وَالصَّافَّاتِ صَفًّا1
१) कसम छ पंक्ति बाँध्नेवालाहरूको ।
فَالزَّاجِرَاتِ زَجْرًا2
२) फेरि बलियोरूपले हप्काउनेवालाहरूको ।
فَالتَّالِيَاتِ ذِكْرًا3
३) अनि कुरआन पढ्नेवालाहरूको ।
إِنَّ إِلَٰهَكُمْ لَوَاحِدٌ4
४) निःसन्देह तिमीहरू सबैको पूज्य एउटै छ ।
رَبُّ السَّمَاوَاتِ وَالْأَرْضِ وَمَا بَيْنَهُمَا وَرَبُّ الْمَشَارِقِ5
५) आकाशहरू र धरती र जे–जति कुराहरू यिनमा छन्, सबैको र सम्पुर्ण पूर्वी दिशाहरूको मालिक पनि उही हो ।
إِنَّا زَيَّنَّا السَّمَاءَ الدُّنْيَا بِزِينَةٍ الْكَوَاكِبِ6
६) हामीले संसारीय आकाशलाई ताराहरूबाट सुसज्जित गर्यौं ।
وَحِفْظًا مِنْ كُلِّ شَيْطَانٍ مَارِدٍ7
७) अट्टेरी शैतानबाट सुरक्षित राख्नको निम्ति ।
لَا يَسَّمَّعُونَ إِلَى الْمَلَإِ الْأَعْلَىٰ وَيُقْذَفُونَ مِنْ كُلِّ جَانِبٍ8
८) माथिका फरिश्ताहरूको कुरा सुन्नको लागि तिनीहरूले कान लगाउन सक्तैनन् । अपितु सबैतिरबाट तिनीहरू मारिन्छन् ।
دُحُورًا ۖ وَلَهُمْ عَذَابٌ وَاصِبٌ9
९) र (त्यहाँबाट) धपाइनुलाई । उनीहरूको निम्ति स्थाई यातना छ ।
إِلَّا مَنْ خَطِفَ الْخَطْفَةَ فَأَتْبَعَهُ شِهَابٌ ثَاقِبٌ10
१०) हो, कसैले (स्वर्गदूतको कुरालाई) यदि केही सुनिहाल्छ भने तुरुन्तै प्रज्वलित आगोको डल्लोले उसलाई पछ्याउँछ ।
فَاسْتَفْتِهِمْ أَهُمْ أَشَدُّ خَلْقًا أَمْ مَنْ خَلَقْنَا ۚ إِنَّا خَلَقْنَاهُمْ مِنْ طِينٍ لَازِبٍ11
११) यी काफिरहरूसँग सोध कि के उनीहरूको सृष्टि गर्ने काम अधिक कठिन छ, वा ती अन्य कुराहरूको, जसलाई हामीले सृष्टि गरेका छौं । हामीले उनीहरूको सृष्टि (मानिसको) लेसिलो माटोले गर्यौं ।
بَلْ عَجِبْتَ وَيَسْخَرُونَ12
१२) बरु तिमी त आश्चर्यमा छौ र उनीहरू उपहास गरिराखेका छन् ।
وَإِذَا ذُكِّرُوا لَا يَذْكُرُونَ13
१३) र जब उनीहरूलाई उपदेश गरिन्छ त उनीहरूले मान्दैनन् ।
وَإِذَا رَأَوْا آيَةً يَسْتَسْخِرُونَ14
१४) र जब कुनै निशानी (चमत्कार) देख्दछन् त खिल्ली उडाउँछन् ।
وَقَالُوا إِنْ هَٰذَا إِلَّا سِحْرٌ مُبِينٌ15
१५) र भन्दछन् :‘‘यो त मात्र एउटा प्रत्यक्ष जादू हो ।’’
أَإِذَا مِتْنَا وَكُنَّا تُرَابًا وَعِظَامًا أَإِنَّا لَمَبْعُوثُونَ16
१६) के जब हामीहरू मरिसकेका हुनेछौं र माटो र हड्डीको रूपमा परिणत हुनेछौं त के फेरि साँच्चै हामी उठाइनेछौं ?
أَوَآبَاؤُنَا الْأَوَّلُونَ17
१७) ‘‘के हामीभन्दा पहिलाका हाम्रा बाबु बाजे पनि ?’’
قُلْ نَعَمْ وَأَنْتُمْ دَاخِرُونَ18
१८) तपार्इं भनिदिनुस् कि ‘‘हो ! र तिमी अपमानित पनि हुनेछौ ।’’
فَإِنَّمَا هِيَ زَجْرَةٌ وَاحِدَةٌ فَإِذَا هُمْ يَنْظُرُونَ19
१९) त्यो त एउटा ठूलो आवाज हुनेछ । कि यिनीहरू त्यसबेला एक्कासी देख्न थाल्नेछन् ।
وَقَالُوا يَا وَيْلَنَا هَٰذَا يَوْمُ الدِّينِ20
२०) र भन्नेछन्ः ‘‘अफसोच छ हामीलाई । यही नै प्रतिफलको दिन हो ।’’
هَٰذَا يَوْمُ الْفَصْلِ الَّذِي كُنْتُمْ بِهِ تُكَذِّبُونَ21
२१) यो नै निर्णयको दिन हो, जसलाई तिमीले झूठा ठान्दथ्यौ ।
۞ احْشُرُوا الَّذِينَ ظَلَمُوا وَأَزْوَاجَهُمْ وَمَا كَانُوا يَعْبُدُونَ22
२२) अत्याचार गर्नेहरूलाई र उनका साथीहरूलाई र अल्लाह बाहेक जसका उनीहरूले पूजा गर्दथे ।
مِنْ دُونِ اللَّهِ فَاهْدُوهُمْ إِلَىٰ صِرَاطِ الْجَحِيمِ23
२३) उनीहरू सबैलाई जम्मा गरेर नर्कको बाटो देखाइदेऊ ।
وَقِفُوهُمْ ۖ إِنَّهُمْ مَسْئُولُونَ24
२४) र उनीहरूलाई रोकिराख, किनभने उनीहरूसित केही जरूरी प्रश्नहरू सोध्नुछ ।
مَا لَكُمْ لَا تَنَاصَرُونَ25
२५) ‘‘तिमीहरूलाई के भएको छ कि यस बेला एक अर्काको सहायता गर्दैनौ ?’’
