Ta-Ha

سورة طه

सूरह 20 · मक्की · 135 आयतहरू

20:1जुज 16 · पृ. 312

طه1

१) ताहा
20:2जुज 16 · पृ. 312

مَا أَنْزَلْنَا عَلَيْكَ الْقُرْآنَ لِتَشْقَىٰ2

२) (हे मुहम्मद !) हामीले कुरआन तपाईमाथि यस कारण अवतरित गरेका होइनौं कि तपाई दुःखमा पर्नुस् ।
20:3जुज 16 · पृ. 312

إِلَّا تَذْكِرَةً لِمَنْ يَخْشَىٰ3

३) अपितु उसको नसहितको (उपदेशको) निम्ति जो अल्लाहसँग डर्छ ।
20:4जुज 16 · पृ. 312

تَنْزِيلًا مِمَّنْ خَلَقَ الْأَرْضَ وَالسَّمَاوَاتِ الْعُلَى4

४) यसको अवतरण उसको तर्फबाट भएको हो जसले धरती र उच्च आकाशहरूको सृष्टि गरेको छ ।
20:5जुज 16 · पृ. 312

الرَّحْمَٰنُ عَلَى الْعَرْشِ اسْتَوَىٰ5

५) जो असीम दयालु हो, जो उच्चासन (अर्श) माथि उच्च छ ।
20:6जुज 16 · पृ. 312

لَهُ مَا فِي السَّمَاوَاتِ وَمَا فِي الْأَرْضِ وَمَا بَيْنَهُمَا وَمَا تَحْتَ الثَّرَىٰ6

६) जे जति आकाशहरूमा छ र जे जति धरतीमा छ र जे जति यी दुवैको बीचमा छ, र जे जति धरतीको (माटो) मुनि छ, सबै उसैको हो ।
20:7जुज 16 · पृ. 312

وَإِنْ تَجْهَرْ بِالْقَوْلِ فَإِنَّهُ يَعْلَمُ السِّرَّ وَأَخْفَى7

७) तिमी चाहे ठूलो स्वरमा पुकार अथवा (मसिनो स्वरमा) उसले त लुकेको कुरा र अत्यन्त गोप्य कुरा पनि जान्दछ ।
20:8जुज 16 · पृ. 312

اللَّهُ لَا إِلَٰهَ إِلَّا هُوَ ۖ لَهُ الْأَسْمَاءُ الْحُسْنَىٰ8

८) उही अल्लाह हो, जस बाहेक अरु कोही सत्य पूज्य छैन । उसका नामहरू धेरै राम्रा छन् ।
20:9जुज 16 · पृ. 312

وَهَلْ أَتَاكَ حَدِيثُ مُوسَىٰ9

९) तपाईलाई मूसा (अलैहिस्सलाम) को घटना पनि थाहा छ ?
20:10जुज 16 · पृ. 312

إِذْ رَأَىٰ نَارًا فَقَالَ لِأَهْلِهِ امْكُثُوا إِنِّي آنَسْتُ نَارًا لَعَلِّي آتِيكُمْ مِنْهَا بِقَبَسٍ أَوْ أَجِدُ عَلَى النَّارِ هُدًى10

१०) जबकि उनले आगो देखेर आफ्नो घरवालासित भने कि तिमी केही बेर पर्ख म आगो देखेको छु । धेरै सम्भव छ कि म त्यसबाट बलिराखेको एउटा अगुल्टो ल्याउन सकूँ वा आगोको ठाउँमा बाटो थाहा पाउन सकूँ ।
20:11जुज 16 · पृ. 312

فَلَمَّا أَتَاهَا نُودِيَ يَا مُوسَىٰ11

११) जब उनी त्यहाँ पुगे तब आवाज आयो हे मूसा !
20:12जुज 16 · पृ. 312

إِنِّي أَنَا رَبُّكَ فَاخْلَعْ نَعْلَيْكَ ۖ إِنَّكَ بِالْوَادِ الْمُقَدَّسِ طُوًى12

१२) निःसन्देह म नै तेरो पालनकर्ता हूँ । आफ्नो जुत्ता फुकालिदेऊ, तिमी पवित्र घाटी ‘तुवा’ मा छौ ।
20:13जुज 16 · पृ. 313

وَأَنَا اخْتَرْتُكَ فَاسْتَمِعْ لِمَا يُوحَىٰ13

१३) र मैले तिमीलाई रोजीसकेको छु । अब जे (वह्य) अल्लाहको सन्देश गरिन्छ, त्यसलाई राम्ररी सुन ।
20:14जुज 16 · पृ. 313

إِنَّنِي أَنَا اللَّهُ لَا إِلَٰهَ إِلَّا أَنَا فَاعْبُدْنِي وَأَقِمِ الصَّلَاةَ لِذِكْرِي14

१४) निःसन्देह म नै अल्लाह हूँ, म बाहेक अरु कोही सत्य पूज्य छैन, तसर्थ, तिमीले मेरो उपासना गर्नेगर र मेरो स्मरणको निम्ति नमाज पढ्नेगर ।
20:15जुज 16 · पृ. 313

إِنَّ السَّاعَةَ آتِيَةٌ أَكَادُ أُخْفِيهَا لِتُجْزَىٰ كُلُّ نَفْسٍ بِمَا تَسْعَىٰ15

१५) निश्चय नै कियामत आउनेवाला छ, जसलाई म गोप्य राख्न चाहन्छु ताकि प्रत्येक मानिसलाई त्यो प्रतिफल प्रदान गरियोस् जसको उसले प्रयास गरेको छ ।
20:16जुज 16 · पृ. 313

فَلَا يَصُدَّنَّكَ عَنْهَا مَنْ لَا يُؤْمِنُ بِهَا وَاتَّبَعَ هَوَاهُ فَتَرْدَىٰ16

१६) अतः अब त्यसको विश्वासबाट तिमीलाई कुनै यस्तो व्यक्तिले नरोकोस् जसले कि यसमा विश्वास गर्दैन र आफ्नो इच्छाको पूर्तिमा लागेको छ, अन्यथा तिमी नष्ट भइहाल्नेछौ ।
20:17जुज 16 · पृ. 313

وَمَا تِلْكَ بِيَمِينِكَ يَا مُوسَىٰ17

१७) हे मूसा ‘‘तिम्रो यस दायाँ हातमा के छ’’ ?
20:18जुज 16 · पृ. 313

قَالَ هِيَ عَصَايَ أَتَوَكَّأُ عَلَيْهَا وَأَهُشُّ بِهَا عَلَىٰ غَنَمِي وَلِيَ فِيهَا مَآرِبُ أُخْرَىٰ18

१८) उसले जवाफ दियो कि ‘‘यो मेरो लठ्ठी हो । म यसमा अडेस लगाउछु र यसबाट आफ्नो बाख्राहरूको निम्ति पातहरू झार्छु र यसबाट मेरा अन्य आवश्यकताहरू पनि पूरा हुन्छन् ।’’
20:19जुज 16 · पृ. 313

قَالَ أَلْقِهَا يَا مُوسَىٰ19

१९) आदेश दियो, ‘‘हे मूसा त्यसलाई हातबाट तल खसालिदेऊ’’ ।
20:20जुज 16 · पृ. 313

فَأَلْقَاهَا فَإِذَا هِيَ حَيَّةٌ تَسْعَىٰ20

२०) खसाल्ने बित्तिकै त्यो सर्प बनेर चल्न थाल्यो ।
20:21जुज 16 · पृ. 313

قَالَ خُذْهَا وَلَا تَخَفْ ۖ سَنُعِيدُهَا سِيرَتَهَا الْأُولَىٰ21

२१) आदेश भयो ‘‘निर्भीक भई त्यसलाई समातिहाल, हामीले यसलाई त्यही पहिलेकै अवस्थामा ल्याइदिनेछौं’’ ।
20:22जुज 16 · पृ. 313

وَاضْمُمْ يَدَكَ إِلَىٰ جَنَاحِكَ تَخْرُجْ بَيْضَاءَ مِنْ غَيْرِ سُوءٍ آيَةً أُخْرَىٰ22

२२) र आफ्नो हात आफ्नो छेउमा राख, अनि त्यो बिना कुनै अवगुण चम्किदै अर्को चमत्कारको रूपमा निस्कनेछ ।
20:23जुज 16 · पृ. 313

لِنُرِيَكَ مِنْ آيَاتِنَا الْكُبْرَى23

२३) यो यसकारण कि हामीले आफ्ना ठूला ठूला निशानीहरू तिमीलाई देखाउन चाहन्छौं ।
20:24जुज 16 · पृ. 313

