As-Sajdah

سورة السجدة

सूरह 32 · मक्की · 30 आयतहरू

32:1जुज 21 · पृ. 415

الم1

१) अलिफ–लाम्–मीम् ।
32:2जुज 21 · पृ. 415

تَنْزِيلُ الْكِتَابِ لَا رَيْبَ فِيهِ مِنْ رَبِّ الْعَالَمِينَ2

२) यसमा कुनै सन्देह छैन कि यस किताबको अवतरण सम्पूर्ण संसारको पालनकर्ताको तर्फबाट हो ।
32:3जुज 21 · पृ. 415

أَمْ يَقُولُونَ افْتَرَاهُ ۚ بَلْ هُوَ الْحَقُّ مِنْ رَبِّكَ لِتُنْذِرَ قَوْمًا مَا أَتَاهُمْ مِنْ نَذِيرٍ مِنْ قَبْلِكَ لَعَلَّهُمْ يَهْتَدُونَ3

३) के यिनीहरूले भन्छन् कि उसले ‘‘(पैगम्बरले) यसलाई स्वयं रचेका हुन् ?’’ (होइन) बरु त्यो तिम्रो पालनकर्ताको तर्फबाट सत्य हो, ताकि तपार्इंले तिनीहरूलाई सावधान गर्नुस्, जसको पासमा तपाईंभन्दा पहिला कोही सावधान गर्नेवाला आएन । ताकि यिनीहरूले सही मार्ग प्राप्त गर्न सकुन् ।
32:4जुज 21 · पृ. 415

اللَّهُ الَّذِي خَلَقَ السَّمَاوَاتِ وَالْأَرْضَ وَمَا بَيْنَهُمَا فِي سِتَّةِ أَيَّامٍ ثُمَّ اسْتَوَىٰ عَلَى الْعَرْشِ ۖ مَا لَكُمْ مِنْ دُونِهِ مِنْ وَلِيٍّ وَلَا شَفِيعٍ ۚ أَفَلَا تَتَذَكَّرُونَ4

४) अल्लाह नै त हो जसले आकाशहरू र धरतीलाई र जे जति तिनीहरूको बीचमा छ, सबैलाई छ (६) दिनमा सृष्टि गर्यो । अनि सत्तासन(अर्श) माथि उच्च भयो । उस बाहेक तिम्रो लागि कोही मद्दत गर्ने र सिफारिश गर्नेवाला छैन, के तैपनि तिमी उपदेश ग्रहण गर्दैनौ ?
32:5जुज 21 · पृ. 415

يُدَبِّرُ الْأَمْرَ مِنَ السَّمَاءِ إِلَى الْأَرْضِ ثُمَّ يَعْرُجُ إِلَيْهِ فِي يَوْمٍ كَانَ مِقْدَارُهُ أَلْفَ سَنَةٍ مِمَّا تَعُدُّونَ5

५) उसैले आकाशदेखि धरतीसम्म प्रत्येक कार्यको व्यवस्था गर्दछ । अनि (सबैकाम) एक यस्तो दिनमा उसतर्फ प्रवृत हुन्छ, जसको गन्ती तिम्रो गणना अनुसार एक हजार वर्ष बराबर हुनेछ ।
32:6जुज 21 · पृ. 415

ذَٰلِكَ عَالِمُ الْغَيْبِ وَالشَّهَادَةِ الْعَزِيزُ الرَّحِيمُ6

६) उही त परोक्ष र प्रत्यक्षको ज्ञाता हो सर्वशक्ति सम्पन्न ठूलो दयावान् (अल्लाह) हो ।
32:7जुज 21 · पृ. 415

الَّذِي أَحْسَنَ كُلَّ شَيْءٍ خَلَقَهُ ۖ وَبَدَأَ خَلْقَ الْإِنْسَانِ مِنْ طِينٍ7

७) जसले सृष्टि गरेको प्रत्येक कुरोलाई राम्रो बनायो र उसले मानिसको रचना माटोबाट शुरू गर्यो ।
32:8जुज 21 · पृ. 415

ثُمَّ جَعَلَ نَسْلَهُ مِنْ سُلَالَةٍ مِنْ مَاءٍ مَهِينٍ8

८) अनि उसको वंश एक तुच्छ पानीको थोपाले चलायो ।
32:9जुज 21 · पृ. 415

ثُمَّ سَوَّاهُ وَنَفَخَ فِيهِ مِنْ رُوحِهِ ۖ وَجَعَلَ لَكُمُ السَّمْعَ وَالْأَبْصَارَ وَالْأَفْئِدَةَ ۚ قَلِيلًا مَا تَشْكُرُونَ9

