ بِهِ اللَّهُ ۚ وَلَوْلَا كَلِمَةُ الْفَصْلِ لَقُضِيَ بَيْنَهُمْ ۗ وَإِنَّ الظَّالِمِينَ لَهُمْ عَذَابٌ أَلِيمٌ21
२१) के उनीहरूले यस्तो अल्लाहको साझेदार बनाएका छन् । जसले उनीहरूको लागि यस्तो धर्म निर्धारित गरिदिएका छन्, जसबारे अल्लाहले आदेश दिएन ? यदि फैसला (को दिन) को वचन नभएको भए, उनीहरूमा फैसला गरिदिइन्थ्यो । निश्चय नै अपराधीहरूको निम्ति दुःखद यातना छ ।
تَرَى الظَّالِمِينَ مُشْفِقِينَ مِمَّا كَسَبُوا وَهُوَ وَاقِعٌ بِهِمْ ۗ وَالَّذِينَ آمَنُوا وَعَمِلُوا الصَّالِحَاتِ فِي رَوْضَاتِ الْجَنَّاتِ ۖ لَهُمْ مَا يَشَاءُونَ عِنْدَ رَبِّهِمْ ۚ ذَٰلِكَ هُوَ الْفَضْلُ الْكَبِيرُ22
२२) तपाईले हेर्नुहुनेछ कि यी अत्याचारीहरूले आफ्नो कर्मबाट तर्सिराखेका हुनेछन्, जसको दुष्परिणाम उनीहरूमाथि आइपर्नेछ । तर जसले ईमान ल्याए र असल कर्म गरे, उनीहरू स्वर्गका वाटिकाहरूमा हुनेछन्, उनीहरूको निम्ति उनीहरूको पालनकर्ताको पासमा, ती सबै कुरा छन्, जसको कि उनीहहरूले इच्छा गर्नेछन् । यही त बडो उदार अनुग्रह हो ।
ذَٰلِكَ الَّذِي يُبَشِّرُ اللَّهُ عِبَادَهُ الَّذِينَ آمَنُوا وَعَمِلُوا الصَّالِحَاتِ ۗ قُلْ لَا أَسْأَلُكُمْ عَلَيْهِ أَجْرًا إِلَّا الْمَوَدَّةَ فِي الْقُرْبَىٰ ۗ وَمَنْ يَقْتَرِفْ حَسَنَةً نَزِدْ لَهُ فِيهَا حُسْنًا ۚ إِنَّ اللَّهَ غَفُورٌ شَكُورٌ23
२३) त्यही शुभसूचना अल्लाहले आफ्ना सेवकहरूलाई दिन्छ । जसले ईमान ल्याए र असल कर्म गरे । भनिदिनुस् कि ‘‘म उसको तिमीसित कुनै पारिश्रमिक माग्दिन, मात्र निकटताको प्रेमभाव चाहन्छु । जसले कुनै नेकी गदर्छ, हामीले उसको निम्ति उसको नेकीमा वृद्धि गर्नेछौं । निश्चय नै अल्लाह अत्यन्त क्षमाशील र ठूलो गुणग्राहक हो ।’’
أَمْ يَقُولُونَ افْتَرَىٰ عَلَى اللَّهِ كَذِبًا ۖ فَإِنْ يَشَإِ اللَّهُ يَخْتِمْ عَلَىٰ قَلْبِكَ ۗ وَيَمْحُ اللَّهُ الْبَاطِلَ وَيُحِقُّ الْحَقَّ بِكَلِمَاتِهِ ۚ إِنَّهُ عَلِيمٌ بِذَاتِ الصُّدُورِ24
२४) के यिनीहरूले भन्दछन्ः (कि पैगम्बरले) अल्लाहबारे मित्थ्यारोपण गरेको छ ?’’ यदि अल्लाहले चाहन्छ भने (हे मुहम्मद) तपाईको हृदयमा छाप लगाइदिन्छ । र अल्लाहले आफ्नो वाणीबाट असत्यलाई मिटाइराखेको छ, र आफ्नो कुराबाट सत्यलाई प्रमाणित गरेकोछ । निःसन्देह उसले छातीभित्रको कुराहरू पनि जान्दछ ।
وَهُوَ الَّذِي يَقْبَلُ التَّوْبَةَ عَنْ عِبَادِهِ وَيَعْفُو عَنِ السَّيِّئَاتِ وَيَعْلَمُ مَا تَفْعَلُونَ25
२५) उही हो जसले आफ्ना सेवकहरूको प्रायश्चित स्वीकार गर्दछ र उनीहरूको पापहरू क्षमा गर्दछ, र तिमीले जे गर्दछौ सबै जान्दछ ।
وَيَسْتَجِيبُ الَّذِينَ آمَنُوا وَعَمِلُوا الصَّالِحَاتِ وَيَزِيدُهُمْ مِنْ فَضْلِهِ ۚ وَالْكَافِرُونَ لَهُمْ عَذَابٌ شَدِيدٌ26
