إِذَا وَقَعَتِ الْوَاقِعَةُ1
१) जब कयामत घटित भइहाल्ने छ ।
لَيْسَ لِوَقْعَتِهَا كَاذِبَةٌ2
२) त्यसको घटित हुने कुरामा केही असत्य छैन ।
خَافِضَةٌ رَافِعَةٌ3
३) कसैलाई तल झार्ने, कसैलाई माथि उचाल्ने हुनेछ ।
إِذَا رُجَّتِ الْأَرْضُ رَجًّا4
४) जब धरती भूकम्पको साथ कम्पित गराइनेछ ।
وَبُسَّتِ الْجِبَالُ بَسًّا5
५) र पहाडहरू फुटालेर साना–साना कणमा परिणत गराइनेछन् ।
فَكَانَتْ هَبَاءً مُنْبَثًّا6
६) अनि तिनीहरू धुलो जस्तो भई उड्न थाल्नेछन् ।
وَكُنْتُمْ أَزْوَاجًا ثَلَاثَةً7
७) र तिमीहरू तीन समूहमा परिणत हुनेछौ ।
فَأَصْحَابُ الْمَيْمَنَةِ مَا أَصْحَابُ الْمَيْمَنَةِ8
८) त दाहिना हातवाला, दाहिना हातवाला कस्तो सौभाग्यशाली छन् ।
وَأَصْحَابُ الْمَشْأَمَةِ مَا أَصْحَابُ الْمَشْأَمَةِ9
९) र बाँया हातवाला अफशोच बाँया हातवालाको कस्तो हालत छ ।
وَالسَّابِقُونَ السَّابِقُونَ10
१०) र जो अगाडिवाला छन् उनीहरू त अगाडिवाला नै हुन् ।
أُولَٰئِكَ الْمُقَرَّبُونَ11
११) तिनीहरू बिल्कुल (अल्लाहको) सामिप्यता प्राप्त हुन् ।
فِي جَنَّاتِ النَّعِيمِ12
१२) अनुकम्पाले भरिएको जन्नतमा छन् ।
ثُلَّةٌ مِنَ الْأَوَّلِينَ13
१३) धेरै ठूलो समूह त अघिका मानिसहरूको हुनेछ ।
وَقَلِيلٌ مِنَ الْآخِرِينَ14
१४) र थोरै पछिकाहरूमध्येबाट ।
عَلَىٰ سُرُرٍ مَوْضُونَةٍ15
१५) यिनीहरू सुनका तारहरूले बनेका पलंगहरूमाथि ।
مُتَّكِئِينَ عَلَيْهَا مُتَقَابِلِينَ16
१६) एक अर्काको सामुन्ने तकिया लगाएर बसेका हुनेछन् ।
يَطُوفُ عَلَيْهِمْ وِلْدَانٌ مُخَلَّدُونَ17
१७) उनको पासमा किशोरहरू जो सधैं (बालक नै रहनेछन्) आउंदैजांदै गर्नेछन् ।
بِأَكْوَابٍ وَأَبَارِيقَ وَكَأْسٍ مِنْ مَعِينٍ18
१८) अर्थात् प्याला र जगमा स्वादिलो पेयले भरिएको पात्र लिएर हिंडिरहने छन् ।
لَا يُصَدَّعُونَ عَنْهَا وَلَا يُنْزِفُونَ19
१९) जसबाट न त टाउकोमा दर्द हुनेछ र न उनको बुद्धिमा विकार आउनेछ ।
وَفَاكِهَةٍ مِمَّا يَتَخَيَّرُونَ20
२०) र त्यस्ता फलहरूको साथ जुन कि उनले रुचाउँछन् ।
وَلَحْمِ طَيْرٍ مِمَّا يَشْتَهُونَ21
२१) र पंक्षीका मासु जुन तिनीहरूले रुचाउँछन् ।
وَحُورٌ عِينٌ22
२२) र ठूला–ठूला आँखा भएकी (अप्सरा) हरू,
كَأَمْثَالِ اللُّؤْلُؤِ الْمَكْنُونِ23
२३) जो लुकेको मोती जस्ती हुनेछिन् ।
جَزَاءً بِمَا كَانُوا يَعْمَلُونَ24
२४) यो उनीहरूको कर्मको प्रतिफल हो ।
لَا يَسْمَعُونَ فِيهَا لَغْوًا وَلَا تَأْثِيمًا25
२५) त्यहाँ न व्यर्थका कुरा सुन्नेछन् र न गुनाहका ।
إِلَّا قِيلًا سَلَامًا سَلَامًا26
२६) उनीहरूको आपसमा सलामको आदान–प्रदान मात्र हुनेछ ।
