Az-Zukhruf

سورة الزخرف

सूरह 43 · मक्की · 89 आयतहरू

43:1जुज 25 · पृ. 489

حم1

१) हा. मीम,
43:2जुज 25 · पृ. 489

وَالْكِتَابِ الْمُبِينِ2

२) र स्पष्ट किताबको कसम ।
43:3जुज 25 · पृ. 489

إِنَّا جَعَلْنَاهُ قُرْآنًا عَرَبِيًّا لَعَلَّكُمْ تَعْقِلُونَ3

३) हामीले यसलाई अरबी भाषाको कुरआन बनायौं ताकि तिमीहरू बुझ्नसक ।
43:4जुज 25 · पृ. 489

وَإِنَّهُ فِي أُمِّ الْكِتَابِ لَدَيْنَا لَعَلِيٌّ حَكِيمٌ4

४) र निश्चय नै यो लौहे महफूजमा अङ्कित छ, र हाम्रो पासमा धेरै उच्चकोटिको, तत्वदर्शीताले परिपूर्ण छ ।
43:5जुज 25 · पृ. 489

أَفَنَضْرِبُ عَنْكُمُ الذِّكْرَ صَفْحًا أَنْ كُنْتُمْ قَوْمًا مُسْرِفِينَ5

५) के यस कारणले कि तिमी उल्लंघनकारी हौ, हामीले तिमीलाई उपदेश गर्न छाडिदिन्छौं ।
43:6जुज 25 · पृ. 489

وَكَمْ أَرْسَلْنَا مِنْ نَبِيٍّ فِي الْأَوَّلِينَ6

६) हामीले पहिलाका मानसिहरूमा पनि कैयन् पैगम्बरहरू पठाएका थियौं ।
43:7जुज 25 · पृ. 489

وَمَا يَأْتِيهِمْ مِنْ نَبِيٍّ إِلَّا كَانُوا بِهِ يَسْتَهْزِئُونَ7

७) जो रसूल उनीहरूको पासमा आए, उनीहरूले उसको उपहास नै गर्दथे ।
43:8जुज 25 · पृ. 489

فَأَهْلَكْنَا أَشَدَّ مِنْهُمْ بَطْشًا وَمَضَىٰ مَثَلُ الْأَوَّلِينَ8

८) अन्ततः हामीले तिनीहरूलाई समातेर नष्ट गरिदियौं जुन उनीहरूभन्दा धेरै शक्तिशाली थिए र पहिलाका मानिसहरूको उदाहरण गुज्रिसकेको छ ।
43:9जुज 25 · पृ. 489

وَلَئِنْ سَأَلْتَهُمْ مَنْ خَلَقَ السَّمَاوَاتِ وَالْأَرْضَ لَيَقُولُنَّ خَلَقَهُنَّ الْعَزِيزُ الْعَلِيمُ9

९) यदि तपाईले उनीहरूसित सोध्नुहुन्छ कि ‘‘आकाशहरू र धरतीलाई कसले सृष्टि गर्यो ?’’ त उनीहरूले अवश्य नै भन्नेछन्ः कि ‘‘तिनीहरूलाई अत्यन्त अधिपत्यशाली, सर्वज्ञाता (अल्लाह)ले सृष्टि गरेको छ ।’’
43:10जुज 25 · पृ. 489

الَّذِي جَعَلَ لَكُمُ الْأَرْضَ مَهْدًا وَجَعَلَ لَكُمْ فِيهَا سُبُلًا لَعَلَّكُمْ تَهْتَدُونَ10

१०) उही हो जसले तिम्रो निम्ति धरतीलाई ओछ्यान बनायो र त्यसमा तिम्रो निम्ति मार्गहरू बनायो ताकि तिमीले बाटो पाउन सक ।
43:11जुज 25 · पृ. 490

وَالَّذِي نَزَّلَ مِنَ السَّمَاءِ مَاءً بِقَدَرٍ فَأَنْشَرْنَا بِهِ بَلْدَةً مَيْتًا ۚ كَذَٰلِكَ تُخْرَجُونَ11

११) उसैले आकाशबाट एउटा अनुमान अनुसार पानी झार्यो, र हामीले उसद्वारा मृत शहरलाई जीवित पार्यौं । यसै प्रकार तिमीहरू पनि निकालिने छौ ।
43:12जुज 25 · पृ. 490

وَالَّذِي خَلَقَ الْأَزْوَاجَ كُلَّهَا وَجَعَلَ لَكُمْ مِنَ الْفُلْكِ وَالْأَنْعَامِ مَا تَرْكَبُونَ12

१२) जसले विभिन्न कुराहरूका जोडाहरू बनायो र तिम्रो निम्ति ती डुङ्गाहरू र जनावर बनायो जसमाथि तिमी सवारी गर्दछौ ।
43:13जुज 25 · पृ. 490

لِتَسْتَوُوا عَلَىٰ ظُهُورِهِ ثُمَّ تَذْكُرُوا نِعْمَةَ رَبِّكُمْ إِذَا اسْتَوَيْتُمْ عَلَيْهِ وَتَقُولُوا سُبْحَانَ الَّذِي سَخَّرَ لَنَا هَٰذَا وَمَا كُنَّا لَهُ مُقْرِنِينَ13

१३) ताकि तिमी उनीहरूको पिठ्युँमा दृढ भई बस्न सक, अनि यादगर आफ्नो पालनकर्ताको अनुकम्पालाई, जब तिमी उनीहरूमाथि राम्रो सँग बसिहाल्छौ र सतुति गरः ‘‘महिमावान छ त्यो जसले यसलाई हाम्रो वशमा गरिदियो, अन्यथा हामीले त यसलाई नियन्त्रणमा गर्नसक्ने थिएनौं ।’’
43:14जुज 25 · पृ. 490