اذْهَبْ إِلَىٰ فِرْعَوْنَ إِنَّهُ طَغَىٰ24

२४) अब तिमी फिरऔनकहाँ जाऊ उसले ठूलो उत्पात मचाइरहेको छ ।
20:25 · My Lord, expand my chestजुज 16 · पृ. 313

قَالَ رَبِّ اشْرَحْ لِي صَدْرِي25

२५) (मूसाले भने) मेरो पालनकर्ता मेरो छाती मेरो निम्ति खोलिदेऊ ।
20:26जुज 16 · पृ. 313

وَيَسِّرْ لِي أَمْرِي26

२६) र मेरो काम मेरो निम्ति सजिलो बनाइदेऊ ।
20:27जुज 16 · पृ. 313

وَاحْلُلْ عُقْدَةً مِنْ لِسَانِي27

२७) र मेरो भाषाको अप्ठ्यारोपना हटाइदेऊ ।
20:28जुज 16 · पृ. 313

يَفْقَهُوا قَوْلِي28

२८) जसबाट मानिसहरू मेरो कुरा बुझ्न सकुन् ।
20:29जुज 16 · पृ. 313

وَاجْعَلْ لِي وَزِيرًا مِنْ أَهْلِي29

२९) र मेरा घरवालाहरूमध्ये एउटालाई मेरो मन्त्री बनाइदेऊ ।
20:30जुज 16 · पृ. 313

هَارُونَ أَخِي30

३०) मेरो भाइ हारूनालाई ।
20:31जुज 16 · पृ. 313

اشْدُدْ بِهِ أَزْرِي31

३१) उसबाट मेरो शक्ति सुदृढ गर ।
20:32जुज 16 · पृ. 313

وَأَشْرِكْهُ فِي أَمْرِي32

३२) र उसलाई मेरो काममा शामेल गराइदेऊ,
20:33जुज 16 · पृ. 313

كَيْ نُسَبِّحَكَ كَثِيرًا33

३३) जसबाट हामीले धेरैभन्दा धेरै तिम्रो गुणगान गरौं ।
20:34जुज 16 · पृ. 313

وَنَذْكُرَكَ كَثِيرًا34

३४) र तिमीलाई हामीले धेरै याद गरौं ।
20:35जुज 16 · पृ. 313

إِنَّكَ كُنْتَ بِنَا بَصِيرًا35

३५) निश्चय नै तिमी हाम्रो राम्रोसँग देखभाल गर्नेवाला हौ ।
20:36जुज 16 · पृ. 313

قَالَ قَدْ أُوتِيتَ سُؤْلَكَ يَا مُوسَىٰ36

३६) अल्लाहबाट आदेश भयो, ‘‘मूसा’’ तिम्रो सबै प्रार्थना स्वीकार गरियो ।
20:37जुज 16 · पृ. 313

وَلَقَدْ مَنَنَّا عَلَيْكَ مَرَّةً أُخْرَىٰ37

३७) हामीले त तिमीमाथि एकपटक अरु पनि ठूलो उपकार गरिसकेका छौं ।
20:38जुज 16 · पृ. 314

إِذْ أَوْحَيْنَا إِلَىٰ أُمِّكَ مَا يُوحَىٰ38

३८) जबकि हामीले तिम्री आमाको हृदयमा त्यो प्रेरणा दियौं जसको चर्चा अब गरिदै छ ।
20:39जुज 16 · पृ. 314

أَنِ اقْذِفِيهِ فِي التَّابُوتِ فَاقْذِفِيهِ فِي الْيَمِّ فَلْيُلْقِهِ الْيَمُّ بِالسَّاحِلِ يَأْخُذْهُ عَدُوٌّ لِي وَعَدُوٌّ لَهُ ۚ وَأَلْقَيْتُ عَلَيْكَ مَحَبَّةً مِنِّي وَلِتُصْنَعَ عَلَىٰ عَيْنِي39

३९) ‘‘कि उसलाई तिमीले सन्दुकमा राखेर समुद्रमा हालिदेऊ, त्यसपछि समुद्रले उसलाई किनारामा लगिदिन्छ ताकि उसलाई मेरो र उसको शत्रुले उठाइलिनेछ’’ । र मैले आफ्नो तर्फबाट तिमीलाई आफ्नो प्रेम प्रदान गर्यौं, ताकि मेरो आँखाको अगाडि तिम्रो पालनपोषण होस् ।
20:40जुज 16 · पृ. 314

إِذْ تَمْشِي أُخْتُكَ فَتَقُولُ هَلْ أَدُلُّكُمْ عَلَىٰ مَنْ يَكْفُلُهُ ۖ فَرَجَعْنَاكَ إِلَىٰ أُمِّكَ كَيْ تَقَرَّ عَيْنُهَا وَلَا تَحْزَنَ ۚ وَقَتَلْتَ نَفْسًا فَنَجَّيْنَاكَ مِنَ الْغَمِّ وَفَتَنَّاكَ فُتُونًا ۚ فَلَبِثْتَ سِنِينَ فِي أَهْلِ مَدْيَنَ ثُمَّ جِئْتَ عَلَىٰ قَدَرٍ يَا مُوسَىٰ40

४०) (स्मरण गर) जबकि तिम्री बहिनी गइराखेकी थिइन् र भनिरहेकी थिइन्ः कि यदि तिमी भन्छौ भने त्यसको बारेमा म उसलाई बताइदिन्छु जसले उसको पालनपोषण गर्नेछ । यस उपायबाट हामीले फेरि तिमीलाई तिम्री आमाको पासमा पुर्याइदियौं ताकि उसको आँखा शीतल होउन् र उनी शोकाकुल नहोऊन्, र (यादगर) तिमीले एउटा व्यक्तिको हत्या गरिदिएका थियौ । तैपनि हामीले तिमीलाई दुःखबाट छुट्कारा दिलायौं र हामीले तिमीलाई राम्ररी जाँच्यौ । अनि तिमी कैयौं वर्षसम्म मदयनका मानिसहरूसँग बसिराख्यौ, फेरि तिमी हे मूसा अल्लाहको अनुकम्पाले निर्धारित समयमा आइपुग्यौ ।
20:41जुज 16 · पृ. 314

وَاصْطَنَعْتُكَ لِنَفْسِي41

४१) र मैले तिमीलाई विशेष आफ्नो लागि मनपराएको छु ।
20:42जुज 16 · पृ. 314

اذْهَبْ أَنْتَ وَأَخُوكَ بِآيَاتِي وَلَا تَنِيَا فِي ذِكْرِي42

४२) अब तिमी आफ्नो भाइसहीत मेरा निशानीहरू साथमा लिएर जाऊ, र याद रहोस् मेरो स्मरणमा ढिलासुस्ती नगर्नु ।
20:43जुज 16 · पृ. 314

اذْهَبَا إِلَىٰ فِرْعَوْنَ إِنَّهُ طَغَىٰ43

४३) तिमी दुवै फिरऔनको पासमा जाऊ । त्यसले गम्भीर अवज्ञा गरेको छ ।
20:44जुज 16 · पृ. 314

فَقُولَا لَهُ قَوْلًا لَيِّنًا لَعَلَّهُ يَتَذَكَّرُ أَوْ يَخْشَىٰ44

४४) त्यसलाई नम्रतापूर्वक सम्झाऊ, ताकि सम्भव छ त्यसले सम्झिहालोस् वा त्रसित भइहालोस् ।
20:45जुज 16 · पृ. 314

قَالَا رَبَّنَا إِنَّنَا نَخَافُ أَنْ يَفْرُطَ عَلَيْنَا أَوْ أَنْ يَطْغَىٰ45

४५) दुवैले भने ‘‘हे हाम्रो पालनकर्ता ! हामीलाई यसको भय छ कि कतै त्यसले हामीमाथि कुनै अत्याचार नगरोस् अथवा उसको उदण्डता बढेर नजाओस् ।’’
20:46जुज 16 · पृ. 314

قَالَ لَا تَخَافَا ۖ إِنَّنِي مَعَكُمَا أَسْمَعُ وَأَرَىٰ46

४६) (अल्लाहको) आदेश भयो तिमी अलिकति पनि नडराऊ, म तिम्रो साथमा छु र सुन्दछु र देख्दछु ।
20:47जुज 16 · पृ. 314