وَأَصْحَابُ الْيَمِينِ مَا أَصْحَابُ الْيَمِينِ27
२७) र दाहिना हातवालाहरू निकै (भाग्यशाली) हुनेछन् ।
فِي سِدْرٍ مَخْضُودٍ28
२८) उनी काँडा नभएका बयरहरू,
وَطَلْحٍ مَنْضُودٍ29
२९) र गुच्छेदार केराहरू,
وَظِلٍّ مَمْدُودٍ30
३०) र परसम्म फैलिएका छाँयाहरू,
وَمَاءٍ مَسْكُوبٍ31
३१) र पानीका झरनाहरू,
وَفَاكِهَةٍ كَثِيرَةٍ32
३२) र प्रशस्त फलहरूमा (हुनेछन्),
لَا مَقْطُوعَةٍ وَلَا مَمْنُوعَةٍ33
३३) जुन कहिल्यै समाप्त हुने छैनन् र उनीबाट कसैले रोक्नेछैन ।
وَفُرُشٍ مَرْفُوعَةٍ34
३४) र अग्ला, अग्ला ओछ्यानमा हुनेछन् ।
إِنَّا أَنْشَأْنَاهُنَّ إِنْشَاءً35
३५) हामीले उनीहरूका स्वास्नीहरूलाई विशेष प्रकारले सृष्टि गरेका छौं ।
فَجَعَلْنَاهُنَّ أَبْكَارًا36
३६) अनि उनीहरूलाई हामीले कुमारी (पवित्र) बनायौं ।
عُرُبًا أَتْرَابًا37
३७) समान उमेरकी र मायालु ।
لِأَصْحَابِ الْيَمِينِ38
३८) दाहिने हातवालाहरूको निम्ति हुन् ।
ثُلَّةٌ مِنَ الْأَوَّلِينَ39
३९) यिनीहरूमा अघिल्लामध्येका पनि धेरै हुनेछन् ।
وَثُلَّةٌ مِنَ الْآخِرِينَ40
४०) र पछिल्लामध्येका पनि धेरै हुनेछन्,
وَأَصْحَابُ الشِّمَالِ مَا أَصْحَابُ الشِّمَالِ41
४१) र बाँया हातवालाहरू, (अफशोच) बाँया हातवाला कस्ता छन् ।
فِي سَمُومٍ وَحَمِيمٍ42
४२) गर्म (तातो) हवा र उम्लिराखेको पानीमा हुनेछन् ।
وَظِلٍّ مِنْ يَحْمُومٍ43
४३) र कालो धुवाँको छाँयामा,
لَا بَارِدٍ وَلَا كَرِيمٍ44
४४) जुन न चिसो छ न रुचाउने योग्य ।
إِنَّهُمْ كَانُوا قَبْلَ ذَٰلِكَ مُتْرَفِينَ45
४५) निःसंदेह उनीहरू यसभन्दा पहिला धेरै सुख सुविधामा थिए ।
وَكَانُوا يُصِرُّونَ عَلَى الْحِنْثِ الْعَظِيمِ46
४६) र ठूला–ठूला पापहरू गर्दै बसेका थिए,
وَكَانُوا يَقُولُونَ أَئِذَا مِتْنَا وَكُنَّا تُرَابًا وَعِظَامًا أَإِنَّا لَمَبْعُوثُونَ47
४७) र भन्ने गर्दथे कि के जब हामी मृत भइहाल्ने छौं र माटो र हाड भइहाल्ने छौं, हामी फेरि उठाइने छौं ?
أَوَآبَاؤُنَا الْأَوَّلُونَ48
४८) र के हाम्रा बाबु बाजे पनि ?
قُلْ إِنَّ الْأَوَّلِينَ وَالْآخِرِينَ49
४९) तपाई भनिदिनुस् कि निःसन्देह पहिला र पछिका,
لَمَجْمُوعُونَ إِلَىٰ مِيقَاتِ يَوْمٍ مَعْلُومٍ50
५०) सबै एउटा निर्धारित दिनको समयमा अवश्य एकत्रित गरिनेछन् ।
ثُمَّ إِنَّكُمْ أَيُّهَا الضَّالُّونَ الْمُكَذِّبُونَ51
५१) अनि तिमी हे असत्य ठहराउनेवाला पथ विचलितहरू,
لَآكِلُونَ مِنْ شَجَرٍ مِنْ زَقُّومٍ52
५२) थूहर (क्याक्टस) को वृक्ष खानेछौ ।
فَمَالِئُونَ مِنْهَا الْبُطُونَ53
५३) र यसैले पेट भर्ने छौ !
فَشَارِبُونَ عَلَيْهِ مِنَ الْحَمِيمِ54
५४) र यसमाथि उम्लिराखेको पानी पिउनेछौ !