وَإِنَّا إِلَىٰ رَبِّنَا لَمُنْقَلِبُونَ14

१४) र निश्चित छ हामी आफ्नो पालनकर्तातिर फर्केर जानेवाला छौं ।’’
43:15जुज 25 · पृ. 490

وَجَعَلُوا لَهُ مِنْ عِبَادِهِ جُزْءًا ۚ إِنَّ الْإِنْسَانَ لَكَفُورٌ مُبِينٌ15

१५) र उनीहरूले उसका दासहरूमध्येबाट केहीलाई उसको अंश (सन्तान) निर्धारित गरे । निश्चय नै मनुष्य खुलारूपमा कृतध्न छ ।
43:16जुज 25 · पृ. 490

أَمِ اتَّخَذَ مِمَّا يَخْلُقُ بَنَاتٍ وَأَصْفَاكُمْ بِالْبَنِينَ16

१६) के उसले आफ्नो सृष्टिमध्येबाट आफ्नो निम्ति छोरीहरू रोज्यो, र तिमीलाई छोराहरू प्रदान गर्यो ।
43:17जुज 25 · पृ. 490

وَإِذَا بُشِّرَ أَحَدُهُمْ بِمَا ضَرَبَ لِلرَّحْمَٰنِ مَثَلًا ظَلَّ وَجْهُهُ مُسْوَدًّا وَهُوَ كَظِيمٌ17

१७) जब उनीहरूमध्ये कसैलाई त्यस कुराको सूचना दिइन्छ, जसको उदाहरण उसले अल्लाहको निम्ति वर्णन गरेको छ, तब उसको अनुहार कालो भइहाल्छ र शोकशोकालु भइहाल्छ ।
43:18जुज 25 · पृ. 490

أَوَمَنْ يُنَشَّأُ فِي الْحِلْيَةِ وَهُوَ فِي الْخِصَامِ غَيْرُ مُبِينٍ18

१८) के (अल्लाहका सन्तान छोरीहरू छन्) जो आभूषणमा पालिन्छ र जसले वादविवाद र झगडामा आफ्ना कुरा स्पष्ट गर्न सक्दैन ?
43:19जुज 25 · पृ. 490

وَجَعَلُوا الْمَلَائِكَةَ الَّذِينَ هُمْ عِبَادُ الرَّحْمَٰنِ إِنَاثًا ۚ أَشَهِدُوا خَلْقَهُمْ ۚ سَتُكْتَبُ شَهَادَتُهُمْ وَيُسْأَلُونَ19

१९) र उनीहरूले फरिश्ताहरूलाई, जो कि अल्लाहका भक्त हुन्, स्त्री ठानिहाले । के उनीहरूको जन्मेको समयमा यिनी उपस्थित थिए ? उनीहरूको यो गवाही लेखिनेछ र यस कुराबारे उनीहरूसित सोधपूछ गरिनेछ ।
43:20जुज 25 · पृ. 490

وَقَالُوا لَوْ شَاءَ الرَّحْمَٰنُ مَا عَبَدْنَاهُمْ ۗ مَا لَهُمْ بِذَٰلِكَ مِنْ عِلْمٍ ۖ إِنْ هُمْ إِلَّا يَخْرُصُونَ20

२०) र भन्दछन्ः कि ‘‘यदि अल्लाहले चाहेको भए, हामीहरूले उनीहरूलाई पूज्दैनथ्यौं ।’’ उनीहरूलाई यसको केही ज्ञान छैन, उनीहरू त मात्र अटकलबाजी गरिराखेका छन् ।
43:21जुज 25 · पृ. 490

أَمْ آتَيْنَاهُمْ كِتَابًا مِنْ قَبْلِهِ فَهُمْ بِهِ مُسْتَمْسِكُونَ21

२१) ‘‘के हामीले उनीहरूलाई यसभन्दा अगाडि कुनै किताब दिएका थियौं, जसलाई यिनीहरूले दृढतापूर्वक समातेका छन् ।
43:22जुज 25 · पृ. 490

بَلْ قَالُوا إِنَّا وَجَدْنَا آبَاءَنَا عَلَىٰ أُمَّةٍ وَإِنَّا عَلَىٰ آثَارِهِمْ مُهْتَدُونَ22

२२) होइन बरु यिनीहरू त भन्दछन् कि ‘‘हामीले आफ्ना बबुबाजेलाई एउटा धर्मको मार्गमा पाएका छौं । र हामी उनैका पदचिन्हमा हिंडिराखेका छौं ।’’
43:23जुज 25 · पृ. 491

وَكَذَٰلِكَ مَا أَرْسَلْنَا مِنْ قَبْلِكَ فِي قَرْيَةٍ مِنْ نَذِيرٍ إِلَّا قَالَ مُتْرَفُوهَا إِنَّا وَجَدْنَا آبَاءَنَا عَلَىٰ أُمَّةٍ وَإِنَّا عَلَىٰ آثَارِهِمْ مُقْتَدُونَ23

२३) र यसै प्रकार हामी जुनसुकै बस्तीमा यसभन्दा पहिला कुनै सावधान गर्नेवाला पठायौं त त्यहाँका सम्पन्न मानिसहरूले मात्र यहि भनेः कि ‘‘हामीले आफ्ना बाबुबाजेलाई एउटा धार्मिक मार्गमा पाएका छौं र हामीले उनैका पदचिन्हमा उनीहरूको अनुशरण गर्नेछौं ।’’
43:24जुज 25 · पृ. 491