فَأْتِيَاهُ فَقُولَا إِنَّا رَسُولَا رَبِّكَ فَأَرْسِلْ مَعَنَا بَنِي إِسْرَائِيلَ وَلَا تُعَذِّبْهُمْ ۖ قَدْ جِئْنَاكَ بِآيَةٍ مِنْ رَبِّكَ ۖ وَالسَّلَامُ عَلَىٰ مَنِ اتَّبَعَ الْهُدَىٰ47

४७) तिमी उसको पासमा जाऊ र भनः ‘कि हामी तिम्रो पालनकर्ताका संदेष्टा हौं । तिमी हाम्रो साथमा इस्राईलका सन्तानलाई पठाइदेऊ र उनीहरूलाई यातना नदेऊ । हामी तिम्रो पासमा तिम्रो पालनहारका निशानीहरू लिएर आएका छौं । र जसले सही मार्गदर्शनको कुरा मान्दछ त्यसैलाई सलामती (प्रशान्ति) प्राप्त हुनेछ ।
20:48जुज 16 · पृ. 314

إِنَّا قَدْ أُوحِيَ إِلَيْنَا أَنَّ الْعَذَابَ عَلَىٰ مَنْ كَذَّبَ وَتَوَلَّىٰ48

४८) हामीतिर यो ‘‘वह्य’’ (अल्लाहको प्रकाशना) आएको छ कि जसले त्यसलाई झुठो भन्छ र विमुख हुन्छ, त्यसको निम्ति यातना तयार छ ।
20:49जुज 16 · पृ. 314

قَالَ فَمَنْ رَبُّكُمَا يَا مُوسَىٰ49

४९) फिरऔनले सोध्यो कि, हे मूसा तिमी दुवैको पालनहार को हो ?
20:50जुज 16 · पृ. 314

قَالَ رَبُّنَا الَّذِي أَعْطَىٰ كُلَّ شَيْءٍ خَلْقَهُ ثُمَّ هَدَىٰ50

५०) उसले(मूसाले) जवाफ दिए कि हाम्रो पालनहार त्यो हो जसले हरेकलाई एउटा विशेष रूप, आकार, प्रदान गर्यो र मार्गदर्शन गरायो ।
20:51जुज 16 · पृ. 314

قَالَ فَمَا بَالُ الْقُرُونِ الْأُولَىٰ51

५१) उसले भन्यो कि, ठीक छ यो त बताऊ कि पहिलो पिढीहरूको अवस्था कस्तो हुनेवाला छ ।
20:52जुज 16 · पृ. 315

قَالَ عِلْمُهَا عِنْدَ رَبِّي فِي كِتَابٍ ۖ لَا يَضِلُّ رَبِّي وَلَا يَنْسَى52

५२) जवाफ दिए कि ‘‘त्यसको ज्ञान मेरो पालनहारको पासमा किताबमा सुरक्षित छ, मेरो पालनहारबाट न गलती हुन्छ र नत ऊ भूल गर्छ’’ ।
20:53जुज 16 · पृ. 315

الَّذِي جَعَلَ لَكُمُ الْأَرْضَ مَهْدًا وَسَلَكَ لَكُمْ فِيهَا سُبُلًا وَأَنْزَلَ مِنَ السَّمَاءِ مَاءً فَأَخْرَجْنَا بِهِ أَزْوَاجًا مِنْ نَبَاتٍ شَتَّىٰ53

५३) उसैले तिम्रो निम्ति धर्तीलाई ओछ्यान बनायो र त्यसमा तिम्रो निम्ति मार्गहरू निकालेको छ र आकाशबाट पानी पनि उसैले बर्साउँछ । फेरि हामीले त्यस पानीबाट विभिन्न प्रकारका बोट विरुवाहरू उमार्छौं ।
20:54जुज 16 · पृ. 315

كُلُوا وَارْعَوْا أَنْعَامَكُمْ ۗ إِنَّ فِي ذَٰلِكَ لَآيَاتٍ لِأُولِي النُّهَىٰ54

५४) तिमी स्वयम् खाऊ र आफ्ना जनावरहरूलाई पनि चराऊ । निःसन्देह यसमा बुद्धिमानहरूको लागि (धेरै) निशानीहरू छन् ।
20:55जुज 16 · पृ. 315

۞ مِنْهَا خَلَقْنَاكُمْ وَفِيهَا نُعِيدُكُمْ وَمِنْهَا نُخْرِجُكُمْ تَارَةً أُخْرَىٰ55

५५) यसै धरतीबाट हामीले तिम्रो सृष्टि गर्यौं र यसैमा तिमीलाई फेरि फर्काउने छौं र यसैबाट अर्कोपल्ट तिमीहरू सबैलाइ निकाल्ने छौं ।
20:56जुज 16 · पृ. 315

وَلَقَدْ أَرَيْنَاهُ آيَاتِنَا كُلَّهَا فَكَذَّبَ وَأَبَىٰ56

५६) हामीले फिरऔनलाई आफ्ना सबै निशानीहरू देखायौं तर तैपनि उसले झूठो भन्यो र इन्कार गर्यो ।
20:57जुज 16 · पृ. 315

قَالَ أَجِئْتَنَا لِتُخْرِجَنَا مِنْ أَرْضِنَا بِسِحْرِكَ يَا مُوسَىٰ57

५७) भन्न थाल्यो कि हे मूसा के तिमी हाम्रो पासमा यसकारण आएका हौ ताकि आफ्नो जादूको शक्तिले हामीलाई हाम्रो देशबाट निकालिदेऊ ।
20:58जुज 16 · पृ. 315

فَلَنَأْتِيَنَّكَ بِسِحْرٍ مِثْلِهِ فَاجْعَلْ بَيْنَنَا وَبَيْنَكَ مَوْعِدًا لَا نُخْلِفُهُ نَحْنُ وَلَا أَنْتَ مَكَانًا سُوًى58

५८) ठीक छ हामीले पनि तिम्रो दाँजोमा यस्तै जादू ल्याउने छौं तसर्थ हाम्रो र आफ्नो बीचमा एउटा समय निर्धारित गरिहाल, ताकि नत हामीले त्यसको विपरीत गरौं नत तिमी, र यो प्रतिस्पर्धा एउटा सफा फाँटमा (मैदान) हुनेछ ।
20:59जुज 16 · पृ. 315

قَالَ مَوْعِدُكُمْ يَوْمُ الزِّينَةِ وَأَنْ يُحْشَرَ النَّاسُ ضُحًى59

५९) मूसाले भने उत्सवको दिनको वचन छ र यो कि मानिसहरू सूर्योदयपछि एकत्रित भइहालुन् ।’’
20:60जुज 16 · पृ. 315

فَتَوَلَّىٰ فِرْعَوْنُ فَجَمَعَ كَيْدَهُ ثُمَّ أَتَىٰ60

६०) अनि फिरऔन फर्केर गयो र आफ्ना सर–सामान जम्मा पारी फेरि आयो ।
20:61जुज 16 · पृ. 315

قَالَ لَهُمْ مُوسَىٰ وَيْلَكُمْ لَا تَفْتَرُوا عَلَى اللَّهِ كَذِبًا فَيُسْحِتَكُمْ بِعَذَابٍ ۖ وَقَدْ خَابَ مَنِ افْتَرَىٰ61

६१) मूसाले ती (जादूगरहरू) सित भने कि अफशोच तिम्रो दुर्भाग्य छ, अल्लाहको बारेमा असत्य वा मनगढन्त कुरा नभन अन्यथा उसले तिमीलाई सजाय गरेर नष्ट पारिदिनेछ । यादराख जसले असत्य र मनगढन्ते कुरा गर्यो त्यो कहिले सफल हुनेछैन ।
20:62जुज 16 · पृ. 315

فَتَنَازَعُوا أَمْرَهُمْ بَيْنَهُمْ وَأَسَرُّوا النَّجْوَىٰ62

६२) तिनीहरू एक आपसमा सरसल्लाह गर्दै अलग–अलग रायमा विभाजित भएर बिस्तारै कानेखुसी गर्नथाले ।
20:63जुज 16 · पृ. 315

قَالُوا إِنْ هَٰذَانِ لَسَاحِرَانِ يُرِيدَانِ أَنْ يُخْرِجَاكُمْ مِنْ أَرْضِكُمْ بِسِحْرِهِمَا وَيَذْهَبَا بِطَرِيقَتِكُمُ الْمُثْلَىٰ63

६३) भन्न थाले ‘‘यी दुवै मात्र जादूगर हुन्, र चाहन्छन् कि आफ्नो जादूको बलले तिमीलाई तिम्रो राज्यबाट बाहिर निकालिदेउन्, र तिम्रो उत्तम धर्मलाई तहस नहस पारिदेउन् ।
20:64जुज 16 · पृ. 315