२६) ईमानवालाहरू र असल कर्म गर्नेहरूको प्रार्थना सुन्दछ र तिनीहरूलाई आफ्नो उदार अनुग्रहबाट अधिक प्रदान गर्दछ । र जो काफिर छन्, उनीहरूको लागि कडा यातना छ ।
۞ وَلَوْ بَسَطَ اللَّهُ الرِّزْقَ لِعِبَادِهِ لَبَغَوْا فِي الْأَرْضِ وَلَٰكِنْ يُنَزِّلُ بِقَدَرٍ مَا يَشَاءُ ۚ إِنَّهُ بِعِبَادِهِ خَبِيرٌ بَصِيرٌ27
२७) यदि अल्लाहले आफ्ना सबै सेवकहरूको निम्ति जीविका फराकिलो गरिदिएको भए, उनीहरू धरतीमा उपद्रव गर्न थाल्थे । तर उसले एउटा अनुमानको साथ जे चाहन्छ अवतरित गर्दछ । ऊ आफ्ना सेवकहरूलाई पूर्णरूपले जान्दछ र देख्दछ ।
وَهُوَ الَّذِي يُنَزِّلُ الْغَيْثَ مِنْ بَعْدِ مَا قَنَطُوا وَيَنْشُرُ رَحْمَتَهُ ۚ وَهُوَ الْوَلِيُّ الْحَمِيدُ28
२८) र उही हो जसले मानिसहरू निराश भएपछि, पानी वर्षाउँछ, र आफ्नो दयालुतालाई व्यापक पार्दछ । र उही हो संरक्षक मित्र, प्रंशसनीय ।
وَمِنْ آيَاتِهِ خَلْقُ السَّمَاوَاتِ وَالْأَرْضِ وَمَا بَثَّ فِيهِمَا مِنْ دَابَّةٍ ۚ وَهُوَ عَلَىٰ جَمْعِهِمْ إِذَا يَشَاءُ قَدِيرٌ29
२९) र उसका निशानीहरूमध्ये आकाशहरू र धरतीको सृष्टि गर्नु, र ती जीवधारी पनि जुन कि उसले ती दुवैमा फिजाइराखेको छ । र उसले जतिखेर चाहोस् उनीहरूलाई एकत्रित गर्ने सामथ्र्य पनि राख्दछ ।
وَمَا أَصَابَكُمْ مِنْ مُصِيبَةٍ فَبِمَا كَسَبَتْ أَيْدِيكُمْ وَيَعْفُو عَنْ كَثِيرٍ30
३०) र जुन कष्ट पनि तिमीलाई पुग्दछ, त्यो तिम्रो आफ्नै हातको कमाइ नै हो र उसले धेरै (पापहरू) माफ गरिदिन्छ ।
وَمَا أَنْتُمْ بِمُعْجِزِينَ فِي الْأَرْضِ ۖ وَمَا لَكُمْ مِنْ دُونِ اللَّهِ مِنْ وَلِيٍّ وَلَا نَصِيرٍ31
३१) र तिमीले धरतीमा नियन्त्रणबाट उम्कन सक्तैनौ, र अल्लाह बाहेक तिम्रो न कोही मित्र छ न सहायक ।
وَمِنْ آيَاتِهِ الْجَوَارِ فِي الْبَحْرِ كَالْأَعْلَامِ32
३२) र उसको निशानीहरूमध्ये पहाड जस्तै पानीजहाजहरू पनि हुन् जुन कि समुन्द्रमा चलिराखेका हुन्छन् ।
إِنْ يَشَأْ يُسْكِنِ الرِّيحَ فَيَظْلَلْنَ رَوَاكِدَ عَلَىٰ ظَهْرِهِ ۚ إِنَّ فِي ذَٰلِكَ لَآيَاتٍ لِكُلِّ صَبَّارٍ شَكُورٍ33
३३) यदि उसको इच्छा हुन्छ भने उसले हावालाई गतिहीन बनाइदिन्छ । अनि ति जहाजहरू समुन्द्रको पानीमा स्थिर भइहाल्छन् । सबै धैर्यवान र कृतज्ञहरूको लागि यसमा अनेकौं निशानीहरू छन् ।
أَوْ يُوبِقْهُنَّ بِمَا كَسَبُوا وَيَعْفُ عَنْ كَثِيرٍ34
३४) वा उनीहरूलाई उनीहरूको कर्मको कारण नष्ट गरिदेओस् र धेरै जसोलाई क्षमा पनि गरिदेओस् ।
وَيَعْلَمَ الَّذِينَ يُجَادِلُونَ فِي آيَاتِنَا مَا لَهُمْ مِنْ مَحِيصٍ35
३५) र परिणामतः उनीहरूले जानिराखुन्, जसले हाम्रो आयतहरूमा विवाद गर्दछन् कि उनीहरूको निम्ति कुनै भाग्ने ठाउँ छैन ।