۞ قَالَ أَوَلَوْ جِئْتُكُمْ بِأَهْدَىٰ مِمَّا وَجَدْتُمْ عَلَيْهِ آبَاءَكُمْ ۖ قَالُوا إِنَّا بِمَا أُرْسِلْتُمْ بِهِ كَافِرُونَ24

२४) (पैगम्बरले) भने पनि कि ‘‘के यदि म त्यसभन्दा उत्तम (लक्ष्यसम्म पुग्ने) मार्गदर्शन लिएर आएको छु, जसमा तिमीले आफ्नो बाबुबाजेलाई पाएका छौं तैपनि ? उनीहरूले भन्न थालेः कि ‘‘जुन तिमीलाई दिएर पठाइएको छ हामीले त्यसको इन्कारी छौं ।’’
43:25जुज 25 · पृ. 491

فَانْتَقَمْنَا مِنْهُمْ ۖ فَانْظُرْ كَيْفَ كَانَ عَاقِبَةُ الْمُكَذِّبِينَ25

२५) अनि हामीले उनीसित बदला लियौं । त हेरिहाल कि झूठा भन्नेहरूको परिणाम कस्तो भयो ?
43:26जुज 25 · पृ. 491

وَإِذْ قَالَ إِبْرَاهِيمُ لِأَبِيهِ وَقَوْمِهِ إِنَّنِي بَرَاءٌ مِمَّا تَعْبُدُونَ26

२६) जब इब्राहीम(अलैहिस्सलाम)ले आफ्नो पिता र आफ्नो जातिबन्धुसित भनेः कि ‘‘तिमीले जसलाई पूज्दछौ, उनीहरूसित मेरो कुनै सरोकार छैन ?
43:27जुज 25 · पृ. 491

إِلَّا الَّذِي فَطَرَنِي فَإِنَّهُ سَيَهْدِينِ27

२७) हो, जसले मलाई सृष्टि गरेको छ, त्यसले मलाई सोझो बाटो पनि देखाउनेछ ।’’
43:28जुज 25 · पृ. 491

وَجَعَلَهَا كَلِمَةً بَاقِيَةً فِي عَقِبِهِ لَعَلَّهُمْ يَرْجِعُونَ28

२८) र (इब्राहीम) यही कुरा आफ्ना सन्ततिमा छोडेर गए, ताकि उनीहरू शिर्क नगरुन् ।
43:29जुज 25 · पृ. 491

بَلْ مَتَّعْتُ هَٰؤُلَاءِ وَآبَاءَهُمْ حَتَّىٰ جَاءَهُمُ الْحَقُّ وَرَسُولٌ مُبِينٌ29

२९) बरु मैले यिनीहरू र यिनीहरूको पूर्वजलाई साँसारिक जीवनको सुख प्रदान गरिराखें, यहाँसम्म कि उनीहरूको पासमा सत्य र स्पष्टरूपले व्याख्या गर्ने रसूल (सन्देष्टा) आइपुग्यो ।
43:30जुज 25 · पृ. 491

وَلَمَّا جَاءَهُمُ الْحَقُّ قَالُوا هَٰذَا سِحْرٌ وَإِنَّا بِهِ كَافِرُونَ30

३०) र जब उनीहरूको पासमा सत्य आयो त भन्नथालेः कि ‘‘यो त जादू हो । र हामीले यसलाई मान्दैनौं ।’’
43:31जुज 25 · पृ. 491

وَقَالُوا لَوْلَا نُزِّلَ هَٰذَا الْقُرْآنُ عَلَىٰ رَجُلٍ مِنَ الْقَرْيَتَيْنِ عَظِيمٍ31

३१) र भन्न थालेः कि ‘‘यो कुरआन यी दुवै बस्तीहरूमध्ये कुनै ठूलो मानिसमाथि किन अवतरित गरिएन ?’’
43:32जुज 25 · पृ. 491

أَهُمْ يَقْسِمُونَ رَحْمَتَ رَبِّكَ ۚ نَحْنُ قَسَمْنَا بَيْنَهُمْ مَعِيشَتَهُمْ فِي الْحَيَاةِ الدُّنْيَا ۚ وَرَفَعْنَا بَعْضَهُمْ فَوْقَ بَعْضٍ دَرَجَاتٍ لِيَتَّخِذَ بَعْضُهُمْ بَعْضًا سُخْرِيًّا ۗ وَرَحْمَتُ رَبِّكَ خَيْرٌ مِمَّا يَجْمَعُونَ32

३२) के उनीहरूले तपाईको पालनकर्ताको दयालुतालाई विभाजित गर्दछन् ? सांसारिक जीवनमा उनीहरूको जीवनयापनको साधन हामीले नै उनीहरूको बीचमा बाँडेका छौं, र हामीले उनीहरूमध्ये केही मानिसहरूलाई केही अन्य मानिसहरूभन्दा श्रेणीहरूको दृष्टिले उच्च राखेका छौं, ताकि उनीहरूले एक–अर्काको मातहतमा रहुन् । र तपाईको पालनकर्ताको दयालुता त्यसभन्दा धेरै उत्तम छ जसलाई उनीहरूले समेटिराखेका छन् ।
43:33जुज 25 · पृ. 491