بَلْ هُمُ الْيَوْمَ مُسْتَسْلِمُونَ26
२६) बरु आज त उनीहरू सबै आज्ञाकारी बनेका छन् ।
وَأَقْبَلَ بَعْضُهُمْ عَلَىٰ بَعْضٍ يَتَسَاءَلُونَ27
२७) तिनीहरू एक–अर्कातिर फर्केर सवाल र जवाफ गर्नेछन् ।
قَالُوا إِنَّكُمْ كُنْتُمْ تَأْتُونَنَا عَنِ الْيَمِينِ28
२८) भन्नेछन्ः ‘‘तिमी त हाम्रो पासमा हाम्रो दायाँ तिरबाट आउँदथ्यौ ।’’
قَالُوا بَلْ لَمْ تَكُونُوا مُؤْمِنِينَ29
२९) उनीहरूले भन्नेछन्ः होइन ‘‘बरु, तिमी नै ईमानवाला थिएनौ ।
وَمَا كَانَ لَنَا عَلَيْكُمْ مِنْ سُلْطَانٍ ۖ بَلْ كُنْتُمْ قَوْمًا طَاغِينَ30
३०) र हाम्रो तिमीमाथि कुनै अधिकार त थिएन, बरु तिमीहरू अट्टेरी थियौ ।
فَحَقَّ عَلَيْنَا قَوْلُ رَبِّنَا ۖ إِنَّا لَذَائِقُونَ31
३१) अब त हाम्रो सम्बन्धमा हाम्रो पालनकर्ताको यो कुरा पूरा भइहाल्यो कि अब हामी सजायको स्वाद चाख्नेछौं ।
فَأَغْوَيْنَاكُمْ إِنَّا كُنَّا غَاوِينَ32
३२) अतः हामीले तिमीलाई पनि पथभ्रष्ट गर्यौं । हामी त स्वयं पनि मार्गविचलित नै थियौं ।’’
فَإِنَّهُمْ يَوْمَئِذٍ فِي الْعَذَابِ مُشْتَرِكُونَ33
३३) अतः उनी सबै त्यसदिन सजायमा एक अर्काको सहभागी हुनेछन् ।
إِنَّا كَذَٰلِكَ نَفْعَلُ بِالْمُجْرِمِينَ34
३४) हामीले अपराधीहरूसित यस्तै गर्ने गर्दछौं ।
إِنَّهُمْ كَانُوا إِذَا قِيلَ لَهُمْ لَا إِلَٰهَ إِلَّا اللَّهُ يَسْتَكْبِرُونَ35
३५) उनीहरूको यो अवस्था थियो कि जब उनीहरूसित भनिन्थ्योः ‘‘कि अल्लाह बाहेक कोही सत्य उपास्य छैन’’ तब तिनीहरू अवज्ञा गर्दथे ।
وَيَقُولُونَ أَئِنَّا لَتَارِكُو آلِهَتِنَا لِشَاعِرٍ مَجْنُونٍ36
३६) र भन्दथेः ‘‘के हामीले एउटा उन्मादी कविले भन्दैमा आफ्ना उपास्यहरूलाई छाडिदेऔं ?’’
بَلْ جَاءَ بِالْحَقِّ وَصَدَّقَ الْمُرْسَلِينَ37
३७) ‘‘होइन, बरु नबीले सत्य (धर्म) लिएर आएका छन् र (अघिका) रसूलहरूलाई सच्चा भन्दछन् ।
إِنَّكُمْ لَذَائِقُو الْعَذَابِ الْأَلِيمِ38
३८) निश्चय नै तिमी दुःखद यातनाको स्वाद चाख्नेछौ ।
وَمَا تُجْزَوْنَ إِلَّا مَا كُنْتُمْ تَعْمَلُونَ39
३९) तिमीलाई त्यसैको प्रतिफल दिइनेछ जुन तिमीले गर्ने गर्दथ्यौ ।’’
إِلَّا عِبَادَ اللَّهِ الْمُخْلَصِينَ40
४०) तर जो अल्लाहका विशेष बन्दाहरू (भक्तहरू) छन् ।
أُولَٰئِكَ لَهُمْ رِزْقٌ مَعْلُومٌ41
४१) उनीहरूको लागि अल्लाहद्वारा जीविका निर्धारित छ ।
فَوَاكِهُ ۖ وَهُمْ مُكْرَمُونَ42
४२) हर प्रकारका फलफूल र गौरव र मर्यादाले उनको आदर गरिनेछ ।
فِي جَنَّاتِ النَّعِيمِ43
४३) अनुकम्पाले भरिएका जन्नतहरूमा,
عَلَىٰ سُرُرٍ مُتَقَابِلِينَ44
४४) पलंगहरूमा आमुन्ने–सामुन्ने विराजमान हुनेछन्,
يُطَافُ عَلَيْهِمْ بِكَأْسٍ مِنْ مَعِينٍ45
४५) उनीहरूको माझमा विशुद्ध पेयको पात्र घुमाइनेछ,
بَيْضَاءَ لَذَّةٍ لِلشَّارِبِينَ46
४६) जुन कि सफा र पिउनेहरूको लागि सर्वथा सुस्वादक हुनेछ ।
لَا فِيهَا غَوْلٌ وَلَا هُمْ عَنْهَا يُنْزَفُونَ47
४७) न त्यसबाट टाउको दुख्नेछ र न त्यसबाट मानिस नशामा बहकनेछन्,
وَعِنْدَهُمْ قَاصِرَاتُ الطَّرْفِ عِينٌ48
४८) र उनीहरूको पासमा अप्सराहरू हुनेछिन् जसको आँखा तल झुकेको र ठूला–ठूला हुनेछन् ।
كَأَنَّهُنَّ بَيْضٌ مَكْنُونٌ49
४९) मानौं उनीहरू सुरक्षित अण्डाहरू हुन् ।
فَأَقْبَلَ بَعْضُهُمْ عَلَىٰ بَعْضٍ يَتَسَاءَلُونَ50