فَمَا أُوتِيتُمْ مِنْ شَيْءٍ فَمَتَاعُ الْحَيَاةِ الدُّنْيَا ۖ وَمَا عِنْدَ اللَّهِ خَيْرٌ وَأَبْقَىٰ لِلَّذِينَ آمَنُوا وَعَلَىٰ رَبِّهِمْ يَتَوَكَّلُونَ36
३६) तिमीलाई जे कुरा दिइएको छ त्यो सांसरिक जीवनको अस्थायी सुख सामग्री हो । तर जे–जति अल्लाहको पासमा छ त्यो धेरै उत्तम छ र स्थाई रहनेवाला पनि, (त्यो) उनीहरूको लागि हो जसले ईमान ल्याए र आफ्नो पालनकर्तामाथि मात्र भरोसा गर्दछन् ।
وَالَّذِينَ يَجْتَنِبُونَ كَبَائِرَ الْإِثْمِ وَالْفَوَاحِشَ وَإِذَا مَا غَضِبُوا هُمْ يَغْفِرُونَ37
३७) जो ठूला–ठूला गुनाहहरू र निर्लज्जताबाट पन्छिन्छन् र जब उनीहरूलाई रिस उठ्दछ त्यस बेला पनि माफ गरिहाल्छन् ।
وَالَّذِينَ اسْتَجَابُوا لِرَبِّهِمْ وَأَقَامُوا الصَّلَاةَ وَأَمْرُهُمْ شُورَىٰ بَيْنَهُمْ وَمِمَّا رَزَقْنَاهُمْ يُنْفِقُونَ38
३८) र जसले आफ्नो पालनकर्ताको आदेश मान्दछन् र नमाज पढ्दछन् ? र उनीहरूको प्रत्येक काम आपसी सल्लाहबाट हुन्छन् ? र जे–जति हामीले उनीहरूलाई दिएका छौं त्यसबाट खर्च गर्दछन् ?
وَالَّذِينَ إِذَا أَصَابَهُمُ الْبَغْيُ هُمْ يَنْتَصِرُونَ39
३९) र जब उनीहरूमाथि अन्याय हुन्छ तब उनीहरूले बदला मात्र लिन्छन् ।
وَجَزَاءُ سَيِّئَةٍ سَيِّئَةٌ مِثْلُهَا ۖ فَمَنْ عَفَا وَأَصْلَحَ فَأَجْرُهُ عَلَى اللَّهِ ۚ إِنَّهُ لَا يُحِبُّ الظَّالِمِينَ40
४०) र नराम्रोको बदला उसजस्तो नराम्रो हो, तर जसले क्षमा गरिदिन्छ र सुधार गर्दछ त त्यसको पुरस्कार अल्लाहको जिम्मामा छ । निश्चय नै अल्लाहले अत्याचारीहरूलाई रुचाउँदैन ।
وَلَمَنِ انْتَصَرَ بَعْدَ ظُلْمِهِ فَأُولَٰئِكَ مَا عَلَيْهِمْ مِنْ سَبِيلٍ41
४१) र यदि कसैले आफूमाथि भएको अत्याचारपछि बराबरको बदला लिन्छ भने त्यस्ता मानिसहरूमाथि कुनै दोष हुँदैन ।
إِنَّمَا السَّبِيلُ عَلَى الَّذِينَ يَظْلِمُونَ النَّاسَ وَيَبْغُونَ فِي الْأَرْضِ بِغَيْرِ الْحَقِّ ۚ أُولَٰئِكَ لَهُمْ عَذَابٌ أَلِيمٌ42
४२) दोषारोपण त मात्र उनीहरूमाथि हुन्छ जो अरु मानिसहरूमाथि अत्याचार गर्दछन् र धरतीमा नाहक फसाद गर्दछन् । यस्ता मानिसहरूको निम्ति दुःखद यातना छ ।
وَلَمَنْ صَبَرَ وَغَفَرَ إِنَّ ذَٰلِكَ لَمِنْ عَزْمِ الْأُمُورِ43
४३) र जसले संतोष गर्दछ र क्षमा गरिदिन्छ भने यो निश्चितरूपले ठूलो साहसको कामहरूमध्ये हो ।
وَمَنْ يُضْلِلِ اللَّهُ فَمَا لَهُ مِنْ وَلِيٍّ مِنْ بَعْدِهِ ۗ وَتَرَى الظَّالِمِينَ لَمَّا رَأَوُا الْعَذَابَ يَقُولُونَ هَلْ إِلَىٰ مَرَدٍّ مِنْ سَبِيلٍ44
४४) र जुन व्यक्तिलाई अल्लाहले मार्गविचलित गर्दछ यस पश्चात उसको कोही सहयोगी हुँदैन । र तिमीले अत्याचारीहरूलाई देख्नेछौ कि जब उनीहरूले यातना देख्नेछन् त भन्नेछन् कि ‘‘के फिर्ता जाने कुनै मार्ग छ ?’’