وَلَوْلَا أَنْ يَكُونَ النَّاسُ أُمَّةً وَاحِدَةً لَجَعَلْنَا لِمَنْ يَكْفُرُ بِالرَّحْمَٰنِ لِبُيُوتِهِمْ سُقُفًا مِنْ فِضَّةٍ وَمَعَارِجَ عَلَيْهَا يَظْهَرُونَ33

३३) र यदि यस कुराको सम्भावना नभएको भए कि सबै मानिसहरू एउटै समुदाय भइहाल्नेछन्, त जुन मानिसहरूले अल्लाहको इन्कार गर्दछन् हामीले उनीहरूको घरका छतहरू चाँदीको बनाइदिन्थ्यौं र सीढ़ीहरूलाई पनि जसबाट उनीहरू चढ्छन् ।
43:34जुज 25 · पृ. 492

وَلِبُيُوتِهِمْ أَبْوَابًا وَسُرُرًا عَلَيْهَا يَتَّكِئُونَ34

३४) र उनीहरूको घरका ढोकाहरू र ती तख्ताहरू पनि जसमाथि उनीहरू ताकिया लगाएर बस्दछन् ।
43:35जुज 25 · पृ. 492

وَزُخْرُفًا ۚ وَإِنْ كُلُّ ذَٰلِكَ لَمَّا مَتَاعُ الْحَيَاةِ الدُّنْيَا ۚ وَالْآخِرَةُ عِنْدَ رَبِّكَ لِلْمُتَّقِينَ35

३५) र सुनद्वारा पनि, यो सब मात्र सांसारिक जीवनको अस्थायी सुख सामग्री हुन् र परलोक त तपाईको पालनकर्ताकहाँ संयमीहरूको निम्ति हो ।
43:36जुज 25 · पृ. 492

وَمَنْ يَعْشُ عَنْ ذِكْرِ الرَّحْمَٰنِ نُقَيِّضْ لَهُ شَيْطَانًا فَهُوَ لَهُ قَرِينٌ36

३६) र जुन मानिस अल्लाहको स्मरणबाट आँखा चिम्लन्छ, हामीले उसको निम्ति एउटा शैतान नियुक्त गरिदिन्छौं, अनि उही उसको साथी हुन्छ ।
43:37जुज 25 · पृ. 492

وَإِنَّهُمْ لَيَصُدُّونَهُمْ عَنِ السَّبِيلِ وَيَحْسَبُونَ أَنَّهُمْ مُهْتَدُونَ37

३७) र यिनिहरूले उनलाई मार्गबाट रोक्छन् र उनीहरूले ठान्दछन् कि सही मार्गमा छन् ।
43:38जुज 25 · पृ. 492

حَتَّىٰ إِذَا جَاءَنَا قَالَ يَا لَيْتَ بَيْنِي وَبَيْنَكَ بُعْدَ الْمَشْرِقَيْنِ فَبِئْسَ الْقَرِينُ38

३८) यहाँसम्म कि जब ऊ हाम्रो पासमा आउनेछ तब भन्नेछ कि ‘‘काश ! तिम्रो र मेरोबीच पूर्व र पश्चिमको दूरी भएको भए ! तिमी धेरै नराम्रो साथी हौ ।’’
43:39जुज 25 · पृ. 492

وَلَنْ يَنْفَعَكُمُ الْيَوْمَ إِذْ ظَلَمْتُمْ أَنَّكُمْ فِي الْعَذَابِ مُشْتَرِكُونَ39

३९) र जब तिमी अत्याचारी ठह्रियौ त आज यो कुराले तिमीलाई कुनै लाभ पुर्याउन सक्नेछैन कि यातनामा तिमी एक–अर्काको साझेदार हौ ।
43:40जुज 25 · पृ. 492

أَفَأَنْتَ تُسْمِعُ الصُّمَّ أَوْ تَهْدِي الْعُمْيَ وَمَنْ كَانَ فِي ضَلَالٍ مُبِينٍ40

४०) के तिमीले बहिरालाई सुनाउन सक्दछौ वा अन्धालाई र जो स्पष्ट मार्गविचलनमा छ, उनलाई बाटो देखाउन सक्दछौ ?
43:41जुज 25 · पृ. 492

فَإِمَّا نَذْهَبَنَّ بِكَ فَإِنَّا مِنْهُمْ مُنْتَقِمُونَ41

४१) अनि यदि हामीले तिमीलाई यहाँबाट उठाई पनि हाल्यौं तैपनि हामीले उनीसित बदला लिएर नै छाड्नेछौं ।
43:42जुज 25 · पृ. 492

أَوْ نُرِيَنَّكَ الَّذِي وَعَدْنَاهُمْ فَإِنَّا عَلَيْهِمْ مُقْتَدِرُونَ42

४२) वा हामीले तिमीलाई त्यो चीज देखाउनेछौं । जसको हामीले उनीसित वाचा गरेका छौं । हामीलाई उनीहरूमाथि पूरा सामथ्र्य छ ।
43:43जुज 25 · पृ. 492

فَاسْتَمْسِكْ بِالَّذِي أُوحِيَ إِلَيْكَ ۖ إِنَّكَ عَلَىٰ صِرَاطٍ مُسْتَقِيمٍ43

४३) जुन वह्य तपाईतिर पठाइएको छ त्यसलाई बलियो गरी समातिराख्नुस् । निश्चय नै तपाई सोझो मार्गमा हुनुहुन्छ ।
43:44जुज 25 · पृ. 492