९) अनि त्यसलाई ठीक–ठीक गरेर त्यसमा आफ्नो आत्मा संचारित गर्यो । उसैले तिम्रो कान आँखा र हृदय बनायो, तापनि तिमीले साह्रै कम कृतज्ञता प्रकट गर्दछौ ।
32:10जुज 21 · पृ. 415

وَقَالُوا أَإِذَا ضَلَلْنَا فِي الْأَرْضِ أَإِنَّا لَفِي خَلْقٍ جَدِيدٍ ۚ بَلْ هُمْ بِلِقَاءِ رَبِّهِمْ كَافِرُونَ10

१०) र उनीहरूले भन्न थालेः कि ‘‘जब हामी धरतीमा मिसिइसक्नेछौं त के फेरि नयाँ रूपमा जीवित हुनेछौं ? बरु साँचो कुरो त यो हो कि, यी मानिसहरू आफ्नो पालनकर्तासितको साक्षात्कारलाई नकारिराखेका छन् ।
32:11जुज 21 · पृ. 415

۞ قُلْ يَتَوَفَّاكُمْ مَلَكُ الْمَوْتِ الَّذِي وُكِّلَ بِكُمْ ثُمَّ إِلَىٰ رَبِّكُمْ تُرْجَعُونَ11

११) भनिदिनुस् ! ‘‘कि तिमीलाई मृत्युको स्वर्गदूत (इज्राईल) ले जुन कि तिमीमाथि नियुक्त छ, त्यसले मार्नेछ । अनि तिमी सबै आफ्नो पालनकर्तातिर फर्काइने छौ ।’’
32:12जुज 21 · पृ. 416

وَلَوْ تَرَىٰ إِذِ الْمُجْرِمُونَ نَاكِسُو رُءُوسِهِمْ عِنْدَ رَبِّهِمْ رَبَّنَا أَبْصَرْنَا وَسَمِعْنَا فَارْجِعْنَا نَعْمَلْ صَالِحًا إِنَّا مُوقِنُونَ12

१२) कति राम्रो हुन्थ्यो तपार्इंले देख्ने भए जब कि अपराधीहरू आफ्नो पालनकर्ताको अगाडि टाउको निहुराइराखेका हुनेछन् र भन्ने छन् कि ‘‘हे हाम्रो पालनकर्ता ! हामीले देखिहाल्यौं र सुनीहाल्यौं । अब तिमीले हामीलाई (संसारमा) फिर्ता पठाइदेऊ, ताकि असल कर्म गरौं, हामी आस्था राख्नेवाला हौं ।’’
32:13जुज 21 · पृ. 416

وَلَوْ شِئْنَا لَآتَيْنَا كُلَّ نَفْسٍ هُدَاهَا وَلَٰكِنْ حَقَّ الْقَوْلُ مِنِّي لَأَمْلَأَنَّ جَهَنَّمَ مِنَ الْجِنَّةِ وَالنَّاسِ أَجْمَعِينَ13

१३) यदि हामीले चाहेको भए प्रत्येक व्यक्तिलाई उपदेश ग्रहण गराइदिन्थ्यौं, तर मेरो तर्फबाट यो कुरो बिल्कुल सत्य प्रमाणित भइसकेको छ कि म नर्कलाई जिन्न र मानिसहरूबाट भरिदिनेछु ।
32:14जुज 21 · पृ. 416

فَذُوقُوا بِمَا نَسِيتُمْ لِقَاءَ يَوْمِكُمْ هَٰذَا إِنَّا نَسِينَاكُمْ ۖ وَذُوقُوا عَذَابَ الْخُلْدِ بِمَا كُنْتُمْ تَعْمَلُونَ14

१४) (तसर्थ) अब तिमीले त्यस दिनको साक्षात्कारलाई बिर्सेको नतीजा (परिणाम) भोग, (आज) हामीले पनि तिमीलाई विर्सिदियौं । र जुन काम तिमीले गर्दथ्यौ त्यसको सजायमा सधैंको यातनाको स्वाद चाखिराख ।
32:15जुज 21 · पृ. 416

إِنَّمَا يُؤْمِنُ بِآيَاتِنَا الَّذِينَ إِذَا ذُكِّرُوا بِهَا خَرُّوا سُجَّدًا وَسَبَّحُوا بِحَمْدِ رَبِّهِمْ وَهُمْ لَا يَسْتَكْبِرُونَ ۩15

१५) हाम्रा आयतहरूमा उनैले ईमान ल्याउने गर्दछन् जसलाई जब उपदेश गरिन्छ तब सज्दामा (ढोगमा) जान्छन् र आफ्नो पालनकर्ताको प्रशंसाका साथ उसको गुणगान गर्दछन् र घमण्ड गर्दैनन् ।
32:16जुज 21 · पृ. 416

