Al-Qadr

سورة القدر

सूरह 97 · मक्की · 5 आयतहरू

97:1 · Laylat al-Qadrजुज 30 · पृ. 598

إِنَّا أَنْزَلْنَاهُ فِي لَيْلَةِ الْقَدْرِ1

१) हामीले यस (कुरआन) लाई कद्र्रको रातमा अवतरित गर्यौं ।
97:2जुज 30 · पृ. 598

وَمَا أَدْرَاكَ مَا لَيْلَةُ الْقَدْرِ2

२) र तिमीलाई के थाहा कि शबेकद्र (गौरवको रात्री) के हो ?
97:3जुज 30 · पृ. 598

لَيْلَةُ الْقَدْرِ خَيْرٌ مِنْ أَلْفِ شَهْرٍ3

३) शबेकद्र एक हजार महीनाभन्दा राम्रो छ ।
97:4जुज 30 · पृ. 598

تَنَزَّلُ الْمَلَائِكَةُ وَالرُّوحُ فِيهَا بِإِذْنِ رَبِّهِمْ مِنْ كُلِّ أَمْرٍ4

४) यसमा रूहुल अमीन (जिब्राइल) र फरिश्ताहरू प्रत्येक काम सम्पन्न गर्नको लागि, आफ्नो पालनकर्ताको आदेशबाट अवतरित हुन्छन् ।
97:5जुज 30 · पृ. 598

سَلَامٌ هِيَ حَتَّىٰ مَطْلَعِ الْفَجْرِ5

५) यो रात पूर्णतया शान्ति र भलाईको हो, उषाकालको उदय हुनेसम्म ।

सूरहको सुरुबाट चलाउनुहोस्

Abdullah Al-Mattrod - Al-Qadr · Tlawati