५०) अनि उनीहरूले एक–अर्कातिर मुख फर्काएर प्रश्न गर्नेछन् ।
قَالَ قَائِلٌ مِنْهُمْ إِنِّي كَانَ لِي قَرِينٌ51
५१) उनीहरूमध्येबाट एउटाले भन्नेछः कि ‘‘मेरो एउटा साथी थियो ।
يَقُولُ أَإِنَّكَ لَمِنَ الْمُصَدِّقِينَ52
५२) जसले भन्दथ्यो, कि के तिमी पनि (कयामतलाई) मानिलिनेवालामध्येका हौ ?
أَإِذَا مِتْنَا وَكُنَّا تُرَابًا وَعِظَامًا أَإِنَّا لَمَدِينُونَ53
५३) के जब हामी मरेर माटो र हड्डीमा परिणत भइसक्ने छौं तब के हामीलाई प्रतिफल प्राप्त हुनेछ ?’’
قَالَ هَلْ أَنْتُمْ مُطَّلِعُونَ54
५४) (अनि) भन्नेछः ‘‘कि के तिमी उसलाई चियाएर हेर्न चाहन्छौ ?’’
فَاطَّلَعَ فَرَآهُ فِي سَوَاءِ الْجَحِيمِ55
५५) (यसैबीच) त्यसले (स्वयम्) चियाउने छ, त उसलाई नर्कको माझमा (जलीरहेको) देख्नेछ ।
قَالَ تَاللَّهِ إِنْ كِدْتَ لَتُرْدِينِ56
५६) भन्नेछः कि, ‘‘अल्लाहको कसम ! तिमीले त मलाई बरबादै पार्ने थियौ ।
وَلَوْلَا نِعْمَةُ رَبِّي لَكُنْتُ مِنَ الْمُحْضَرِينَ57
५७) यदि मेरो पालनकर्ताको कृपा नभएको भए त म पनि उनीहरूमध्येकै हुन्थें जो नर्कमा उपस्थित गराइएका छन् ।
أَفَمَا نَحْنُ بِمَيِّتِينَ58
५८) के (यो साँचो हो कि) हामी अब मर्नेछैनौं ?
إِلَّا مَوْتَتَنَا الْأُولَىٰ وَمَا نَحْنُ بِمُعَذَّبِينَ59
५९) पहिलो पटक मर्नु बाहेक । र हामीलाई यातना पनि हुनेवाला छैन’’
إِنَّ هَٰذَا لَهُوَ الْفَوْزُ الْعَظِيمُ60
६०) अनि त स्पष्ट छ कि निःसन्देह यो ठूलो सफलता हो ।
لِمِثْلِ هَٰذَا فَلْيَعْمَلِ الْعَامِلُونَ61
६१) यस्तो (सफलताहरू) को लागि कर्म गर्नेहरूले कर्म गर्नुपर्दछ ।
أَذَٰلِكَ خَيْرٌ نُزُلًا أَمْ شَجَرَةُ الزَّقُّومِ62
६२) के यो आतिथ्य राम्रो छ वा थूहर (सिउँडी) को वृक्ष ?
إِنَّا جَعَلْنَاهَا فِتْنَةً لِلظَّالِمِينَ63
६३) हामीले त्यस बृक्षलाई अत्याचारीहरूको निम्ति कष्टदायक परीक्षा बनाएका छौं ।
إِنَّهَا شَجَرَةٌ تَخْرُجُ فِي أَصْلِ الْجَحِيمِ64
६४) निःसंदेह त्यो एउटा रुख हो जो जहन्नमको (नर्कको) तल्लो भाग (जरा) बाट उम्रने छ ।
طَلْعُهَا كَأَنَّهُ رُءُوسُ الشَّيَاطِينِ65
६५) त्यसका हाँगाहरू शैतानका टाउकोहरू जस्ता हुन्छन् ।
فَإِنَّهُمْ لَآكِلُونَ مِنْهَا فَمَالِئُونَ مِنْهَا الْبُطُونَ66
६६) नर्कवालाहरू उसैबाट खान्छन् र उसैबाट पेट भर्नेछन् ।
ثُمَّ إِنَّ لَهُمْ عَلَيْهَا لَشَوْبًا مِنْ حَمِيمٍ67
६७) अनि त्यस (खाना) को साथमा उनलाई तातो पानी मिसाएर दिइनेछ ।
ثُمَّ إِنَّ مَرْجِعَهُمْ لَإِلَى الْجَحِيمِ68
६८) अनि उनीहरूलाई नर्क (आगोको ढिस्को) तिर फर्काइनेछ ।
إِنَّهُمْ أَلْفَوْا آبَاءَهُمْ ضَالِّينَ69
६९) निश्चित मान्नुस् उनीहरूले आफ्ना बाबु–बाजेहरूलाई मार्गविचलित नै पाए ।
فَهُمْ عَلَىٰ آثَارِهِمْ يُهْرَعُونَ70
७०) रः उनीहरू तिनीहरूकै पदचिन्हमा दगुरिराखेका छन् ।
وَلَقَدْ ضَلَّ قَبْلَهُمْ أَكْثَرُ الْأَوَّلِينَ71
७१) उनीहरूभन्दा पहिला पनि धेरै मानिसहरू मार्गविचलित भइसकेका छन् ।
وَلَقَدْ أَرْسَلْنَا فِيهِمْ مُنْذِرِينَ72
७२) जसमा हामीले उनीहरूको माझमा सचेत गर्नेवाला (रसूल) पठाएका थियौं ।
فَانْظُرْ كَيْفَ كَانَ عَاقِبَةُ الْمُنْذَرِينَ73
७३) तसर्थ हेरिहाल कि जसलाई सचेत गरिएको थियो, उनीहरूको परिणाम कस्तो भयो ?