فَأَجْمِعُوا كَيْدَكُمْ ثُمَّ ائْتُوا صَفًّا ۚ وَقَدْ أَفْلَحَ الْيَوْمَ مَنِ اسْتَعْلَىٰ64

६४) अतः तिमी पनि आफनो कुनै उपाय बाँकी नराख अनि पंक्तिवद्ध भएर आऊ । आज जो प्रभावी भयो, उसैले सफलता
20:65जुज 16 · पृ. 316

قَالُوا يَا مُوسَىٰ إِمَّا أَنْ تُلْقِيَ وَإِمَّا أَنْ نَكُونَ أَوَّلَ مَنْ أَلْقَىٰ65

६५) तिनीहरूले भनेः ‘‘हे मूसा या त तिमीले पहिला चाल फ्याँक, वा हामीले पहिले फ्याँक्छौं ।’’
20:66जुज 16 · पृ. 316

قَالَ بَلْ أَلْقُوا ۖ فَإِذَا حِبَالُهُمْ وَعِصِيُّهُمْ يُخَيَّلُ إِلَيْهِ مِنْ سِحْرِهِمْ أَنَّهَا تَسْعَىٰ66

६६) मूसाले उत्तर दिए किः ‘‘होइन बरु तिमीले नै पहिला फ्याँक ।’’ अब त मूसालाई यो भान हुन थाल्यो कि उनका डोरी र लठ्ठीहरू उनको जादूको जोडले यताउता दगुरिराखेका छन् ।
20:67जुज 16 · पृ. 316

فَأَوْجَسَ فِي نَفْسِهِ خِيفَةً مُوسَىٰ67

६७) (त्यस वखत) मूसाले आफ्नो हृदयमा भय महसूस गरे ।
20:68जुज 16 · पृ. 316

قُلْنَا لَا تَخَفْ إِنَّكَ أَنْتَ الْأَعْلَىٰ68

६८) हामीले भन्यौं, केही भय नगर, निःसन्देह तिमी नै प्रभावी हुनेछौ ।
20:69जुज 16 · पृ. 316

وَأَلْقِ مَا فِي يَمِينِكَ تَلْقَفْ مَا صَنَعُوا ۖ إِنَّمَا صَنَعُوا كَيْدُ سَاحِرٍ ۖ وَلَا يُفْلِحُ السَّاحِرُ حَيْثُ أَتَىٰ69

६९) र जुन कुरो (लठ्ठी) तिम्रो दाहिने हातमा छ त्यसलाई फ्याँकिदेऊ, उनीहरूले जेजति बनाएका छन् त्यो सबैलाई निलीहाल्छ । जेजति तिनीहरूले बनाएका छन्, (यो त) जादूगरहरूको हत्कण्डा हो र जादूगरहरू जहाँबाट पनि आउनेछन् सफल हुनेछैनन् ।
20:70जुज 16 · पृ. 316

فَأُلْقِيَ السَّحَرَةُ سُجَّدًا قَالُوا آمَنَّا بِرَبِّ هَارُونَ وَمُوسَىٰ70

७०) अब त सबै जादूगरहरू नतमस्तक भई ढोगिहाले र ठूलो स्वरमा भने कि हामीले त हारून र मूसाको पालनकर्तामाथि ईमान ल्यायौं ।
20:71जुज 16 · पृ. 316

قَالَ آمَنْتُمْ لَهُ قَبْلَ أَنْ آذَنَ لَكُمْ ۖ إِنَّهُ لَكَبِيرُكُمُ الَّذِي عَلَّمَكُمُ السِّحْرَ ۖ فَلَأُقَطِّعَنَّ أَيْدِيَكُمْ وَأَرْجُلَكُمْ مِنْ خِلَافٍ وَلَأُصَلِّبَنَّكُمْ فِي جُذُوعِ النَّخْلِ وَلَتَعْلَمُنَّ أَيُّنَا أَشَدُّ عَذَابًا وَأَبْقَىٰ71

७१) फिरऔनले भन्न थाल्यो कि के मेरो अनुमति बिना नै तिमीहरूले उसमाथि ईमान ल्याइहाल्यौ ? निःसन्देह यही तिम्रो प्रमुख हो जसले तिमीलाई जादू सिकाएको छ, ठीक छ, अब म तिम्रा हात र खुट्टा उल्टा–सीधा कटाएर तिमीहरूलाई खजूरको रुखमा फाँसीमा झुण्ड्याइदिनेछु । र तिमीहरूलाई अवश्य थाहा भइहाल्ने छ कि हामीमध्ये कसको यातना धेरै कठोर र स्थायी छ ।’’
20:72जुज 16 · पृ. 316

قَالُوا لَنْ نُؤْثِرَكَ عَلَىٰ مَا جَاءَنَا مِنَ الْبَيِّنَاتِ وَالَّذِي فَطَرَنَا ۖ فَاقْضِ مَا أَنْتَ قَاضٍ ۖ إِنَّمَا تَقْضِي هَٰذِهِ الْحَيَاةَ الدُّنْيَا72

७२) उनीहरूले भने कि जुन प्रमाणहरू हाम्रो सामु आइपुगेका छन्, तिनीहरूको मद्देनजर जसले हामीलाई सृष्टि गरेको छ, त्यस अल्लाह विरुद्ध हामीले तिमीलाई कहिल्यै प्राथमिकता दिने छैनौं, तसर्थ अब तिमीले जे गर्न चाहन्छौ गरिहाल । र तिमी जुन आदेश दिन सक्छौ, त्यो मात्र यसै सांसारिक जिन्दगीमा दिन सक्छौ ।
20:73जुज 16 · पृ. 316

إِنَّا آمَنَّا بِرَبِّنَا لِيَغْفِرَ لَنَا خَطَايَانَا وَمَا أَكْرَهْتَنَا عَلَيْهِ مِنَ السِّحْرِ ۗ وَاللَّهُ خَيْرٌ وَأَبْقَىٰ73

७३) हामीले आफ्नो पालनकर्तामाथि यस आशामा ईमान ल्यायौं कि उसले हाम्रा पापहरूलाई माफ गरोस् र (त्यो पनि) जुन कि तिमीले हामीबाट जबरजस्ती जादू गरायौ । र अल्लाह नै उत्तम र सधैं रहीरहनेछ ।
20:74जुज 16 · पृ. 316

إِنَّهُ مَنْ يَأْتِ رَبَّهُ مُجْرِمًا فَإِنَّ لَهُ جَهَنَّمَ لَا يَمُوتُ فِيهَا وَلَا يَحْيَىٰ74

७४) कुरो यो छ कि जो कोही अल्लाहको सामु पापी भएर आउनेछ उसको निम्ति नर्क छ, जसमा न मर्नु नत बाँच्नु हुनेछ ।
20:75जुज 16 · पृ. 316

وَمَنْ يَأْتِهِ مُؤْمِنًا قَدْ عَمِلَ الصَّالِحَاتِ فَأُولَٰئِكَ لَهُمُ الدَّرَجَاتُ الْعُلَىٰ75

७५) र जो उसको सामु ईमानवाला भएर आउनेछ र उसले कर्म पनि असल गरेको छ त यस्ताको लागि उच्च दर्जाहरू छन् ।
20:76जुज 16 · पृ. 316

جَنَّاتُ عَدْنٍ تَجْرِي مِنْ تَحْتِهَا الْأَنْهَارُ خَالِدِينَ فِيهَا ۚ وَذَٰلِكَ جَزَاءُ مَنْ تَزَكَّىٰ76

७६) सधैं बासको निम्ति स्वर्गका बगैंचा जसका मुनि धरातलमा नहरहरू बगिराखेका छन्, सधैं तिनीहरू त्यहाँ बास गर्नेछन् । र यो नै त्यस्तो प्रत्येक व्यक्तिको पुरस्कार हो जो पवित्र भयो ।
20:77जुज 16 · पृ. 317

وَلَقَدْ أَوْحَيْنَا إِلَىٰ مُوسَىٰ أَنْ أَسْرِ بِعِبَادِي فَاضْرِبْ لَهُمْ طَرِيقًا فِي الْبَحْرِ يَبَسًا لَا تَخَافُ دَرَكًا وَلَا تَخْشَىٰ77

७७) हामीले मूसातिर वह्य (सन्देश) पठायौं कि हाम्रा भक्तहरूलाई रातैरात लगिहाल, अनि तिनीहरूको निम्ति समुद्रमा लठ्ठी हानी बाटो बनाइहाल, त्यसपछि तिमीलाई नकसैले आइसमात्ने भय हुनेछ र नत (डुब्ने) डर ।
20:78जुज 16 · पृ. 317