وَإِنَّهُ لَذِكْرٌ لَكَ وَلِقَوْمِكَ ۖ وَسَوْفَ تُسْأَلُونَ44

४४) निश्चय नै त्यो आफैमा तपाईको निम्ति र तिम्रो कौमको लागि उपदेश हो । र शीघ्र नै तिमी सबैसित सोधिनेछ ।
43:45जुज 25 · पृ. 492

وَاسْأَلْ مَنْ أَرْسَلْنَا مِنْ قَبْلِكَ مِنْ رُسُلِنَا أَجَعَلْنَا مِنْ دُونِ الرَّحْمَٰنِ آلِهَةً يُعْبَدُونَ45

४५) र (हे मुहम्मद !) जुन संदेष्टाहरू हामीले तपाईभन्दा पहिला पठाएका थियौं उनको बारेमा सोध्नुस् कि के हामीले अल्लाह बाहेक पनि कोही पूजनीय निर्धारित गरेका थियौं, जसको उपासना गरियोस् ?
43:46जुज 25 · पृ. 492

وَلَقَدْ أَرْسَلْنَا مُوسَىٰ بِآيَاتِنَا إِلَىٰ فِرْعَوْنَ وَمَلَئِهِ فَقَالَ إِنِّي رَسُولُ رَبِّ الْعَالَمِينَ46

४६) र हामीले ‘‘मूसा (अलैहिस्सलाम) लाई’’ आफ्ना निशानीहरू दिएर ‘‘फिरऔन’’ र उसका दरबारीयाहरूतिर पठायौं, ‘‘त (मूसा गएर) भने म समस्त दुनियाँको पालनकर्ताको रसूल हूँ ।’’
43:47जुज 25 · पृ. 492

فَلَمَّا جَاءَهُمْ بِآيَاتِنَا إِذَا هُمْ مِنْهَا يَضْحَكُونَ47

४७) जब उनी तिनीहरूको पासमा हाम्रा निशानीहरू लिएर आए त उनीहरू निशानीहरूको उपहास गर्न थाले ।
43:48जुज 25 · पृ. 493

وَمَا نُرِيهِمْ مِنْ آيَةٍ إِلَّا هِيَ أَكْبَرُ مِنْ أُخْتِهَا ۖ وَأَخَذْنَاهُمْ بِالْعَذَابِ لَعَلَّهُمْ يَرْجِعُونَ48

४८) र हामीले उनीहरूलाई जुन निशानी पनि देखाउन्थ्यौं, त्यो पहिलो निशानीभन्दा ठूलो हुन्थ्यो, र हामीले उनलाई यातनामा समातिहाल्यौं ताकि तिनीहरू (इन्कारबाट) फर्कुन् ।
43:49जुज 25 · पृ. 493

وَقَالُوا يَا أَيُّهَ السَّاحِرُ ادْعُ لَنَا رَبَّكَ بِمَا عَهِدَ عِنْدَكَ إِنَّنَا لَمُهْتَدُونَ49

४९) र उनीहरूले भन्न थाले कि ‘‘हे जादूगर ! त्यो वचन जुन उसले हाम्रो निम्ति तिमीसित गरेको छ, त्यसको लागि आफ्नो पालनकर्तासित प्रार्थना गर । विश्वास गर हामी सोझो मार्गमा लाग्नेछौं ।’’
43:50जुज 25 · पृ. 493

فَلَمَّا كَشَفْنَا عَنْهُمُ الْعَذَابَ إِذَا هُمْ يَنْكُثُونَ50

५०) अनि जब हामीले उनीहरूबाट त्यो यातना हटाइदियौं त उनीहरूले त्यसै बखत आफ्नो प्रतिज्ञा तोडिदिए ।
43:51जुज 25 · पृ. 493

وَنَادَىٰ فِرْعَوْنُ فِي قَوْمِهِ قَالَ يَا قَوْمِ أَلَيْسَ لِي مُلْكُ مِصْرَ وَهَٰذِهِ الْأَنْهَارُ تَجْرِي مِنْ تَحْتِي ۖ أَفَلَا تُبْصِرُونَ51

५१) र फिरऔनले आफ्नो कौमको माझमा झ्याली पिटायो र भन्योः कि ‘‘हे मेरा कौमका मानिसहरू ! के मिश्रको राज्य मेरो होइन ? र यी नहरहरू जो मेरो महलहरूमुनि बगिराखेका छन् ? के तिमीले देख्दैनौ ?
43:52जुज 25 · पृ. 493

أَمْ أَنَا خَيْرٌ مِنْ هَٰذَا الَّذِي هُوَ مَهِينٌ وَلَا يَكَادُ يُبِينُ52

५२) बरु म त्यो व्यक्ति जसको कुनै इज्जत छैन र स्पष्ट बोल्न पनि सक्दैन उसभन्दा राम्रो छु ।’’
43:53जुज 25 · पृ. 493

فَلَوْلَا أُلْقِيَ عَلَيْهِ أَسْوِرَةٌ مِنْ ذَهَبٍ أَوْ جَاءَ مَعَهُ الْمَلَائِكَةُ مُقْتَرِنِينَ53

५३) अच्छा उसमाथि सुनका कङ्गन किन आएनन् वा फरिश्ताहरू नै एकत्रित भएर उसको साथमा आउँथे ?
43:54जुज 25 · पृ. 493

فَاسْتَخَفَّ قَوْمَهُ فَأَطَاعُوهُ ۚ إِنَّهُمْ كَانُوا قَوْمًا فَاسِقِينَ54

५४) उसले आफ्नो कौमका मानिसहरूलाई मूर्ख बनायो, र उनीहरूले उसकै कुरा मानिहाले । निश्चय नै उनीहरू अवज्ञाकारी मानिसहरू थिए ।
43:55जुज 25 · पृ. 493