إِلَّا عِبَادَ اللَّهِ الْمُخْلَصِينَ74
७४) हो, अल्लाहका विशिष्ट दासहरू बाहेक (उनको परिणाम धेरै राम्रो भयो)।
وَلَقَدْ نَادَانَا نُوحٌ فَلَنِعْمَ الْمُجِيبُونَ75
७५) र हामीलाई ‘‘नूहले’’ पुकारे, त हेर हामी कस्तो राम्ररी याचना स्वीकार गर्नेवाला हौं ।
وَنَجَّيْنَاهُ وَأَهْلَهُ مِنَ الْكَرْبِ الْعَظِيمِ76
७६) हामीले उनलाई र उनका घरवालालाई ठूलो (महान् जलप्रल्य) विपत्तिबाट बचायौं ।
وَجَعَلْنَا ذُرِّيَّتَهُ هُمُ الْبَاقِينَ77
७७) र हामीले उनको सन्ततिलाई बाँकी रहनेवाला बनायौं ।
وَتَرَكْنَا عَلَيْهِ فِي الْآخِرِينَ78
७८) र हामीले उनको सुचर्चा पछि आउनेवालाहरूमा बाँकी राख्यौं ।
سَلَامٌ عَلَىٰ نُوحٍ فِي الْعَالَمِينَ79
७९) सम्पूर्ण संसारहरूमा नूहमाथि ‘‘सलाम’’ होस् ।
إِنَّا كَذَٰلِكَ نَجْزِي الْمُحْسِنِينَ80
८०) निःसन्देह हामीले भलाईको कार्य गर्नेहरूलाई यस्तै पुरस्कार दिन्छौं ।
إِنَّهُ مِنْ عِبَادِنَا الْمُؤْمِنِينَ81
८१) उनी हाम्रा ईमानवाला सेवकहरूमध्येका थिए ।
ثُمَّ أَغْرَقْنَا الْآخَرِينَ82
८२) अनि हामीले अरुहरूलाई डुबाइदिऔं ।
۞ وَإِنَّ مِنْ شِيعَتِهِ لَإِبْرَاهِيمَ83
८३) र ‘‘इब्राहीम’’ पनि उनैका सहधर्मीहरूमध्येका थिए ।
إِذْ جَاءَ رَبَّهُ بِقَلْبٍ سَلِيمٍ84
८४) जब उनी आफ्नो पालनकर्ताको समक्ष विकाररहित हृदय लिएर आए ।
إِذْ قَالَ لِأَبِيهِ وَقَوْمِهِ مَاذَا تَعْبُدُونَ85
८५) जब उनले आफ्नो पिता र आफ्नो जातिबन्धुका मानिसहरूसित भनेः ‘‘तिमीले कुन कुराको पूजा गर्दछौ ?’’
أَئِفْكًا آلِهَةً دُونَ اللَّهِ تُرِيدُونَ86
८६) के तिमी अल्लाह बाहेक मनगढन्ते उपास्यहरू चाहिरहेका छौ ?
فَمَا ظَنُّكُمْ بِرَبِّ الْعَالَمِينَ87
८७) यो बताऊ कि तिमीले आखिर सम्पूर्ण संसारको पालनकर्तालाई के सम्झेका छौ ?
فَنَظَرَ نَظْرَةً فِي النُّجُومِ88
८८) अब उनले ताराहरूमाथि दृष्टिपात गरे ।
فَقَالَ إِنِّي سَقِيمٌ89
८९) र भनेः म त बिरामी छु ।’’
فَتَوَلَّوْا عَنْهُ مُدْبِرِينَ90
९०) यसपछि उनीहरूले पिठ्युँ फर्काई उनलाई छाडेर फर्किहाले ।
فَرَاغَ إِلَىٰ آلِهَتِهِمْ فَقَالَ أَلَا تَأْكُلُونَ91
९१) अनि (इब्राहीम) उनीहरूका उपास्यहरूतिर तत्काल गए र भन्नथाले किः तिमीले खाना किन खाँदैनौ ?
مَا لَكُمْ لَا تَنْطِقُونَ92
९२) तिमीलाई के भएको छ ? कि तिमी बोल्दैनौ ?’’