فَشَارِبُونَ شُرْبَ الْهِيمِ55
५५) र पिउँदा पनि (यसप्रकार पिउनेछौं जस्तो कि) तिर्खाएको ऊँट जस्तो !
هَٰذَا نُزُلُهُمْ يَوْمَ الدِّينِ56
५६) कयामतको दिन उनीहरूको सत्कार हो यो !
نَحْنُ خَلَقْنَاكُمْ فَلَوْلَا تُصَدِّقُونَ57
५७) हामीले तिमी सबैलाई सृष्टि गरेका हौं, तसर्थ तिमीले किन (सत्य) मान्दैनौ ?
أَفَرَأَيْتُمْ مَا تُمْنُونَ58
५८) हेर जुन तिमीले वीर्य (स्वास्नीमा) छाड्छौ !
أَأَنْتُمْ تَخْلُقُونَهُ أَمْ نَحْنُ الْخَالِقُونَ59
५९) के तिमीले त्यसबाट मानिसको सृष्टि गर्दछौ वा हामीले नै सृष्टि गर्दछौं !
نَحْنُ قَدَّرْنَا بَيْنَكُمُ الْمَوْتَ وَمَا نَحْنُ بِمَسْبُوقِينَ60
६०) हामीले नै तिमीमा मृत्यु निर्धारित गरिदिएका छौं र हामी त्यसबाट हारेका होइनौं ।
عَلَىٰ أَنْ نُبَدِّلَ أَمْثَالَكُمْ وَنُنْشِئَكُمْ فِي مَا لَا تَعْلَمُونَ61
६१) कि हामीले तिम्रो ठाउँमा अरु तिमीहरू जस्तालाई पैदा गर्न सक्छौ र तिमीलाई नयाँ रूपमा त्यस संसारमा पैदा गरिदिन्छौं जसको बारेमा तिमलिाई थाहा छैन ।
وَلَقَدْ عَلِمْتُمُ النَّشْأَةَ الْأُولَىٰ فَلَوْلَا تَذَكَّرُونَ62
६२) तिमीलाई पहिलो पटकको जन्म थाहा छ, अनि तिमीले किन शिक्षा ग्रहण गर्दैनौ ?
أَفَرَأَيْتُمْ مَا تَحْرُثُونَ63
६३) अनि यो पनि बताऊ जुन तिमीले उब्जाउँछौ ?
أَأَنْتُمْ تَزْرَعُونَهُ أَمْ نَحْنُ الزَّارِعُونَ64
६४) के तिमीले नै त्यसलाई उब्जाउछौं वा हामी उब्जाउनेवाला हौं ?
لَوْ نَشَاءُ لَجَعَلْنَاهُ حُطَامًا فَظَلْتُمْ تَفَكَّهُونَ65
६५) यदि हामीले चाह्यौं भने त्यसलाई भुसा गरिदिन्छौं र तिमी कुरा गर्दै रहनेछौ ।
إِنَّا لَمُغْرَمُونَ66
६६) (कि अफशोच) हामी त सित्तैमा दण्डमा परिहाल्यौं,
بَلْ نَحْنُ مَحْرُومُونَ67
६७) बरु हामी बिल्कुलै वञ्चित रहयौं ।
أَفَرَأَيْتُمُ الْمَاءَ الَّذِي تَشْرَبُونَ68
६८) अनि यो बताऊ तिमीले जुन पानीलाई पिउँछौ ।
أَأَنْتُمْ أَنْزَلْتُمُوهُ مِنَ الْمُزْنِ أَمْ نَحْنُ الْمُنْزِلُونَ69
६९) उसलाई बादलबाट पनि तिमीले नै बर्साएका हौ वा हामीले बर्साउँछौं ?
لَوْ نَشَاءُ جَعَلْنَاهُ أُجَاجًا فَلَوْلَا تَشْكُرُونَ70
७०) यदि हामीले चाह्यौं भने त्यस पानीलाई खारा बनाइदिन्छौं ? अनि तिमीले कृतज्ञता किन प्रकट गर्दैनौ ?
أَفَرَأَيْتُمُ النَّارَ الَّتِي تُورُونَ71
७१) हेर यो पनि बताऊ कि जुन आगो तिमीले सल्काउँछौ,
أَأَنْتُمْ أَنْشَأْتُمْ شَجَرَتَهَا أَمْ نَحْنُ الْمُنْشِئُونَ72
७२) (के तिमीले) त्यस रुखलाई सृष्टि गर्दछौ वा हामीले त्यसको सृष्टि गरेका छौं ?