فَأَتْبَعَهُمْ فِرْعَوْنُ بِجُنُودِهِ فَغَشِيَهُمْ مِنَ الْيَمِّ مَا غَشِيَهُمْ78

७८) फिरऔनले आफ्नो लाव लश्करको साथ तिनीहरूलाई पछ्यायो तब समुद्रका तरङ्गहरू तिनीहरूलाई छोपिहाले (डुबाइहाले) ।
20:79जुज 16 · पृ. 317

وَأَضَلَّ فِرْعَوْنُ قَوْمَهُ وَمَا هَدَىٰ79

७९) र फिरऔनले आफ्नो समुदायलाई पथभ्रष्ट गर्यो र सही बाटो देखाएन ।
20:80जुज 16 · पृ. 317

يَا بَنِي إِسْرَائِيلَ قَدْ أَنْجَيْنَاكُمْ مِنْ عَدُوِّكُمْ وَوَاعَدْنَاكُمْ جَانِبَ الطُّورِ الْأَيْمَنَ وَنَزَّلْنَا عَلَيْكُمُ الْمَنَّ وَالسَّلْوَىٰ80

८०) हे बनी इस्राईल हेर, हामीले तिमीलाई तिम्रो शत्रुबाट छुटकारा दिलायौं र तिमीसित तूर पर्वतको दाहिनेतिरको वचन दियौं र तिमी माथि ‘‘मन्न र सलवा’’ उतार्यौं ।
20:81जुज 16 · पृ. 317

كُلُوا مِنْ طَيِّبَاتِ مَا رَزَقْنَاكُمْ وَلَا تَطْغَوْا فِيهِ فَيَحِلَّ عَلَيْكُمْ غَضَبِي ۖ وَمَنْ يَحْلِلْ عَلَيْهِ غَضَبِي فَقَدْ هَوَىٰ81

८१) तिमीले हामीबाट प्रदान गरिएको पवित्र कुराहरू खाऊ, र यसमा सीमा न नाघ, अन्यथा तिमीमाथि मेरो प्रकोप पर्नेछ, र जसमाथि मेरो प्रकोप पर्यो त्यो निःसन्देह बर्बाद भयो ।
20:82जुज 16 · पृ. 317

وَإِنِّي لَغَفَّارٌ لِمَنْ تَابَ وَآمَنَ وَعَمِلَ صَالِحًا ثُمَّ اهْتَدَىٰ82

८२) र त्यो जसले प्रायश्चित गर्यो र ईमान ल्यायो र असल कर्म गर्यो अनि असल मार्गमा हिड्दै गर्यो, त्यसको लागि निश्चय नै म अत्यन्त क्षमाशील छु ।
20:83जुज 16 · पृ. 317

۞ وَمَا أَعْجَلَكَ عَنْ قَوْمِكَ يَا مُوسَىٰ83

८३) हे मूसा तिमीलाई आफ्नो कौम छाडी शीघ्र आउनुमा कुन कुरोले उक्सायो ।
20:84जुज 16 · पृ. 317

قَالَ هُمْ أُولَاءِ عَلَىٰ أَثَرِي وَعَجِلْتُ إِلَيْكَ رَبِّ لِتَرْضَىٰ84

८४) भने कि उनीहरू पनि मेरो पछि पछि आइराखेका छन् र हे मेरो पालनकर्ता मैले तिमीतिर आउनुमा शीघ्रता यसकारणले गरें ताकि तिमी प्रसन्न भइहाल ।
20:85जुज 16 · पृ. 317

قَالَ فَإِنَّا قَدْ فَتَنَّا قَوْمَكَ مِنْ بَعْدِكَ وَأَضَلَّهُمُ السَّامِرِيُّ85

८५) आदेश भयोः ‘‘हामीले तिमीपछि तिम्रो कौमलाई परीक्षामा पार्यौं । र सामरीले तिनीहरूलाई पथभ्रष्ट गरिहाल्यो ।’’
20:86जुज 16 · पृ. 317

فَرَجَعَ مُوسَىٰ إِلَىٰ قَوْمِهِ غَضْبَانَ أَسِفًا ۚ قَالَ يَا قَوْمِ أَلَمْ يَعِدْكُمْ رَبُّكُمْ وَعْدًا حَسَنًا ۚ أَفَطَالَ عَلَيْكُمُ الْعَهْدُ أَمْ أَرَدْتُمْ أَنْ يَحِلَّ عَلَيْكُمْ غَضَبٌ مِنْ رَبِّكُمْ فَأَخْلَفْتُمْ مَوْعِدِي86

८६) अनि मूसा क्रोध र दुःखको अवस्थामा आफ्नो समुदायतिर फर्केर आए र भन्न थाले कि हे मेरो समुदायका मानिसहरू के तिम्रो पालनकर्ताले तिमीलाई राम्रो वचन दिएको थिएन ? के उसको तर्फबाट आउने मद्दत तिमीलाई लामो प्रतीत भयो वा तिमीले चाह्यौ कि तिमीमाथि तिम्रो पालनकर्ताको तर्फबाट प्रकोप परोस ? र (यसैकारणले) तिमीले मसित जुन वाचा गरेका थियौ त्यसको उल्लंघन गर्यौ ।
20:87जुज 16 · पृ. 317

قَالُوا مَا أَخْلَفْنَا مَوْعِدَكَ بِمَلْكِنَا وَلَٰكِنَّا حُمِّلْنَا أَوْزَارًا مِنْ زِينَةِ الْقَوْمِ فَقَذَفْنَاهَا فَكَذَٰلِكَ أَلْقَى السَّامِرِيُّ87

८७) तिनीहरूले जवाफ दिए कि ‘‘हामीले आफ्नो खुशीले तपाईंसित गरेको वाचाको उल्लंघन गरेका होइनौं, बरु समुदायका आभूषणहरूको जुन् बोझ उठाएका थियौं, हामीले त्यसलाई आगोमा फ्याँकिदियौं र यस्तै सामरीले पनि गर्यो ।’’
20:88जुज 16 · पृ. 318

فَأَخْرَجَ لَهُمْ عِجْلًا جَسَدًا لَهُ خُوَارٌ فَقَالُوا هَٰذَا إِلَٰهُكُمْ وَإِلَٰهُ مُوسَىٰ فَنَسِيَ88

८८) अनि त्यसले तिनीहरूको निम्ति एउटा बाछो निकालेर उभ्यायो अर्थात बाछोको आकृति जसको कि गाईको जस्तो आवाज पनि थियो अनि भन्न थाले कि यही तिम्रो पूजनीय हो ? र मूसाको पनि पूज्य तर मूसाले बिर्सिसकेको छ ।
20:89जुज 16 · पृ. 318

أَفَلَا يَرَوْنَ أَلَّا يَرْجِعُ إِلَيْهِمْ قَوْلًا وَلَا يَمْلِكُ لَهُمْ ضَرًّا وَلَا نَفْعًا89

८९) के यी पथविचलित मानिसहरूले यो पनि देख्दैनन् कि त्यसले नकुनै उत्तर दिन्छ र नत उसलाई तिनीहरूको हानि र लाभको कुनै अधिकार प्राप्त छ ।
20:90जुज 16 · पृ. 318

وَلَقَدْ قَالَ لَهُمْ هَارُونُ مِنْ قَبْلُ يَا قَوْمِ إِنَّمَا فُتِنْتُمْ بِهِ ۖ وَإِنَّ رَبَّكُمُ الرَّحْمَٰنُ فَاتَّبِعُونِي وَأَطِيعُوا أَمْرِي90

९०) र हारून (अलैहिस्सलाम) ले उनीहरूसित पहिले नै भनिदिएका थिए कि हे मेरो समुदायका मानिसहरू यस बाछोबाट त मात्र तिमीहरूको परीक्षा गरिएको हो, र तिम्रो वास्तविक पालनकर्ता त अल्लाह रहमान नै हो, तसर्थ तिमी सबैले मेरो अनुशरण गर र मेरो कुरा मान्दैगर ।
20:91जुज 16 · पृ. 318

قَالُوا لَنْ نَبْرَحَ عَلَيْهِ عَاكِفِينَ حَتَّىٰ يَرْجِعَ إِلَيْنَا مُوسَىٰ91

९१) तिनीहरूले जवाफ दिए कि जबसम्म मूसा हाम्रो पासमा आउँदैनन् हामी त त्यसैको पूजामा दृढ रहनेछौं ।
20:92जुज 16 · पृ. 318