وَتَرَاهُمْ يُعْرَضُونَ عَلَيْهَا خَاشِعِينَ مِنَ الذُّلِّ يَنْظُرُونَ مِنْ طَرْفٍ خَفِيٍّ ۗ وَقَالَ الَّذِينَ آمَنُوا إِنَّ الْخَاسِرِينَ الَّذِينَ خَسِرُوا أَنْفُسَهُمْ وَأَهْلِيهِمْ يَوْمَ الْقِيَامَةِ ۗ أَلَا إِنَّ الظَّالِمِينَ فِي عَذَابٍ مُقِيمٍ45
४५) र तिमीले उनीहरूलाई देख्नेछौ कि तिनीहरू (नर्कको) सामु ल्याइनेछन्, अपमानका कारण थिचिएका हुनेछन् । र छड्के आँखाले हेरिराखेका हुनेछन् । ईमानवालाहरूले त्यसबेला भन्नेछन् कि निश्चय नै वास्तविक हानिमा पर्नेवाला तिनै हुन् जसले कयामतको दिन स्वयं आफूलाई र आफ्ना मानिसहरूलाई घाटामा पारिदिए ।’’ विश्वास गर ! निश्चय नै अत्याचारीहरू स्थिर रहनेवाला यातनामा छन् ।
وَمَا كَانَ لَهُمْ مِنْ أَوْلِيَاءَ يَنْصُرُونَهُمْ مِنْ دُونِ اللَّهِ ۗ وَمَنْ يُضْلِلِ اللَّهُ فَمَا لَهُ مِنْ سَبِيلٍ46
४६) र अल्लाह बाहेक उनीहरूको कोही मित्र हुनेछैन, जसले अल्लाहबाट अलग उनीहरूको सहायता गर्न सकुन् । र जसलाई अल्लाहले पथविचलित गरिदिन्छ, उसको लागि कुनै मार्ग हुँदैन ।
اسْتَجِيبُوا لِرَبِّكُمْ مِنْ قَبْلِ أَنْ يَأْتِيَ يَوْمٌ لَا مَرَدَّ لَهُ مِنَ اللَّهِ ۚ مَا لَكُمْ مِنْ مَلْجَإٍ يَوْمَئِذٍ وَمَا لَكُمْ مِنْ نَكِيرٍ47
४७) आफ्नो पालानकर्ताको आदेश मानिहाल यसभन्दा पहिले कि अल्लाहको तर्फबाट त्यो दिन आओस् जो फर्कदैन । त्यसदिन तिम्रो निम्ति न कुनै शरणस्थल हुनेछ र न तिमीले लुकेर इन्कार गर्न सक्नेछौ ।
فَإِنْ أَعْرَضُوا فَمَا أَرْسَلْنَاكَ عَلَيْهِمْ حَفِيظًا ۖ إِنْ عَلَيْكَ إِلَّا الْبَلَاغُ ۗ وَإِنَّا إِذَا أَذَقْنَا الْإِنْسَانَ مِنَّا رَحْمَةً فَرِحَ بِهَا ۖ وَإِنْ تُصِبْهُمْ سَيِّئَةٌ بِمَا قَدَّمَتْ أَيْدِيهِمْ فَإِنَّ الْإِنْسَانَ كَفُورٌ48
४८) यदि उनीहरू विमुख हुन्छन् भने हामीले तपाईलाई उनीहरूको निम्ति कुनै संरक्षक बनाएर पठाएका छैनौं । तपाईमाथि त मात्र (सन्देश)पुर्याइदिने जिम्मेवारी छ । र जब हामीले मानिसलाई आफ्नो दयालुताको रसास्वादन गराउँछौ त त्यसबाट ऊ मग्न भइहाल्दछ, र यदि उनीहरूलाई उनीहरूकै कर्महरूको कारणले कुनै कष्ट पुग्दछ त निश्चय नै त्यही मानिस बडो कृतघ्न बनिहाल्छन् ।