فَرَاغَ عَلَيْهِمْ ضَرْبًا بِالْيَمِينِ93
९३) अनि पूरै शक्तिका साथ उनीहरूलाई दाहिनेहातले पिटन शुरू गरे ।
فَأَقْبَلُوا إِلَيْهِ يَزِفُّونَ94
९४) तब उनीहरू उनको पासमा दगुर्दै आए ।
قَالَ أَتَعْبُدُونَ مَا تَنْحِتُونَ95
९५) उनले भनेः ‘‘तिमीहरूले यस्तो कुराको किन पूजा गर्छौ ? जसलाई तिमीले स्वयम् कुँदेर बनाउँछौ ।
وَاللَّهُ خَلَقَكُمْ وَمَا تَعْمَلُونَ96
९६) जब कि तिमीलाई र तिमीले बनाएका कुराहरूलाई अल्लाहले नै सृष्टि गरेको छ ?’’
قَالُوا ابْنُوا لَهُ بُنْيَانًا فَأَلْقُوهُ فِي الْجَحِيمِ97
९७) उनीहरूले भनेः ‘‘उसको निम्ति एउटा भवन (अग्निकुण्ड) तयार पारी त्यसलाई प्रज्वलित आगोमा हालिदेऊ’’ ।
فَأَرَادُوا بِهِ كَيْدًا فَجَعَلْنَاهُمُ الْأَسْفَلِينَ98
९८) उनीहरूले त इब्राहीमसँग एउटा षडयन्त्र गर्न चाहे तर हामीले उनीहरूलाई नै अपमानित गर्यौं ।
وَقَالَ إِنِّي ذَاهِبٌ إِلَىٰ رَبِّي سَيَهْدِينِ99
९९) र इब्राहीमले भनेः म त प्रवास गरेर आफ्नो पालनकर्तातिर गइराखेको छु, उसले अवश्य मेरो मार्गदर्शन गर्नेछ ।
رَبِّ هَبْ لِي مِنَ الصَّالِحِينَ100
१००) हे मेरो पालनकर्ता ! मलाई असल सन्तान प्रदान गर ।’’
فَبَشَّرْنَاهُ بِغُلَامٍ حَلِيمٍ101
१०१) तब हामीले उनलाई एउटा सहनशील पुत्रको शुभसूचना दियौं ।
فَلَمَّا بَلَغَ مَعَهُ السَّعْيَ قَالَ يَا بُنَيَّ إِنِّي أَرَىٰ فِي الْمَنَامِ أَنِّي أَذْبَحُكَ فَانْظُرْ مَاذَا تَرَىٰ ۚ قَالَ يَا أَبَتِ افْعَلْ مَا تُؤْمَرُ ۖ سَتَجِدُنِي إِنْ شَاءَ اللَّهُ مِنَ الصَّابِرِينَ102
१०२) अनि जब त्यो बच्चा उनको साथमा दौडधूप गर्ने अवस्थामा पुग्यो तब उनले भनेः ‘‘हे मेरो प्रिय छोरा ! मैले सपनामा देखेको छु कि तिमीलाई कुर्बान (बलि) गरिराखेको छु । त अब हेर, तिम्रो के विचार छ ? ‘‘छोराले भन्यो किः हे बुबा ! जुन आदेश तपाईलाईं दिइराखिएको छ त्यसको पालना गरिहाल्नुस् । अल्लाहले चाह्यो भने तपार्इंले मलाई धैर्यवान् पाउनुहुनेछ ।
فَلَمَّا أَسْلَمَا وَتَلَّهُ لِلْجَبِينِ103
१०३) अर्थात जब दुवैले आदेश मानिहाले, र बाबुले छोरालाई कन्चटतिर पारेर पल्टाए ।
وَنَادَيْنَاهُ أَنْ يَا إِبْرَاهِيمُ104
१०४) तब हामीले उनलाई पुकार्यौं कि, ‘‘हे इब्राहीम !
قَدْ صَدَّقْتَ الرُّؤْيَا ۚ إِنَّا كَذَٰلِكَ نَجْزِي الْمُحْسِنِينَ105
१०५) निश्चय नै तिमीले सपनालाई साँचो गरेर देखायौ । निःसन्देह हामीले उत्तम कार्य गर्नेहरूलाई यस्तै प्रकारले प्रतिफल दिन्छौं ।’’
إِنَّ هَٰذَا لَهُوَ الْبَلَاءُ الْمُبِينُ106
१०६) वास्तवमा यो त एउटा स्पष्ट परीक्षा थियो ।
وَفَدَيْنَاهُ بِذِبْحٍ عَظِيمٍ107
१०७) र हामीले उसको (इस्माईलको) सट्टामा कुर्बानीको लागि एउटा ठूलो (पशु) दियौं ।
وَتَرَكْنَا عَلَيْهِ فِي الْآخِرِينَ108
१०८) र हामीले पछि आउने नस्लहरूमा (इब्राहीमको राम्रो) चर्चा बाँकी राख्यौं ?