قَالَ يَا هَارُونُ مَا مَنَعَكَ إِذْ رَأَيْتَهُمْ ضَلُّوا92

९२) अनि मूसाले भने कि हे हारून जब तिमीले देख्यौ कि यिनीहरू पथभ्रष्ट भइरहेका छन् त कुन कुराले तिमीलाई रोकेको थियो ।
20:93जुज 16 · पृ. 318

أَلَّا تَتَّبِعَنِ ۖ أَفَعَصَيْتَ أَمْرِي93

९३) कुन कुरालेगर्दा तिमीले मेरो अनुशरण गरेनौ, के तिमीले पनि मेरो आदेशको उल्लंघन गर्यौ ?
20:94जुज 16 · पृ. 318

قَالَ يَا ابْنَ أُمَّ لَا تَأْخُذْ بِلِحْيَتِي وَلَا بِرَأْسِي ۖ إِنِّي خَشِيتُ أَنْ تَقُولَ فَرَّقْتَ بَيْنَ بَنِي إِسْرَائِيلَ وَلَمْ تَرْقُبْ قَوْلِي94

९४) हारून अलैहिस्सलामले भनेः कि हे ‘‘मेरो आमाबाटै जन्मेको भाइ मेरो दाढी र कपाल नसमात्नुस्, म त यो कुराबाट डराएँ कि तपाईंले यो नभन्नुहोस् कि मैले बनी इस्राईलमा झगडा गराइदिएँ र तपाईंको कुरालाई ध्यान दिएन ।’’
20:95जुज 16 · पृ. 318

قَالَ فَمَا خَطْبُكَ يَا سَامِرِيُّ95

९५) (अनि सामरीसित) मूसाले भन्न थाले कि ‘‘सामरी’’ तिम्रो हाल के छ ?
20:96जुज 16 · पृ. 318

قَالَ بَصُرْتُ بِمَا لَمْ يَبْصُرُوا بِهِ فَقَبَضْتُ قَبْضَةً مِنْ أَثَرِ الرَّسُولِ فَنَبَذْتُهَا وَكَذَٰلِكَ سَوَّلَتْ لِي نَفْسِي96

९६) उसले भन्यो कि मैले यस्तो कुरा देखें जुन कि अरुले देखेनन्, अनि मैले फरिश्ताको पदचिन्हबाट एक मुठ्ठी माटो लिइहालें, र त्यसमा (बाछोमा) हालिदिए र मलाई मेरो मनले यस कामलाई राम्रो भन्यो ।
20:97जुज 16 · पृ. 318

قَالَ فَاذْهَبْ فَإِنَّ لَكَ فِي الْحَيَاةِ أَنْ تَقُولَ لَا مِسَاسَ ۖ وَإِنَّ لَكَ مَوْعِدًا لَنْ تُخْلَفَهُ ۖ وَانْظُرْ إِلَىٰ إِلَٰهِكَ الَّذِي ظَلْتَ عَلَيْهِ عَاكِفًا ۖ لَنُحَرِّقَنَّهُ ثُمَّ لَنَنْسِفَنَّهُ فِي الْيَمِّ نَسْفًا97

९७) (मूसाले) भने, जाऊ तिमीलाई संसारको जिन्दगीमा यो सजाय छ कि तिमी भन्दैगर कि, ‘‘मलाई नछोऊ ।’’ र तिम्रो निम्ति अर्को वचन पनि छ जुन तिमीबाट टार्न सकिनेछैन र जुन मअ्बूद (को पूजा) मा तिमी (कायम) थियौ, त्यसलाई पनि अब हेर, हामीले त्यसलाई जलाएर त्यस (को खरानी) उडाएर समुद्रमा छरिदिनेछौं ।
20:98जुज 16 · पृ. 318

إِنَّمَا إِلَٰهُكُمُ اللَّهُ الَّذِي لَا إِلَٰهَ إِلَّا هُوَ ۚ وَسِعَ كُلَّ شَيْءٍ عِلْمًا98

९८) वास्तविक कुरा यो छ कि तिम्रो सत्य मअ्बूद अल्लाह नै हो, जस बाहेक अरु कोही सत्य पूजनीय छैन, उसको ज्ञान सबै कुरामाथि हावी छ ।
20:99जुज 16 · पृ. 319

كَذَٰلِكَ نَقُصُّ عَلَيْكَ مِنْ أَنْبَاءِ مَا قَدْ سَبَقَ ۚ وَقَدْ آتَيْنَاكَ مِنْ لَدُنَّا ذِكْرًا99

९९) यस प्रकार हामीले तिमीलाई विगतका वृतान्त सुनाउँदैछौं, र हामीले निश्चिय नै तिमीलाई आफ्नो तर्फबाट एक मार्गदर्शन प्रदान गरिसकेका छौं ।
20:100जुज 16 · पृ. 319

مَنْ أَعْرَضَ عَنْهُ فَإِنَّهُ يَحْمِلُ يَوْمَ الْقِيَامَةِ وِزْرًا100

१००) जुन मानिस यसबाट विमुख हुन्छ, त्यसले कियामतको दिन आफ्नो गरुङ्गो बोझ उठाइरहेनेछ ।
20:101जुज 16 · पृ. 319

خَالِدِينَ فِيهِ ۖ وَسَاءَ لَهُمْ يَوْمَ الْقِيَامَةِ حِمْلًا101

१०१) सधैं सोहीमा रहनेछन् । र यो बोझ कियामतको दिन तिनीहरूको निम्ति नराम्रो हुनेछ ।
20:102जुज 16 · पृ. 319

يَوْمَ يُنْفَخُ فِي الصُّورِ ۚ وَنَحْشُرُ الْمُجْرِمِينَ يَوْمَئِذٍ زُرْقًا102

१०२) जुन दिन सूर (सिंगा) फूँकिनेछ र हामीले पापीहरूलाई एकत्रित गर्नेछौं र (डरले) तिनीहरूका आँखा निला र पहेलो हुनेछन् ।
20:103जुज 16 · पृ. 319

يَتَخَافَتُونَ بَيْنَهُمْ إِنْ لَبِثْتُمْ إِلَّا عَشْرًا103

१०३) तिनीहरू आपसमा एक अर्कासित बिस्तारै भन्नेछन् कि हामी त (संसारमा) मात्र दश दिन बसेका थियौं ।
20:104जुज 16 · पृ. 319

نَحْنُ أَعْلَمُ بِمَا يَقُولُونَ إِذْ يَقُولُ أَمْثَلُهُمْ طَرِيقَةً إِنْ لَبِثْتُمْ إِلَّا يَوْمًا104

१०४) जुन कुरा यिनीहरूले गर्नेछन्, त्यसको वास्तविकतासँग हामी राम्ररी परिचित छौं । त्यसबेला तिनीहरूमध्ये सबभन्दा राम्रो मार्गमा हिँड्नेवालाले भन्नेछ कि होइन, बरु एकदिन मात्र बसेका थियौं ।
20:105जुज 16 · पृ. 319

وَيَسْأَلُونَكَ عَنِ الْجِبَالِ فَقُلْ يَنْسِفُهَا رَبِّي نَسْفًا105

१०५) तिनीहरू तपाईसित पहाडहरूको बारेमा सोध्छन्, भनीदिनुस् कि अल्लाहले तिनीहरूलाई साना–साना कणहरू पारी छरिदिनेछ ।
20:106जुज 16 · पृ. 319

فَيَذَرُهَا قَاعًا صَفْصَفًا106

१०६) र धरतीलाई एउटा समतल मैदान बनाई छाडिदिनेछ ।
20:107जुज 16 · पृ. 319

لَا تَرَىٰ فِيهَا عِوَجًا وَلَا أَمْتًا107

१०७) जसमा तिमीले न कहिँ मोड (बाङो टिङ्गो) देख्नेछौ नत ओरालो उकालो ।
20:108जुज 16 · पृ. 319

يَوْمَئِذٍ يَتَّبِعُونَ الدَّاعِيَ لَا عِوَجَ لَهُ ۖ وَخَشَعَتِ الْأَصْوَاتُ لِلرَّحْمَٰنِ فَلَا تَسْمَعُ إِلَّا هَمْسًا108

१०८) जुन दिन मानिसहरू एउटा पुकार गर्नेवालाको पछि हिड्नेछन् र उसको अनुशरणबाट कोही कति पनि पन्छिन सक्नेछैन र अल्लाहको अगाडि सबै आवाजहरू दबिरहनेछन्, एउटा कानेखुसी बाहेक केही सुन्ने छैनौ ।
20:109जुज 16 · पृ. 319