لِلَّهِ مُلْكُ السَّمَاوَاتِ وَالْأَرْضِ ۚ يَخْلُقُ مَا يَشَاءُ ۚ يَهَبُ لِمَنْ يَشَاءُ إِنَاثًا وَيَهَبُ لِمَنْ يَشَاءُ الذُّكُورَ49
४९) सम्पूर्ण आकाश र पृथ्वीको सत्ता अल्लाहकै लागि हो । उसले जे चाहन्छ सृष्टि गर्दछ, जसलाई चाहन्छ, पुत्रीहरू प्रदान गर्दछ र जसलाई चाहन्छ, छोराहरू प्रदान गर्दछ ।
أَوْ يُزَوِّجُهُمْ ذُكْرَانًا وَإِنَاثًا ۖ وَيَجْعَلُ مَنْ يَشَاءُ عَقِيمًا ۚ إِنَّهُ عَلِيمٌ قَدِيرٌ50
५०) वा उनीलाई दुबै छोरा र छोरी प्रदान गर्दछ र जसलाई चाहन्छ, निःसन्तान गरिदिन्छ । निश्चय नै ऊ सर्वज्ञ ठूलो सामथ्र्यवान छ ।
۞ وَمَا كَانَ لِبَشَرٍ أَنْ يُكَلِّمَهُ اللَّهُ إِلَّا وَحْيًا أَوْ مِنْ وَرَاءِ حِجَابٍ أَوْ يُرْسِلَ رَسُولًا فَيُوحِيَ بِإِذْنِهِ مَا يَشَاءُ ۚ إِنَّهُ عَلِيٌّ حَكِيمٌ51
५१) कुनै मानिसलाई सम्भव छैन कि ऊ अल्लाहसित कुरा गरोस्, परन्तु वह्य मार्फत वा पर्दा पछाडि़बाट, वा उसको लागि कुनै फरिश्ता पठाओस्, अनि फरिश्ताले अल्लाहको अज्ञाबाट जे चाहन्छ प्रकाशना गर्दछ । निश्चय नै ऊ सर्वोच्च अत्यन्त तत्वदर्शी छ ।
وَكَذَٰلِكَ أَوْحَيْنَا إِلَيْكَ رُوحًا مِنْ أَمْرِنَا ۚ مَا كُنْتَ تَدْرِي مَا الْكِتَابُ وَلَا الْإِيمَانُ وَلَٰكِنْ جَعَلْنَاهُ نُورًا نَهْدِي بِهِ مَنْ نَشَاءُ مِنْ عِبَادِنَا ۚ وَإِنَّكَ لَتَهْدِي إِلَىٰ صِرَاطٍ مُسْتَقِيمٍ52
५२) र यसै प्रकार हामीले आफ्नो आदेशले तपाईतिर रूह (कुरआन) उतारेका छौं । (जबकि) तपाईलाई यस अघि थाहा थिएन कि ‘‘किताब’’ र ईमान के हुन्? तर हामीले त्यस (कुरआन) लाई एउटा प्रकाश बनायौं, जसद्वारा हामीले आफ्ना सेवकहरूमध्ये जसलाई चाहन्छौं मार्ग देखाउँछौं । निश्चय नै तपाईले एउटा सोझो मार्गतिर पथप्रदर्शन गरिराख्नु भएको छ ।
صِرَاطِ اللَّهِ الَّذِي لَهُ مَا فِي السَّمَاوَاتِ وَمَا فِي الْأَرْضِ ۗ أَلَا إِلَى اللَّهِ تَصِيرُ الْأُمُورُ53
५३) उस अल्लाहको मार्गको जो आकाशहरू र धरतीमा सबै कुराको स्वामी हो । सावधान रहनु सबै काम अल्लाहतिरै प्रवृत्त हुनेछन् ।