نَحْنُ جَعَلْنَاهَا تَذْكِرَةً وَمَتَاعًا لِلْمُقْوِينَ73
७३) हामीले उसलाई एउटा उपदेशको माध्यम र यात्रीहरू (र आवश्यक पर्नेहरूका) लागि लाभप्रद बनाएका छौं ।
فَسَبِّحْ بِاسْمِ رَبِّكَ الْعَظِيمِ74
७४) अतः तिमीले आफ्नो महान् पालनकर्ताको गुणगान गर ।
۞ فَلَا أُقْسِمُ بِمَوَاقِعِ النُّجُومِ75
७५) म खस्ने ताराहरूको कसम खान्छु ।
وَإِنَّهُ لَقَسَمٌ لَوْ تَعْلَمُونَ عَظِيمٌ76
७६) र यदि तिमीले बुझ्छौ भने यो ठूलो कसम हो,
إِنَّهُ لَقُرْآنٌ كَرِيمٌ77
७७) निश्चय नै यो धेरै प्रतिष्ठित कुरआन हो,
فِي كِتَابٍ مَكْنُونٍ78
७८) जो एउटा सुरक्षित किताबमा अंकित छ ।
لَا يَمَسُّهُ إِلَّا الْمُطَهَّرُونَ79
७९) त्यसलाई पवित्र (फरिश्ताहरू) मात्र हात लगाउँछन् ।
تَنْزِيلٌ مِنْ رَبِّ الْعَالَمِينَ80
८०) सम्पूर्ण संसारको स्वामीको तर्फबाट अवतरित गरिएको छ ।
أَفَبِهَٰذَا الْحَدِيثِ أَنْتُمْ مُدْهِنُونَ81
८१) के तिमीले त्यस वाणीलाई साधारण ठान्छौ ?
وَتَجْعَلُونَ رِزْقَكُمْ أَنَّكُمْ تُكَذِّبُونَ82
८२) र आफ्नो भागमा यो लिन्छौ कि यसलाई झूठो ठहराउँदै गर ?
فَلَوْلَا إِذَا بَلَغَتِ الْحُلْقُومَ83
८३) अनि जब प्राण कण्ठमा आइपुग्दछ,
وَأَنْتُمْ حِينَئِذٍ تَنْظُرُونَ84
८४) र तिमीले त्यस समय आखाँले हेरिराखेको हुन्छौ,
وَنَحْنُ أَقْرَبُ إِلَيْهِ مِنْكُمْ وَلَٰكِنْ لَا تُبْصِرُونَ85
८५) र हामी त्यस बेला तिमीभन्दा धेरै नजिक हुन्छौं तर तिमीले देख्दैनौ ।
فَلَوْلَا إِنْ كُنْتُمْ غَيْرَ مَدِينِينَ86
८६) अतः यदि तिमी कसैको अधीनमा छैनौ ।
تَرْجِعُونَهَا إِنْ كُنْتُمْ صَادِقِينَ87
८७) र यस कुरामा यदि साँचो हौ, त यस प्राणलाई किन फर्काउँदैनौ ?
فَأَمَّا إِنْ كَانَ مِنَ الْمُقَرَّبِينَ88
८८) अनि यदि कोही (अल्लाहको) दरबारको नजीक गरिएको हुनेछ ।
فَرَوْحٌ وَرَيْحَانٌ وَجَنَّتُ نَعِيمٍ89
८९) भने उसको निम्ति आराम, सुखसामग्री र आरामदायक स्वर्गहरू छन् ।
وَأَمَّا إِنْ كَانَ مِنْ أَصْحَابِ الْيَمِينِ90
९०) र जो दाहिने हातावालामध्येको छ,
فَسَلَامٌ لَكَ مِنْ أَصْحَابِ الْيَمِينِ91
९१) तिमीलाई सलाम छ कि तिमी भाग्यशालीमध्येका छौ ।
وَأَمَّا إِنْ كَانَ مِنَ الْمُكَذِّبِينَ الضَّالِّينَ92
९२) तर यदि कोही त्यो झूठा ठहराउने र मार्गबिचलितहरूमध्येको छ,
فَنُزُلٌ مِنْ حَمِيمٍ93
९३) त उसको लागि उम्लिराखेको पानीको आतिथ्य छ,
وَتَصْلِيَةُ جَحِيمٍ94
९४) र (फेरि) नर्कमा जानु छ ।
إِنَّ هَٰذَا لَهُوَ حَقُّ الْيَقِينِ95
९५) निःसन्देह यो (खबर) पूरै सत्य हो ।
فَسَبِّحْ بِاسْمِ رَبِّكَ الْعَظِيمِ96
९६) अतः तिमीले आफ्नो महान् पालनकर्ताको गुणगान गरिराख ।