يَوْمَئِذٍ لَا تَنْفَعُ الشَّفَاعَةُ إِلَّا مَنْ أَذِنَ لَهُ الرَّحْمَٰنُ وَرَضِيَ لَهُ قَوْلًا109

१०९) त्यसदिन सिफारिश केही फाइदा पुर्याउने छैन, तर त्यस व्यक्ति बाहेक जसलाई अल्लाहले इजाजत (अनुमति) प्रदान गर्दछ र उसको कुरा मनपराउनेछ ।
20:110जुज 16 · पृ. 319

يَعْلَمُ مَا بَيْنَ أَيْدِيهِمْ وَمَا خَلْفَهُمْ وَلَا يُحِيطُونَ بِهِ عِلْمًا110

११०) जे जति उनीहरूको अगाडि पछाडि छ, अल्लाह त्यो सबै जान्दछ कुनै प्रणीको ज्ञान उसमाथि हावी हुनसक्दैन ।
20:111जुज 16 · पृ. 319

۞ وَعَنَتِ الْوُجُوهُ لِلْحَيِّ الْقَيُّومِ ۖ وَقَدْ خَابَ مَنْ حَمَلَ ظُلْمًا111

१११) सबै अनुहारहरू त्यस अविनाशी सधैं कायम रहने वर्चस्वता सम्पन्न अल्लाहको अगाडि ब्याकुल भएर निहुरिएको हुनेछन् । निःसन्देह असफल त्यो भयो जसले अत्याचारको बोझ उठायो ।
20:112जुज 16 · पृ. 319

وَمَنْ يَعْمَلْ مِنَ الصَّالِحَاتِ وَهُوَ مُؤْمِنٌ فَلَا يَخَافُ ظُلْمًا وَلَا هَضْمًا112

११२) र जसले असल काम गर्नेछ र मोमिन पनि हुनेछ, त त्यसलाई न अन्यायको डर हुनेछ र न नोक्सानीको ।
20:113जुज 16 · पृ. 319

وَكَذَٰلِكَ أَنْزَلْنَاهُ قُرْآنًا عَرَبِيًّا وَصَرَّفْنَا فِيهِ مِنَ الْوَعِيدِ لَعَلَّهُمْ يَتَّقُونَ أَوْ يُحْدِثُ لَهُمْ ذِكْرًا113

११३) यसप्रकार हामीले तिमीलाई अरबी कुरआनको रूपमा अवतरित गरेका छौं र हामीले यसमा विभिन्न प्रकारले चेतावनीहरू दिएका छौं ताकि मानिसहरू आत्मसंयमी बनुन् वा अल्लाहले उनीहरूको लागि सोच्ने सम्झने क्षमता उत्पन्न गरोस् ।

فَتَعَالَى اللَّهُ الْمَلِكُ الْحَقُّ ۗ وَلَا تَعْجَلْ بِالْقُرْآنِ مِنْ قَبْلِ أَنْ يُقْضَىٰ إِلَيْكَ وَحْيُهُ ۖ وَقُلْ رَبِّ زِدْنِي عِلْمًا114

११४) अतः अल्लाह गोरवपूर्ण र सच्चा सम्राट हो । कुरआनको ‘‘वह्य’’ जुन तिमीतिर पठाइन्छ, त्यो पूरा हुनुभन्दा अगाडि कुरआनलाई पढ्नुको निम्ति हतार गर्ने नगर र भनः ‘‘मेरो पालनकर्ता, मलाई ज्ञानमा अभिवृद्धि प्रदान गरोस्’’ ।
20:115जुज 16 · पृ. 320

وَلَقَدْ عَهِدْنَا إِلَىٰ آدَمَ مِنْ قَبْلُ فَنَسِيَ وَلَمْ نَجِدْ لَهُ عَزْمًا115

११५) हामीले यसभन्दा पहिला आदमलाई एउटा निश्चित आदेश दिएका थियौं तर उसले बिर्सिहाल्यो र हामीले त्यसमा कुनै संतोष र दृढता देखेनौं ।
20:116जुज 16 · पृ. 320

وَإِذْ قُلْنَا لِلْمَلَائِكَةِ اسْجُدُوا لِآدَمَ فَسَجَدُوا إِلَّا إِبْلِيسَ أَبَىٰ116

११६) र जब हामीले फरिश्ताहरूलाई भन्यौं कि आदमलाई ढोग, तब इब्लीस बाहेक सबैले सज्दा गरे तर इब्लीसले सो गर्नुबाट पूरै इन्कार गर्यो ।
20:117जुज 16 · पृ. 320

فَقُلْنَا يَا آدَمُ إِنَّ هَٰذَا عَدُوٌّ لَكَ وَلِزَوْجِكَ فَلَا يُخْرِجَنَّكُمَا مِنَ الْجَنَّةِ فَتَشْقَىٰ117

११७) अनि हामीले भन्यौं कि हे आदम निश्चय नै यो तिमी र तिम्रो पत्नीको शत्रु हो । ध्यान गर यस्तो नहोस् कि यसले तिमी दुवैलाई जन्नतबाट निष्कासित गराइदेओस् र तिमी कष्टमा परिहाल ।
20:118जुज 16 · पृ. 320

إِنَّ لَكَ أَلَّا تَجُوعَ فِيهَا وَلَا تَعْرَىٰ118

११८) यहाँ तिमीलाई यो आराम छ कि न तिमी भोको रहेनेछौ न नाङ्गो रहनेछौ ।
20:119जुज 16 · पृ. 320

وَأَنَّكَ لَا تَظْمَأُ فِيهَا وَلَا تَضْحَىٰ119

११९) र यो पनि कि न तिमी यहाँ तिर्खाएको रहनेछौ नत गरमीको कष्ट भोग्नेछौ ।
20:120जुज 16 · पृ. 320

فَوَسْوَسَ إِلَيْهِ الشَّيْطَانُ قَالَ يَا آدَمُ هَلْ أَدُلُّكَ عَلَىٰ شَجَرَةِ الْخُلْدِ وَمُلْكٍ لَا يَبْلَىٰ120

१२०) त्यसपछि शैतानले उनलाई उक्सायो, भन्नथाल्योः (हे आदम)के मैले तिमीलाई शाश्वत जीवनको वृक्षको बारेमा भनूँ र यस्तो राज्यको सम्बन्धमा जो कहिल्यै पूरानो हुँदैन ?’’
20:121जुज 16 · पृ. 320

فَأَكَلَا مِنْهَا فَبَدَتْ لَهُمَا سَوْآتُهُمَا وَطَفِقَا يَخْصِفَانِ عَلَيْهِمَا مِنْ وَرَقِ الْجَنَّةِ ۚ وَعَصَىٰ آدَمُ رَبَّهُ فَغَوَىٰ121

१२१) अन्ततः ती दुवैले त्यस वृक्षबाट केही खाइहाले, जसको परिणामस्वरूप तिनीहरूका लुकाउने कुरा (गोप्य अंगहरू) तिनीहरूको अगाडि खुल्ला भइहाले र ती दुवैले आफना अंग जन्नतका (स्वर्गका) पातहरूले छोप्न थाले र आदमले आफ्नो पालनकर्ताको (आदेशको) उल्लघंन गरे अनि मार्गविचलित भइहाले ।
20:122जुज 16 · पृ. 320

ثُمَّ اجْتَبَاهُ رَبُّهُ فَتَابَ عَلَيْهِ وَهَدَىٰ122

१२२) अनि उनको पालनकर्ताले उनलाई रोज्यो, र उनको प्रायश्चित स्वीकार गर्यो र उनको मार्गदर्शन, गर्यो ।
20:123जुज 16 · पृ. 320

قَالَ اهْبِطَا مِنْهَا جَمِيعًا ۖ بَعْضُكُمْ لِبَعْضٍ عَدُوٌّ ۖ فَإِمَّا يَأْتِيَنَّكُمْ مِنِّي هُدًى فَمَنِ اتَّبَعَ هُدَايَ فَلَا يَضِلُّ وَلَا يَشْقَىٰ123

१२३) आदेश भयो तिमी दुवै यहाँबाट तल झर । तिमी आपसमा एक अर्काको शत्रु हौ । अब जहिले पनि मेरो तर्फबाट मार्गदर्शन जानेछ तब जसले मेरो मार्गदर्शनको अनुपालन गर्दछ, ऊ नत पथभ्रष्ट हुनेछ र न कष्टमा पर्नेछ ।
20:124जुज 16 · पृ. 320