سَلَامٌ عَلَىٰ إِبْرَاهِيمَ109
१०९) ‘‘इब्राहीममाथि सलाम होस् ।’’
كَذَٰلِكَ نَجْزِي الْمُحْسِنِينَ110
११०) असल कार्य गर्नेहरूलाई हामीले यस्तै प्रतिफल दिने गर्छौं ।
إِنَّهُ مِنْ عِبَادِنَا الْمُؤْمِنِينَ111
१११) निश्चय नै उनी हाम्रा ईमानवाला सेवकहरूमध्येका थिए ।
وَبَشَّرْنَاهُ بِإِسْحَاقَ نَبِيًّا مِنَ الصَّالِحِينَ112
११२) र हामीले उनलाई ‘‘इस्हाकको’’ नबी हुने शुभसूचना पनि दियौं, जो असल मानिसहरूमध्ये हुनेछन् ।
وَبَارَكْنَا عَلَيْهِ وَعَلَىٰ إِسْحَاقَ ۚ وَمِنْ ذُرِّيَّتِهِمَا مُحْسِنٌ وَظَالِمٌ لِنَفْسِهِ مُبِينٌ113
११३) र हामीले उनलाई र ‘‘इस्हाकलाई’’ बरकत (कल्याण) दियौं र ती दुवैका सन्तानहरूमा कतिपय त असल काम गर्नेहरू पनि छन्, र कतिपय आफूमाथि खुल्लारूपले अत्याचार गर्नेवालाहरू पनि छन् ।
وَلَقَدْ مَنَنَّا عَلَىٰ مُوسَىٰ وَهَارُونَ114
११४) निःसंदेह हामीले मूसा र हारूनमाथि पनि ठूलो उपकार गरेका छौं ।
وَنَجَّيْنَاهُمَا وَقَوْمَهُمَا مِنَ الْكَرْبِ الْعَظِيمِ115
११५) र हामीले उनीहरूलाई र उनका जातिबन्धुहरूलाई ठूलो कष्टबाट मुक्त गरायौं ।
وَنَصَرْنَاهُمْ فَكَانُوا هُمُ الْغَالِبِينَ116
११६) र हामीले उनीहरूलाई सहायता गर्यौं, त उनीहरू प्रभावी रहे ।
وَآتَيْنَاهُمَا الْكِتَابَ الْمُسْتَبِينَ117
११७) र हामीले उनीहरूलाई अत्यन्त स्पष्ट किताब प्रदान गर्यौं ।
وَهَدَيْنَاهُمَا الصِّرَاطَ الْمُسْتَقِيمَ118
११८) र हामीले उनीहरूलाई सोझो मार्गमा कायम राख्यौं ।
وَتَرَكْنَا عَلَيْهِمَا فِي الْآخِرِينَ119
११९) र हामीले उनी दुवैको लागि पछि आउनेवाला नस्लहरूमा राम्रो चर्चा बाँकी राख्यौं ।
سَلَامٌ عَلَىٰ مُوسَىٰ وَهَارُونَ120
१२०) ‘‘मूसा (अलैहिस्सलाम)’’ र हारून (अलैहिस्सलाम) माथि सलाम होस् ।
إِنَّا كَذَٰلِكَ نَجْزِي الْمُحْسِنِينَ121
१२१) निःसन्देह हामीले असल काम गर्नेहरूलाई यस्तै प्रतिफल दिने गर्छौं ।
إِنَّهُمَا مِنْ عِبَادِنَا الْمُؤْمِنِينَ122
१२२) निश्चय नै ती दुवै हाम्रा ईमानवाला सेवकहरूमध्येका थिए ।
وَإِنَّ إِلْيَاسَ لَمِنَ الْمُرْسَلِينَ123
१२३) र ‘‘इलियास’’ पनि पैगम्बरहरूमध्येका थिए ।
إِذْ قَالَ لِقَوْمِهِ أَلَا تَتَّقُونَ124
१२४) जब उहाँले आफ्ना जातिबन्धुसित भनेः तिमी अल्लाहसित किन डर मान्दैनौ ?
أَتَدْعُونَ بَعْلًا وَتَذَرُونَ أَحْسَنَ الْخَالِقِينَ125
१२५) के तिमी बअ्ल (एउटा ठूलो मूर्ति)लाई पुकार्दछौ, र सर्वोत्तम स्रष्टालाई छाडिदिन्छौ ?
اللَّهَ رَبَّكُمْ وَرَبَّ آبَائِكُمُ الْأَوَّلِينَ126
१२६) अल्लाह जो तिम्रो र तिम्रो बाबु–बाजेको पालनहार हो ।
فَكَذَّبُوهُ فَإِنَّهُمْ لَمُحْضَرُونَ127
१२७) तर उनीहरूले उनलाई झूठा भने अतः उनीहरू अवश्य नर्कमा उपस्थित गराइनेछन् ।
إِلَّا عِبَادَ اللَّهِ الْمُخْلَصِينَ128
१२८) हो, अल्लाहका असल सेवकहरू (सजायमा) पारिने छैनन् ।
وَتَرَكْنَا عَلَيْهِ فِي الْآخِرِينَ129
१२९) हामीले ‘‘इलियास’’ (अलैहिस्सलाम) को राम्रो चर्चा पछि आउनेहरूमा (शेष) छाडेका छौं ।
سَلَامٌ عَلَىٰ إِلْ يَاسِينَ130
१३०) कि ‘‘इलियास (अलैहिस्सलाम)’’ माथि ‘‘सलाम’’ होस् ।
إِنَّا كَذَٰلِكَ نَجْزِي الْمُحْسِنِينَ131
१३१) हामीले भलाई गर्नेहरूलाई यस्तै प्रतिफल दिन्छौं ।
إِنَّهُ مِنْ عِبَادِنَا الْمُؤْمِنِينَ132
१३२) निःसन्देह उनी हाम्रा मोमिन सेवकहरूमध्येबाट थिए ।
وَإِنَّ لُوطًا لَمِنَ الْمُرْسَلِينَ133
१३३) र निःसंदेह ‘‘लूत (अलैहिस्सलाम)’’ पनि पैगम्बरहरूमध्येबाट थिए ।
إِذْ نَجَّيْنَاهُ وَأَهْلَهُ أَجْمَعِينَ134
१३४) हामीले उनलाई र उनका घरवालाहरू सबैलाई मुक्ति प्रदान गर्यौं ।
إِلَّا عَجُوزًا فِي الْغَابِرِينَ135
१३५) तर एउटा वृद्धा बाहेक जो पछि पर्नेवालामध्येकी थिई ।
ثُمَّ دَمَّرْنَا الْآخَرِينَ136
१३६) अनि हामीले अरुहरूलाई नष्ट पारिदियौं ।
وَإِنَّكُمْ لَتَمُرُّونَ عَلَيْهِمْ مُصْبِحِينَ137
१३७) र तिमी त बिहान भएपछि उनीहरूका बस्तीहरूको नजिकबाट हिड्छौ ।
وَبِاللَّيْلِ ۗ أَفَلَا تَعْقِلُونَ138
१३८) र रातीमा पनि, त के तिमी (मक्कावाला) तैपनि बुझ्दैनौ ?