فَلَمَّا آسَفُونَا انْتَقَمْنَا مِنْهُمْ فَأَغْرَقْنَاهُمْ أَجْمَعِينَ55

५५) फेरि जब उनीहरूले हामीलाई क्रोध दिलाए त हामीले उनीहरूसित बदला लियौं र हामीले ती सबैलाई डुबाइदियौं ।
43:56जुज 25 · पृ. 493

فَجَعَلْنَاهُمْ سَلَفًا وَمَثَلًا لِلْآخِرِينَ56

५६) अतः हामीले उनीहरूलाई बितिसकेका गरिदियौं र पछि आउनेहरूको निम्ति शिक्षाप्रद उदाहरण बनाइदियौं ।
43:57जुज 25 · पृ. 493

۞ وَلَمَّا ضُرِبَ ابْنُ مَرْيَمَ مَثَلًا إِذَا قَوْمُكَ مِنْهُ يَصِدُّونَ57

५७) र जब मरियमको छोराको उदाहरण दिइयो, त हेर, त्यसबाट तिम्रो कौमका मानिसहरू (खुशीबाट) चिच्याउन थाले ।
43:58जुज 25 · पृ. 493

وَقَالُوا أَآلِهَتُنَا خَيْرٌ أَمْ هُوَ ۚ مَا ضَرَبُوهُ لَكَ إِلَّا جَدَلًا ۚ بَلْ هُمْ قَوْمٌ خَصِمُونَ58

५८) र उनीहरूले भन्नथालेः कि हाम्रा उपास्यहरू राम्रा छन् वा उनी (मसीह) ? उनीहरूले यो कुरा तिमीसित झगडाको निम्ति भने, बरु उनीहरू त झगडा गर्ने खालकै मानिसहरू हुन् ।
43:59जुज 25 · पृ. 493

إِنْ هُوَ إِلَّا عَبْدٌ أَنْعَمْنَا عَلَيْهِ وَجَعَلْنَاهُ مَثَلًا لِبَنِي إِسْرَائِيلَ59

५९) उनी (ईसा, मसीह) त यस्ता मानिस नै थिए, जसमाथि हामीले अनुकम्पा गर्यौं र उनलाई हामीले इस्राईलको सन्ततिको निम्ति एउटा आदर्श बनायौं ।
43:60जुज 25 · पृ. 493

وَلَوْ نَشَاءُ لَجَعَلْنَا مِنْكُمْ مَلَائِكَةً فِي الْأَرْضِ يَخْلُفُونَ60

६०) यदि हामीले चाहेको भए तिमीहरूको सट्टा फरिश्ताहरू सृष्टि गरिदिन्थ्यौं, जो धरतीमा उत्तराधिकारी हुन्थे ।
43:61जुज 25 · पृ. 494

وَإِنَّهُ لَعِلْمٌ لِلسَّاعَةِ فَلَا تَمْتَرُنَّ بِهَا وَاتَّبِعُونِ ۚ هَٰذَا صِرَاطٌ مُسْتَقِيمٌ61

६१) निःसन्देह उनी (ईसा मसीह) कियामतका निशानी हुन् । तसर्थ तिमीहरू कियामतमाथि शंका नगर र मेरो कुरा मान । यही सोझो बाटो हो ।
43:62जुज 25 · पृ. 494

وَلَا يَصُدَّنَّكُمُ الشَّيْطَانُ ۖ إِنَّهُ لَكُمْ عَدُوٌّ مُبِينٌ62

६२) र शैतानले तिमीलाई रोकी नदेओस् त्यो त तिम्रो खुल्लारूपमा शत्रु हो ।
43:63जुज 25 · पृ. 494

وَلَمَّا جَاءَ عِيسَىٰ بِالْبَيِّنَاتِ قَالَ قَدْ جِئْتُكُمْ بِالْحِكْمَةِ وَلِأُبَيِّنَ لَكُمْ بَعْضَ الَّذِي تَخْتَلِفُونَ فِيهِ ۖ فَاتَّقُوا اللَّهَ وَأَطِيعُونِ63

६३) र जब ‘‘ईसा(अलैहिस्सलाम)ले’’ चमत्कारहरू लिएर आए तब उनले भनेः ‘‘म तिम्रो पासमा तत्वदर्शिता लिएर आएको छु र केही यस्ता कुराहरू तिमीहरूलाई स्पष्ट गरिदिऊँ जसमा तिमीले मतभेद गर्दछौ यसर्थ तिमी अल्लाहसंग डर र मेरो कुरा मान ।
43:64जुज 25 · पृ. 494

إِنَّ اللَّهَ هُوَ رَبِّي وَرَبُّكُمْ فَاعْبُدُوهُ ۚ هَٰذَا صِرَاطٌ مُسْتَقِيمٌ64

६४) अतः अल्लाह नै मेरो र तिम्रो पालनकर्ता हो, तसर्थ तिमीसबै उसैको उपसना गर । यही सोझो बाटो हो ।’’
43:65जुज 25 · पृ. 494

فَاخْتَلَفَ الْأَحْزَابُ مِنْ بَيْنِهِمْ ۖ فَوَيْلٌ لِلَّذِينَ ظَلَمُوا مِنْ عَذَابِ يَوْمٍ أَلِيمٍ65

६५) फेरि इस्राईलका सन्ततिहरूमध्येका धेरै समूहरूले आपसमा विवाद गरे । तसर्थ बर्बादी छ, एउटा दुःखद दिनको यातनाबाट, ती मानिसहरूको निम्ति जसले अत्याचार गरे ।
43:66जुज 25 · पृ. 494