وَمَنْ أَعْرَضَ عَنْ ذِكْرِي فَإِنَّ لَهُ مَعِيشَةً ضَنْكًا وَنَحْشُرُهُ يَوْمَ الْقِيَامَةِ أَعْمَىٰ124

१२४) र जसले मेरो स्मृतिबाट विमुख हुनेछ त्यसको जीवन कष्टमय हुनेछ र कियामतको दिन त्यसलाई हामीले अन्धा बनाएर उठाउने छौं ।
20:125जुज 16 · पृ. 320

قَالَ رَبِّ لِمَ حَشَرْتَنِي أَعْمَىٰ وَقَدْ كُنْتُ بَصِيرًا125

१२५) उसले भन्नेछ किः मेरो पालनकर्ता तिमीले मलाई अन्धो पारेर किन उठायौ, जबकि म त आँखा देख्नेवाला थिएँ ?
20:126जुज 16 · पृ. 321

قَالَ كَذَٰلِكَ أَتَتْكَ آيَاتُنَا فَنَسِيتَهَا ۖ وَكَذَٰلِكَ الْيَوْمَ تُنْسَىٰ126

१२६) (अल्लाहबाट जवाफ आउनेछ) यस्तै हुनुपथ्र्यो तिम्रो नजिकमा जब हाम्रा आयतहरू आए तब तिमीले बिर्सिदियौ, यस्तै किसिमले आज हामीले तिमीलाई बिर्सिदिने गर्छौ ।
20:127जुज 16 · पृ. 321

وَكَذَٰلِكَ نَجْزِي مَنْ أَسْرَفَ وَلَمْ يُؤْمِنْ بِآيَاتِ رَبِّهِ ۚ وَلَعَذَابُ الْآخِرَةِ أَشَدُّ وَأَبْقَىٰ127

१२७) यस्तै किसिमले हामीले त्यसलाई प्रतिफल दिन्छौं जसले मर्यादाको उल्लंघन गर्दछ र आफ्नो पालनकर्ताको आयतहरूमाथि ईमान ल्याउँदैन । र निःसंदेह आखिरतको यातना त अत्यन्त कठोर र निकै स्थायी हुनेछ ।
20:128जुज 16 · पृ. 321

أَفَلَمْ يَهْدِ لَهُمْ كَمْ أَهْلَكْنَا قَبْلَهُمْ مِنَ الْقُرُونِ يَمْشُونَ فِي مَسَاكِنِهِمْ ۗ إِنَّ فِي ذَٰلِكَ لَآيَاتٍ لِأُولِي النُّهَىٰ128

१२८) अनि के उनीहरूलाई यस कुराबाट पनि मार्ग प्राप्त भएन कि हामी उनीहरूभन्दा पहिला कैयन् पुस्ताहरूलाई नष्ट गरिसकेका छौं, जसका बस्तीहरूमा यिनीहरूले हिंड्डुल गरिराखेका छन् ? निश्चय नै बुद्धिमानहरूको निम्ति यसमा धेरै निशानीहरू छन् ।
20:129जुज 16 · पृ. 321

وَلَوْلَا كَلِمَةٌ سَبَقَتْ مِنْ رَبِّكَ لَكَانَ لِزَامًا وَأَجَلٌ مُسَمًّى129

१२९) यदि तिम्रो पालनकर्ताबाट पहिले नै एउटा कुरा निश्चित नभइसकेको भए र एउटा अवधि निश्चित नगरिसकिइएको भए, अवश्य नै तिमीहरूलाई यातनाले तुरुन्तै समातिहाल्ने थियो ।
20:130जुज 16 · पृ. 321

فَاصْبِرْ عَلَىٰ مَا يَقُولُونَ وَسَبِّحْ بِحَمْدِ رَبِّكَ قَبْلَ طُلُوعِ الشَّمْسِ وَقَبْلَ غُرُوبِهَا ۖ وَمِنْ آنَاءِ اللَّيْلِ فَسَبِّحْ وَأَطْرَافَ النَّهَارِ لَعَلَّكَ تَرْضَىٰ130

१३०) अतः जे जति तिनीहरूले भन्छन त्यसमाथि धैर्य गर, र आफ्नो पालनकर्ताको गुणगान गर्दैगर, सूर्योदयभन्दा अगाडि, र त्यो अस्ताउनुभन्दा अगाडि र रातीको समयमा पनि तसबीह (गुणगान) गर, र दिनका अनेक भागहरूमा पनि सम्भव छ तिमी सहमत हुनसक ।
20:131जुज 16 · पृ. 321

وَلَا تَمُدَّنَّ عَيْنَيْكَ إِلَىٰ مَا مَتَّعْنَا بِهِ أَزْوَاجًا مِنْهُمْ زَهْرَةَ الْحَيَاةِ الدُّنْيَا لِنَفْتِنَهُمْ فِيهِ ۚ وَرِزْقُ رَبِّكَ خَيْرٌ وَأَبْقَىٰ131

१३१) र ती कुराहरूतिर आफ्नो आँखा उठाएर पटक्कै नहेर, जुन हामीले तिनीहरूमध्ये विभिन्न मानिसहरूलाई संसारमा उपभोगको निम्ति दिएका छौं, ताकि हामीले त्यसबाट उनीहरूको परीक्षा लिन सकौं । त्यो त मात्र सांसारिक जीवनको शोभा हो । तर तिम्रो पालनकर्ताबाट तिमीलाई प्रदान गरिएको जीविका मात्र उत्तम र स्थायी छ ।
20:132जुज 16 · पृ. 321

وَأْمُرْ أَهْلَكَ بِالصَّلَاةِ وَاصْطَبِرْ عَلَيْهَا ۖ لَا نَسْأَلُكَ رِزْقًا ۖ نَحْنُ نَرْزُقُكَ ۗ وَالْعَاقِبَةُ لِلتَّقْوَىٰ132

१३२) आफ्नो घरका मानिसहरूलाई नमाजको आदेश गर र स्वयम् पनि त्यसमा लागिराख । हामीले तिमीसँग जीविका माँग्दैनौं बरु हामीले स्वयम् तिमीलाई जीविका दिन्छौं, र राम्रो परिणाम त धर्म परायणताकै लागि निश्चित छ ।
20:133जुज 16 · पृ. 321

وَقَالُوا لَوْلَا يَأْتِينَا بِآيَةٍ مِنْ رَبِّهِ ۚ أَوَلَمْ تَأْتِهِمْ بَيِّنَةُ مَا فِي الصُّحُفِ الْأُولَىٰ133

१३३) तिनीहरूले भने किः यस नबीले आफ्नो पालनकर्ताको तर्फबाट हामीतर्फ कुनै निशानी किन ल्याएको छैन ? के तिनीहरूसम्म त्यसको स्पष्ट प्रमाण आइपुगेन, जुन पहिलेको पुस्तकहरूमा उल्लेखित छन् ?’’
20:134जुज 16 · पृ. 321

وَلَوْ أَنَّا أَهْلَكْنَاهُمْ بِعَذَابٍ مِنْ قَبْلِهِ لَقَالُوا رَبَّنَا لَوْلَا أَرْسَلْتَ إِلَيْنَا رَسُولًا فَنَتَّبِعَ آيَاتِكَ مِنْ قَبْلِ أَنْ نَذِلَّ وَنَخْزَىٰ134

१३४) र यदि हामीले त्यसभन्दा पहिला नै यिनीहरूलाई कुनै यातनाबाट नष्ट गरिदिएको भए, निःसन्देह यिनीहरूले भन्थे कि ‘‘हे हाम्रो पालनकर्ता, तिमीले हाम्रो पासमा कुनै रसूल किन पठाएनौ ? ताकि हामी अपमानित र निराश हुनुभन्दा अगाडि तिम्रा आयतहरूको अनुपालन गर्ने थियौं ?’’
20:135जुज 16 · पृ. 321

قُلْ كُلٌّ مُتَرَبِّصٌ فَتَرَبَّصُوا ۖ فَسَتَعْلَمُونَ مَنْ أَصْحَابُ الصِّرَاطِ السَّوِيِّ وَمَنِ اهْتَدَىٰ135

१३५) भनिदिनुस्ः प्रत्येक परिणामको प्रतीक्षामा छ । अतः अब तिमी पनि प्रतीक्षा गर शीघ्र नै तिमीले थाहा पाइहाल्ने छौ कि को सीधा मार्गवाला छन् र कसलाई मार्गदर्शन प्राप्त छ ।’’

सूरहको सुरुबाट चलाउनुहोस्