وَإِنَّ يُونُسَ لَمِنَ الْمُرْسَلِينَ139
१३९) र निःसंदेह ‘‘यूनुस (अलैहिस्सलाम))’’ पनि पैगम्बरमध्येका थिए ।
إِذْ أَبَقَ إِلَى الْفُلْكِ الْمَشْحُونِ140
१४०) जब भागेर भरिएको डुङ्गामा आइपुगे ।
فَسَاهَمَ فَكَانَ مِنَ الْمُدْحَضِينَ141
१४१) अनि त्यसबेला गोला हाल्दा उनको नाम पर्यो ।
فَالْتَقَمَهُ الْحُوتُ وَهُوَ مُلِيمٌ142
१४२) अनि माछाले उनलाई निलिहाल्यो र उनी आफूलाई धिक्कार्न थालेका थिए ।
فَلَوْلَا أَنَّهُ كَانَ مِنَ الْمُسَبِّحِينَ143
१४३) अतः यदि उनले (अल्लाहको) पवित्रताको गुणगान् नगरेको भए ।
لَلَبِثَ فِي بَطْنِهِ إِلَىٰ يَوْمِ يُبْعَثُونَ144
१४४) त त्यस दिनसम्म जबकि मानिसहरू पुनः जीवित गरिनेछन्, उसैको पेटमा रहन्थे ।
۞ فَنَبَذْنَاهُ بِالْعَرَاءِ وَهُوَ سَقِيمٌ145
१४५) अन्ततः हामीले उनलाई जब कि उनी बिरामी थिए, खुल्ला मैदानमा हालिदियौं ।
وَأَنْبَتْنَا عَلَيْهِ شَجَرَةً مِنْ يَقْطِينٍ146
१४६) र उनीमाथि हामीले छायाँ गर्ने एउटा बोट उमार्यौं ।
وَأَرْسَلْنَاهُ إِلَىٰ مِائَةِ أَلْفٍ أَوْ يَزِيدُونَ147
१४७) र हामीले उनलाई एक लाख वा त्यसभन्दा पनि धेरै मानिसहरूतिर (पैगम्बर बनाएर) पठायौं ।
فَآمَنُوا فَمَتَّعْنَاهُمْ إِلَىٰ حِينٍ148
१४८) अनि उनीहरूले ईमान ल्याए र हामीले उनीहरूलाई एक अवधिसम्म सुख भोग्ने अवसर प्रदान गर्यौं ।
فَاسْتَفْتِهِمْ أَلِرَبِّكَ الْبَنَاتُ وَلَهُمُ الْبَنُونَ149
१४९) उनीहरूसित सोधः ‘‘के तिम्रो पालनकर्ताका छोरीहरू र यिनीहरूका छोराहरू छन् ?
أَمْ خَلَقْنَا الْمَلَائِكَةَ إِنَاثًا وَهُمْ شَاهِدُونَ150
१५०) वा हामीले फरिश्ताहरूलाई स्त्री बनाउँदा उनीहरू (त्यसबेला) उपस्थित थिए ?’’
أَلَا إِنَّهُمْ مِنْ إِفْكِهِمْ لَيَقُولُونَ151
१५१) सावधान रह, यिनीहरू आफूले झूठा रचेको (कुरा) मात्र भन्दछन् ।
وَلَدَ اللَّهُ وَإِنَّهُمْ لَكَاذِبُونَ152
१५२) कि ‘‘अल्लाहका सन्तान छन् ।’’ निःसन्देह यिनीहरू एकदम झूठा हुन् ।
أَصْطَفَى الْبَنَاتِ عَلَى الْبَنِينَ153
१५३) के अल्लाहले आफ्नो लागि छोराहरूको दाँजोमा छोरीहरूलाई रुचाएको छ ?
مَا لَكُمْ كَيْفَ تَحْكُمُونَ154
१५४) तिमीलाई के भएको छ । कस्तो न्याय गर्दछौ ?
أَفَلَا تَذَكَّرُونَ155
१५५) के तिमीले यति पनि बुझ्दैनौ ?
أَمْ لَكُمْ سُلْطَانٌ مُبِينٌ156
१५६) वा तिम्रो पासमा उसको कुनै प्रमाण छ ?