تَتَجَافَىٰ جُنُوبُهُمْ عَنِ الْمَضَاجِعِ يَدْعُونَ رَبَّهُمْ خَوْفًا وَطَمَعًا وَمِمَّا رَزَقْنَاهُمْ يُنْفِقُونَ16

१६) उनीहरूको लेटाई आफ्ना ओछ्यानहरूबाट अलग हुन्छन्, उनीहरू आफ्नो पालनकर्तालाई भय र आशाले पुकार्दछन् र जुन (सम्पत्ति) हामीले उनलाई दिएका छौं, त्यसबाट खर्च गर्दछन् ।
32:17जुज 21 · पृ. 416

فَلَا تَعْلَمُ نَفْسٌ مَا أُخْفِيَ لَهُمْ مِنْ قُرَّةِ أَعْيُنٍ جَزَاءً بِمَا كَانُوا يَعْمَلُونَ17

१७) (अनि अल्लाह बाहेक) कसैलाई थाहा छैन कि उनीहरूको निम्ति उनको आँखाका शितलता लुकाएर राखिदिएका छौं यो उनीहरूका कर्महरूको पुरस्कार हो, जुन उनीहरूले गर्नेगर्दथे ।
32:18जुज 21 · पृ. 416

أَفَمَنْ كَانَ مُؤْمِنًا كَمَنْ كَانَ فَاسِقًا ۚ لَا يَسْتَوُونَ18

१८) के जो मोमिन छ, ऊ त्यस व्यक्ति सरह हुन सक्छ जो अवज्ञाकारी छ ? दुवै समान हुन सक्दैनन् ।
32:19जुज 21 · पृ. 416

أَمَّا الَّذِينَ آمَنُوا وَعَمِلُوا الصَّالِحَاتِ فَلَهُمْ جَنَّاتُ الْمَأْوَىٰ نُزُلًا بِمَا كَانُوا يَعْمَلُونَ19

१९) जसले ईमान ल्याए र असल कर्म गरिरहे, उनीहरूलाई सँधैं बस्नको निम्ति (जन्नत) स्वर्गका बागबगैंचाहरू छन्, ती कामहरूको प्रतिफलमा आतिथ्यता छ , जुन कि उनीहरूले गर्दथे ।
32:20जुज 21 · पृ. 416

وَأَمَّا الَّذِينَ فَسَقُوا فَمَأْوَاهُمُ النَّارُ ۖ كُلَّمَا أَرَادُوا أَنْ يَخْرُجُوا مِنْهَا أُعِيدُوا فِيهَا وَقِيلَ لَهُمْ ذُوقُوا عَذَابَ النَّارِ الَّذِي كُنْتُمْ بِهِ تُكَذِّبُونَ20

२०) तर जसले आज्ञा उल्लंघन गरे उनीहरूको ठेगाना नर्क हो । जब कुनै बेला उनले त्यसबाट बाहिर निस्किन चाहनेछन् त त्यसैमा फर्काइनेछन् र (उनीहरूसित) भनिनेछ कि (जुन दोजखको यातनालाई) तिमीले झूठो ठान्दथ्यौ त्यसको बदलामा आगोको सजाय चाख ।’’
32:21जुज 21 · पृ. 417

وَلَنُذِيقَنَّهُمْ مِنَ الْعَذَابِ الْأَدْنَىٰ دُونَ الْعَذَابِ الْأَكْبَرِ لَعَلَّهُمْ يَرْجِعُونَ21

२१) र निःसन्देह हामीले उनीहरूलाई (कयामतको) ठूलो सजाय बाहेक (संसारका) सानो यातनाको स्वाद चखाउने छौं, ताकि कदाचित तिनीहरू (हाम्रो तर्फ) फर्किआउन् ।
32:22जुज 21 · पृ. 417

وَمَنْ أَظْلَمُ مِمَّنْ ذُكِّرَ بِآيَاتِ رَبِّهِ ثُمَّ أَعْرَضَ عَنْهَا ۚ إِنَّا مِنَ الْمُجْرِمِينَ مُنْتَقِمُونَ22

२२) र त्यस व्यक्तिभन्दा बढी अत्याचारी को छ? जसलाई उसको पालनकर्ताका आयातहरूबाट सावधान गरिएको थियो । तैपनि उसले मुख फर्कायो ? निश्चित जान कि हामीले पनि अपराधीहरूसित बदला लिनेवाला छौं ।
32:23जुज 21 · पृ. 417

وَلَقَدْ آتَيْنَا مُوسَى الْكِتَابَ فَلَا تَكُنْ فِي مِرْيَةٍ مِنْ لِقَائِهِ ۖ وَجَعَلْنَاهُ هُدًى لِبَنِي إِسْرَائِيلَ23