هَلْ يَنْظُرُونَ إِلَّا السَّاعَةَ أَنْ تَأْتِيَهُمْ بَغْتَةً وَهُمْ لَا يَشْعُرُونَ66

६६) यिनीहरू मात्र यस कुराको प्रतीक्षामा छन् कि कियामत उनीहरूमाथि अचानक (एक्कासी) आइपरोस् र उनीहरूलाई थाहासम्म नहोस् ।
43:67जुज 25 · पृ. 494

الْأَخِلَّاءُ يَوْمَئِذٍ بَعْضُهُمْ لِبَعْضٍ عَدُوٌّ إِلَّا الْمُتَّقِينَ67

६७) त्यस दिन घनिष्ट मित्रहरू पनि एक अर्काको शत्रु बन्न पुग्नेछन्, मात्र संयमीहरू बाहेक ।
43:68जुज 25 · पृ. 494

يَا عِبَادِ لَا خَوْفٌ عَلَيْكُمُ الْيَوْمَ وَلَا أَنْتُمْ تَحْزَنُونَ68

६८) ‘‘हे मेरो भक्तहरू ! आज न तिमीलाई कुनै भय वा हैरानी छ र न तिमी शोकाकुल हुनछौ ।’’
43:69जुज 25 · पृ. 494

الَّذِينَ آمَنُوا بِآيَاتِنَا وَكَانُوا مُسْلِمِينَ69

६९) जुन मानिसहरूले हाम्रा आयतहरूमाथि ईमान ल्याए र उनी (आज्ञाकारी) मुस्लिम थिए ।
43:70जुज 25 · पृ. 494

ادْخُلُوا الْجَنَّةَ أَنْتُمْ وَأَزْوَاجُكُمْ تُحْبَرُونَ70

७०) ‘‘तिमी र तिम्रा पत्नीहरू हर्षितरूपले स्वर्गमा प्रवेश गरिहाल ।’’
43:71जुज 25 · पृ. 494

يُطَافُ عَلَيْهِمْ بِصِحَافٍ مِنْ ذَهَبٍ وَأَكْوَابٍ ۖ وَفِيهَا مَا تَشْتَهِيهِ الْأَنْفُسُ وَتَلَذُّ الْأَعْيُنُ ۖ وَأَنْتُمْ فِيهَا خَالِدُونَ71

७१) उनीहरूको चारैतिर सुनका तश्तरीहरू र प्यालाहरू गुज्रनेछन् र त्यहाँ ती सबै कुरा हुनेछन् जो मन र आँखालाई रुच्छन् र आनन्दित गर्दछन् । ‘‘तिमी त्यसमा सदैव रहनेछौ ।’’
43:72जुज 25 · पृ. 494

وَتِلْكَ الْجَنَّةُ الَّتِي أُورِثْتُمُوهَا بِمَا كُنْتُمْ تَعْمَلُونَ72

७२) र यो उही स्वर्ग हो, जसको तिमी उत्तराधिकारी बनाइएका छौ, तिम्रा कर्महरूको बदलामा ।
43:73जुज 25 · पृ. 494

لَكُمْ فِيهَا فَاكِهَةٌ كَثِيرَةٌ مِنْهَا تَأْكُلُونَ73

७३) यहाँ तिम्रो लागि धेरै प्रकारका स्वादिष्ट फलहरू छन् जुन तिमीले खाइरहने छौ ।’’
43:74जुज 25 · पृ. 495

إِنَّ الْمُجْرِمِينَ فِي عَذَابِ جَهَنَّمَ خَالِدُونَ74

७४) निःसंदेह पापीहरू सधैं नर्कको यातनामा रहनेछन् ।
43:75जुज 25 · पृ. 495

لَا يُفَتَّرُ عَنْهُمْ وَهُمْ فِيهِ مُبْلِسُونَ75

७५) त्यो यातना उनीहरूमाथि कहिल्यै पनि हल्का हुनेछैन्, र उनीहरू त्यसैमा निराश परिरहनेछन् ।
43:76जुज 25 · पृ. 495

وَمَا ظَلَمْنَاهُمْ وَلَٰكِنْ كَانُوا هُمُ الظَّالِمِينَ76

७६) र हामीले उनीमाथि अत्याचार गरेनौं, उनीहरू त स्वयं अत्याचारी थिए ।
43:77जुज 25 · पृ. 495

وَنَادَوْا يَا مَالِكُ لِيَقْضِ عَلَيْنَا رَبُّكَ ۖ قَالَ إِنَّكُمْ مَاكِثُونَ77

७७) उनीहरूले चिच्याई–चिच्याई भन्ने छन्ः कि ‘‘हे मालिक ! तिम्रो पालनकर्ता हामीलाई मृत्यु देओस् ।’’ उसले भन्नेछ ‘‘तिमी सधैं यसैमा रहनेछौ ।’’
43:78जुज 25 · पृ. 495

لَقَدْ جِئْنَاكُمْ بِالْحَقِّ وَلَٰكِنَّ أَكْثَرَكُمْ لِلْحَقِّ كَارِهُونَ78

७८) हामीले त तिम्रो पासमा सत्य लिएर आयौं, किन्तु तिमीमध्ये धेरै मानिसहरूले सत्यसँग घृणा गर्दथे ?
43:79जुज 25 · पृ. 495