فَأْتُوا بِكِتَابِكُمْ إِنْ كُنْتُمْ صَادِقِينَ157
१५७) यदि तिमी साँचो हौ भने, त आफ्नो किताब प्रस्तुत गर ।
وَجَعَلُوا بَيْنَهُ وَبَيْنَ الْجِنَّةِ نَسَبًا ۚ وَلَقَدْ عَلِمَتِ الْجِنَّةُ إِنَّهُمْ لَمُحْضَرُونَ158
१५८) र उनीहरूले त अल्लाह र जिन्नहरूको बीचमा पनि नाता स्थापित गरेका छन्, हुन त जिन्नहरूलाई राम्ररी थाहा छ कि यस्तो कुरामा विश्वास गर्नेहरू अवश्य समातिएर (यातनामा) उपस्थित गराइनेछन् ।
سُبْحَانَ اللَّهِ عَمَّا يَصِفُونَ159
१५९) उनीहरूले जेजति अल्लाहको बारेमा वर्णन गर्छन, अल्लाह त्यसबाट पूर्णरूपले पवित्र र उच्च छ ।
إِلَّا عِبَادَ اللَّهِ الْمُخْلَصِينَ160
१६०) तर अल्लाहले विशिष्ट सेवकहरूलाई (यातनामा पार्नेछैन) ।
فَإِنَّكُمْ وَمَا تَعْبُدُونَ161
१६१) विश्वास गर तिमी र जसलाई तिमी पूज्दछौ ।
مَا أَنْتُمْ عَلَيْهِ بِفَاتِنِينَ162
१६२) (अल्लाहको विरोधमा) कसैलाई विचलित गराउन सक्दैनन् ।
إِلَّا مَنْ هُوَ صَالِ الْجَحِيمِ163
१६३) तिनीहरू बाहेक जो नर्कमा जानेवाला (नर्कीय) छन् ।
وَمَا مِنَّا إِلَّا لَهُ مَقَامٌ مَعْلُومٌ164
१६४) र (फरिश्ताहरू भन्दछन् कि) हामीमध्ये प्रत्येकको एक स्थान निश्चित छ ।
وَإِنَّا لَنَحْنُ الصَّافُّونَ165
१६५) र हामी त (स्वर्गदूत) अल्लाहको भक्तिमा आफ्नो स्थानमा पंक्तिवद्ध छौं ।
وَإِنَّا لَنَحْنُ الْمُسَبِّحُونَ166
१६६) र अल्लाहको महानता र श्रेष्ठता बयान (वर्णन) गर्दछौं ।
وَإِنْ كَانُوا لَيَقُولُونَ167
१६७) काफिरहरूले भन्ने गर्दथे,
لَوْ أَنَّ عِنْدَنَا ذِكْرًا مِنَ الْأَوَّلِينَ168
१६८) कि ‘‘यदि हाम्रो समक्ष पहिलेका मानिसहरूको वर्णन भएको भए ।
لَكُنَّا عِبَادَ اللَّهِ الْمُخْلَصِينَ169
१६९) त हामी पनि अल्लाहका विशिष्ट सेवक हुनेथ्यौं ।’’
فَكَفَرُوا بِهِ ۖ فَسَوْفَ يَعْلَمُونَ170
१७०) तर फेरि यस कुरआनसँग कुफ्र गर्न पुगे, तसर्थ अब शीघ्र नै उनीहरूलाई (परिणाम) थाहा भइहाल्नेछ ।
وَلَقَدْ سَبَقَتْ كَلِمَتُنَا لِعِبَادِنَا الْمُرْسَلِينَ171
१७१) र हाम्रो (सन्देश पुर्याउने) रसूलहरूसित हाम्रो वायदा (वचन) पहिला नै भइसकेको छ ।
إِنَّهُمْ لَهُمُ الْمَنْصُورُونَ172
१७२) कि निश्चय नै उनीहरूको सहायता गरिनेछ ।
وَإِنَّ جُنْدَنَا لَهُمُ الْغَالِبُونَ173
१७३) र निश्चय नै हाम्रो सेना नै प्रभावि रहनेछन्,
فَتَوَلَّ عَنْهُمْ حَتَّىٰ حِينٍ174
१७४) अतः एक अवधिसम्म तपाई उनीहरूसित विमुख रहनु,
وَأَبْصِرْهُمْ فَسَوْفَ يُبْصِرُونَ175
१७५) र उनीहरूलाई हेरिराख्नुस् । र यिनीहरूले पनि शीघ्र नै (कुफ्रको परिणाम) देखिहाल्नेछन् ।
أَفَبِعَذَابِنَا يَسْتَعْجِلُونَ176
१७६) के उनीहरू हाम्रो यातनाको निम्ति हतार गरिराखेका छन् ।
فَإِذَا نَزَلَ بِسَاحَتِهِمْ فَسَاءَ صَبَاحُ الْمُنْذَرِينَ177
१७७) तर जब हाम्रो यातना उनीहरूको आँगनमा उत्रन्छ तब जसलाई भय सुनाइएको थियो, उनीहरूको निम्ति नराम्रो दिन हुनेछ ।
وَتَوَلَّ عَنْهُمْ حَتَّىٰ حِينٍ178
१७८) एक अवधिसम्म तपाईले उनीहरूको विचार छोडिदिनुस् ।
وَأَبْصِرْ فَسَوْفَ يُبْصِرُونَ179
१७९) र हेर्दै गर्नुस्, यिनीहरूले पनि शीघ्र नै (परिणाम) देखिहाल्नेछन् ।
سُبْحَانَ رَبِّكَ رَبِّ الْعِزَّةِ عَمَّا يَصِفُونَ180
१८०) पवित्र छ तपाईको पालनकर्ता जो धेरै सम्मानित र मुक्त छ ती कुराहरूबाट जुन यिनीहरूले वर्णन गर्दछन् ।
وَسَلَامٌ عَلَى الْمُرْسَلِينَ181
१८१) पैगम्बरहरू माथि सलाम छ ।
وَالْحَمْدُ لِلَّهِ رَبِّ الْعَالَمِينَ182
१८२) र सम्पूर्ण प्रशंसा अल्लाहको लागि छ जो सम्पूर्ण जगतको पालनकर्ता हो ।