२३) निःसन्देह हामीले ‘‘मूसा (अलैहिस्सलाम)लाई’’ किताब प्रदान गर्यौं । अतः तपाईंले कदापि ऊसँगको साक्षात्कारमा सन्देह नगर्नु, र हामीले उसलाई इस्राईलका सन्तानको पथप्रदर्शनको माध्यम बनाएका थियौं ।
32:24जुज 21 · पृ. 417

وَجَعَلْنَا مِنْهُمْ أَئِمَّةً يَهْدُونَ بِأَمْرِنَا لَمَّا صَبَرُوا ۖ وَكَانُوا بِآيَاتِنَا يُوقِنُونَ24

२४) र जब उनीहरूले धैर्य गरे तब हामीले उनीहरूमध्ये यस्ता नायक बनायौं, जसले हाम्रो आदेशबाट मानिसहरूलाई सही मार्ग देखाउँथे, र हाम्रा आयतहरूमाथि आस्था राख्दथे ।
32:25जुज 21 · पृ. 417

إِنَّ رَبَّكَ هُوَ يَفْصِلُ بَيْنَهُمْ يَوْمَ الْقِيَامَةِ فِيمَا كَانُوا فِيهِ يَخْتَلِفُونَ25

२५) निश्चय नै तिम्रो पालनकर्ताले कियामतको दिन उनीहरूको बीचका ती कुराहरूको निर्णय गर्नेछ, जसमा उनीहरूले विवाद गर्दै आएका छन् ।
32:26जुज 21 · पृ. 417

أَوَلَمْ يَهْدِ لَهُمْ كَمْ أَهْلَكْنَا مِنْ قَبْلِهِمْ مِنَ الْقُرُونِ يَمْشُونَ فِي مَسَاكِنِهِمْ ۚ إِنَّ فِي ذَٰلِكَ لَآيَاتٍ ۖ أَفَلَا يَسْمَعُونَ26

२६) के यस कुराले पनि तिनीहरूलाई उपदेश दिएन कि उनीहरूभन्दा पहिला कैयन् नस्लहरूलाई (समूहहरूलाई) हामीले नष्ट गरिसकेका छौं, जसका सहनका ठाउँहरूमा उनीहरू हिंडडुल गर्दैछन् ? यसमा त धेरै निशानीहरू छन् । अनि के उनीहरू सुन्दैनन् ?
32:27जुज 21 · पृ. 417

أَوَلَمْ يَرَوْا أَنَّا نَسُوقُ الْمَاءَ إِلَى الْأَرْضِ الْجُرُزِ فَنُخْرِجُ بِهِ زَرْعًا تَأْكُلُ مِنْهُ أَنْعَامُهُمْ وَأَنْفُسُهُمْ ۖ أَفَلَا يُبْصِرُونَ27

२७) के उनीहरूले देख्दैनन् कि हामीले यस बाँझो भूमितिर पानी बगाएर लैजान्छौं, अनि त्यसबाट हामीले खेती उमार्छौं, जसबाट उनीहरूका चौपायाहरू खान्छन् र उनीहरू स्वयम् पनि खान्छन्, अनि के यिनीहरूले तैपनि देख्दैनन् ?
32:28जुज 21 · पृ. 417

وَيَقُولُونَ مَتَىٰ هَٰذَا الْفَتْحُ إِنْ كُنْتُمْ صَادِقِينَ28

२८) र भन्दछन्ः कि ‘‘यदि तिमी साँचो हौ भने बताऊ यो फैसला कहिले हुनेछ ?
32:29जुज 21 · पृ. 417

قُلْ يَوْمَ الْفَتْحِ لَا يَنْفَعُ الَّذِينَ كَفَرُوا إِيمَانُهُمْ وَلَا هُمْ يُنْظَرُونَ29

२९) (हे मुहम्मद सल्लल्लाहो अलैहे वसल्लम) भनिदिनुस् ! कि ‘‘फैसलाको दिन ईमान ल्याउनुले काफिरहरूलाई कुनै पनि फाइदा पुर्याउने छैन र न उनीहरूलाई कुनै मोहलत दिइनेछ ।’’
32:30जुज 21 · पृ. 417

فَأَعْرِضْ عَنْهُمْ وَانْتَظِرْ إِنَّهُمْ مُنْتَظِرُونَ30

३०) (तसर्थ) अब तपाईले उनीहरूलाई उनीहरूकै अवस्थामा छाडिदिनुस्, र प्रतीक्षा गर्नुस् ! उनीहरू पनि प्रतीक्षक छन् ।

सूरहको सुरुबाट चलाउनुहोस्

Ahmad Nainaa - As-Sajdah · Tlawati