أَمْ أَبْرَمُوا أَمْرًا فَإِنَّا مُبْرِمُونَ79

७९) के उनीहरूले कुनै कुराको दृढ प्रतिज्ञा गरिसकेका छन् ? त हामीले पनि निश्चय गरिनेवाला छौं ।
43:80जुज 25 · पृ. 495

أَمْ يَحْسَبُونَ أَنَّا لَا نَسْمَعُ سِرَّهُمْ وَنَجْوَاهُمْ ۚ بَلَىٰ وَرُسُلُنَا لَدَيْهِمْ يَكْتُبُونَ80

८०) के उनीहरूले ठान्दछन् कि हामीले उनीहरूका गोप्य कुरा र उनीहरूका कानेखुसीलाई सुन्दैनौं ? निश्चितरूपले हो, यो सबै हामी सुन्दछौं र हामीले पठाएको फरिश्ताहरू उनीहरूको पासमा सबै कुराहरू लेख्दैछन् ।’’
43:81जुज 25 · पृ. 495

قُلْ إِنْ كَانَ لِلرَّحْمَٰنِ وَلَدٌ فَأَنَا أَوَّلُ الْعَابِدِينَ81

८१) तपाई भनिदिनुस् कि ‘‘यदि अल्लाहको कोही सन्तान भएको भए त सबैभन्दा पहिले म पूज्दथें ।
43:82जुज 25 · पृ. 495

سُبْحَانَ رَبِّ السَّمَاوَاتِ وَالْأَرْضِ رَبِّ الْعَرْشِ عَمَّا يَصِفُونَ82

८२) यिनीहरूले जे–जति वर्णन गर्दछन्, आकाशहरू र धरती र अर्शको स्वामी त्यसभन्दा धेरै उच्च र पवित्र छ ।’’
43:83जुज 25 · पृ. 495

فَذَرْهُمْ يَخُوضُوا وَيَلْعَبُوا حَتَّىٰ يُلَاقُوا يَوْمَهُمُ الَّذِي يُوعَدُونَ83

८३) अब तपाईले उनीहरूलाई यिनै बहस र छलफल र खेलहरूमा छोडिदिनुस् । यहाँसम्म कि जुन दिनको उनीसित वाचा गरिन्छ, त्यसलाई देखिहालुन् ।
43:84जुज 25 · पृ. 495

وَهُوَ الَّذِي فِي السَّمَاءِ إِلَٰهٌ وَفِي الْأَرْضِ إِلَٰهٌ ۚ وَهُوَ الْحَكِيمُ الْعَلِيمُ84

८४) उही आकाशहरूमा पूज्य छ र धरतीमा पनि उही पूजनीय छ र ऊ ठूलो तत्वदर्शी र सर्वज्ञ छ ।
43:85जुज 25 · पृ. 495

وَتَبَارَكَ الَّذِي لَهُ مُلْكُ السَّمَاوَاتِ وَالْأَرْضِ وَمَا بَيْنَهُمَا وَعِنْدَهُ عِلْمُ السَّاعَةِ وَإِلَيْهِ تُرْجَعُونَ85

८५) ऊ ठूलो बरकतवाला (कल्याणकारी) हो, जसको अधिकारमा आकाशहरू र धरती र जे–जति ती दुवैको बीचमा छन् सबै छन् । र उसैको पासमा कयामतको समयको ज्ञान छ र उसैतिर तिमी फर्कने छौ ।
43:86जुज 25 · पृ. 495

وَلَا يَمْلِكُ الَّذِينَ يَدْعُونَ مِنْ دُونِهِ الشَّفَاعَةَ إِلَّا مَنْ شَهِدَ بِالْحَقِّ وَهُمْ يَعْلَمُونَ86

८६) अल्लाह बाहेक जसलाई उनीहरूले पुकार्दछन् उनीहरूलाई सिफारिशको कुनै पनि अधिकार छैन, मात्र उसैलाई यो अधिकार प्राप्त छ जो सत्यलाई स्वीकार गर्दछन्, र उनीहरूलाई ज्ञान पनि छ ।
43:87जुज 25 · पृ. 495

وَلَئِنْ سَأَلْتَهُمْ مَنْ خَلَقَهُمْ لَيَقُولُنَّ اللَّهُ ۖ فَأَنَّىٰ يُؤْفَكُونَ87

८७) यदि तपाईले उनीहरूसित सोध्नु हुन्छ कि ‘‘उनीहरूलाई कसले सृष्टि गर्यो ?’’ त उनीहरूले अवश्य भन्नेछन् कि ‘‘अल्लाहले’’ । त यिनीहरू कहाँ (विमुख भई) भौतारिराखेका छन् ?
43:88जुज 25 · पृ. 495

وَقِيلِهِ يَا رَبِّ إِنَّ هَٰؤُلَاءِ قَوْمٌ لَا يُؤْمِنُونَ88

८८) र उस (पैगम्बर)को यो भनाई कि ‘‘हे पालनकर्ता ! यिनीहरू यस्ता मानिस हुन् जसले ईमान ल्याउँदैनन् ।’’
43:89जुज 25 · पृ. 495

فَاصْفَحْ عَنْهُمْ وَقُلْ سَلَامٌ ۚ فَسَوْفَ يَعْلَمُونَ89

८९) त उनीहरूबाट तपाई विमुख भइहाल्नुस् र भन्नुस् ‘‘सलाम छ तिमीहरूलाई !’’ अन्ततः शीघ्र नै उनीहरूले थाहा पाइहाल्नेछन् ।

सूरहको सुरुबाट चलाउनुहोस्

Abdullah Basfar - Az-Zukhruf · Tlawati